हितानलाई जीबसिम, खपाङ्गीलाई हितान पुरस्कार

Read Time:2 Minute, 34 Second

रूद्रबहादुर श्रीसमगर
पोखरा, ८ चैत्र
मगर भाषाका आदिकवि जीतबहादुर सिंजालीमगरको नाममा स्थापित मगर आदिकवि जीतबहादुर सिंजालीमगर साहित्य प्रतिष्ठान, काठमाडौंले हरेक वर्ष प्रदान गर्दै आएको मगर साहित्य विधामा दिइने सर्वाधिक राशिको राष्ट्रिय पुरस्कार ‘जीबसिम साहित्य पुरस्कार–२०७१’बाट वेदान्त कविरत्न रूद्रबहादुर थापामगर (हितान) सम्मानित हुने भएका छन ।

गोरेबहादुर खपाङी 

यही चैत्र २१ गते काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा वेदान्त कविरत्न ५० हजार रुपैयाँ नगद र सम्मानपत्रद्वारा सम्मानित हुनेछन । कास्कीको पोखरा–७, एयरपोर्टनिवासी वेदान्त कविरत्न थापा विगत ३२ वर्षदेखि साहित्य र २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन । वेदान्त कविरत्नका नेपाली भाषामा दुई वेदान्त काव्यसहित चार र मगर भाषामा गीति काव्यसहित दुई साहित्यिक कृति प्रकाशित छन् ।

रुद्र हितान मगर 

त्यस्तै, ‘जीबसिम नवप्रतिभा साहित्य पुरस्कार–२०७१’बाट मिरुल–५, दाइपो, रोल्पाका युवा साहित्यकार समीप वैरागी (टंकबहादुर झाँक्रीमगर) सम्मानित हुने भएका छन । वैरागी १० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित हुनेछन ।




समिप बैरागी 

त्यसैगरी, नेपाल मगर संघका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीमगरलाई ‘जयबहादुर हितानमगर स्मृति पुरस्कार–२०७१’बाट सम्मानित गरिने भएको छ । पूर्वमन्त्री खपाङ्गीलाई २० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित गरिनेछ । कार्यक्रमका अवसरमा नेपालकै पहिलो महिला सभामुख ओनसरी घर्तीमगर ‘उषा’लाई पनि विशेष सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %