एबीसी टेलिभिजनको रिपोर्ट-
{youtube}https://youtu.be/U2tSw4yRQZQ{/youtube}
पुर्खौ देखी उपभोग गर्दै अाई रहेको आदिवासी मगर लगायतका आदिवासीहरुको जङल ,जमिन माथिको स्वामित्वोलाई निस्तेज पारी बिदेशी र स्वोदेशी शाषकहरुको मनोरन्जन स्थलमा रुपान्तरण गरी सन १९८७ मा ढोरपाटन शिकार क्षेत्र बनाइएको थियो उक्त शिकार क्षेत्र नेपालको एक मात्र शिकार क्षेत्र हो जसको भुभाग हालको बाग्लुङ ,म्याग्दी र रुकुम सम्म फैलिएको छ ,1325km2 क्षेत्रफल रहेको छ ।
झारलको शिकार पश्चात बिदेशी शिकारी पोज दिदै
बिशेष गरी थार,झारल जस्ता जनावरको शिकार गर्न सरकारले लाखौं रुपैयाँ लिने गरे पनि स्थानिय बिकासमा उक्त रकम सुन्य रहेको छ भने स्थानिय नागरिकको पशु चरन क्षेत्र नै प्रभाव परेको छ भने हाल आएर देशको सिमा सुरक्षाको जीम्मा लिएका सैनिकलाई विनाकारण सैनिक क्याम्प खडा गरी स्थानिय जनतालाई त्रसित पारी विस्थापित पार्ने सरकारी रवैया प्रती विरोध जनाएका छन ।