मगर संघ युकेको महाधिवेसन २ अप्रिलमा हुदै

Read Time:3 Minute, 3 Second

अब आउने कार्य समितिमा कस्ता व्यक्तित्वो आउनु पर्दछ ?

बम थापा सूर्यवंशी मगर

 बेलायत,चैत १२ – अब मगर संघ युकेको महाधिवेसन हुने बेला भयो  । अहिलेको मगर संघ युकेको  कार्यसमितिले थुप्रै एतिहासीक उपलब्धि हासिल गरेको छ,अब आउने कार्यसमिति कस्तो भए हुन्थ्यो जस्तो लाग्छ ?

मगरका पुर्खाहरुले १२ र १८ राज्यमा शासन गरेको इतिहास साक्षी छ । १२ र १८ मगरात सबै मिलेर एकताको हातेमालो गर्दै सस्थालाई अझै बलियो बनाऊनु पर्छ  । नेपालको संविधानले समानताको हक दिएको छ  । नेपालको संबिधानमा धर्म निरपेक्ष लेखिएको र धर्म वर्ण, जात जाति, लिङ्ग शारीरिक अवस्था अपांगता, स्वास्थ्य स्थिति बैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र बैचारिक आस्था वा यस्तै  अन्य कुरामा भेदभाव गरिने छैन भनेर नेपालको संबिधानमा लेखिएको छ । त्यसकारण मगर संघ युकेले पनि सबै मगरहरुलाई समान ब्यबहार गर्दै पाचौ कार्य समितिमा आउनुको लागि आह्वान गर्नुपर्छ । मगर संघ युके कुनै राजनीतिक पार्टीसंग सम्बन्ध नभई यो एउटा मगर जातीको मात्र जातिय सस्था हो ।

मगरहरुको जातीय पहिचान भाषा संस्कार र सस्कृतिको संरक्षण  र सबर्धन गर्दै अन्य समुदायसंग हार्दिक सम्बन्ध सुमधुर अन्तरक्रिया र समझदारीको मध्यमबाट मगर जतिको चौतर्फी विकास गर्ने भावनाबाट ओतप्रोत भै त्यसका निम्ति गैर्ह नाफा मुलुक सस्थाको स्थापना भएको छ  । साधारण मगरहरुसंग पैसा उठाएर पार्टी भोज खाने यो सस्था हुदै होइन । त्यसर्थ मगर संघ युकेका पाचौ कार्य समितिमा आउनु भन्दा पहिले मगर संघ युकेको उद्धेश्य र के काम गर्छ भन्ने बिषयमा खुलेर जानकारी लिनु पर्छ । यस जातिय सस्थामा आउन भन्दा पहिले  राजनीतीको खोल संस्थाको ढोका बाहिर खोलेर सच्चा मगर भएर प्रबेश गर्नु पर्छ  । गुतबन्दी र पक्षपात बाट टाढा बसेर मगरको हितको केन्द्र बिन्दु लिएर संघमा आउनु पर्छ तब मात्र मगर संघ युके बिश्व सामु  एउटा उदाहरण बन्ने छ  ।

(लेखक : मगर संघ युकेका महासचिव हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %