गोर्खालीले पठाए बेलायती प्रधानमन्त्रीलाई ज्ञापन पत्र
राज्यसत्ता ब्युरो,
काठमाण्डौ, चैत्र ६ बेलायती राजकुमार ह्यारी शनिबार नेपाल आउदै हुनुहुन्छ ।
(तस्बिर: फोटो फाइल बाट)
राजकुमार ह्यारीले राष्ट्रपति, प्रधानमन्त्री लगाएतका उच्च पदस्थ ब्यक्तिहरु संग भेटबार्ता गर्नुहुनेछ । उहाले पोखरा लगाएतका स्थानको भ्रमण गर्नुका साथै भुकम्प प्रभाबित नेपाली संग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । तर उहाको सुरक्षालाई मध्यनजर गरेर भ्रमणको तालिका शार्वजनिक गरिएको छैन ।
संसारमा कुनै सुरक्षित स्थान छ भने त्यो गोर्खाहरु रहेको ठाउ हो भनेर पटक पटक शार्वजनिक अभिब्यक्ति दिने बेलायतका राजकुमार ह्यारीले बेलायतमा रहेका नेपाली शैनिकहरु संगै शैन्य प्रशिक्षण लिनुभएको थियो । यसै बिच बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणको मौका छोपेर गोर्खा भुतपर्ब शैनिक संघ गेसोले काठमाण्डौ स्थित बेलायती दुतावास अगाडि प्रदर्शन गरेका छन् ।
शुक्रबार गेसोले दुताबास मार्फत बेलायती प्रधानमन्त्री डेभिड क्यामरनलाई ज्ञापन पत्र समेत पठाएका छन् । ज्ञापनपत्रमा बेलायतले नेपाली नागरिक माथि गरेको बिभेद, बेलायती शेनामा पठाएका बेला भएका गोप्य सन्धि संझौता सार्वजनिक गर्न आग्रह गरिएको छ । साथै पहिलो र दोश्र्रो बिश्वयुद्धमा मारिएका ७० हजार गोर्खासैनिकका बारेमा बेलायत सरकारले जवाफ दिनुपर्नेमा गेसोले माग गरेको छ ।
बेलायती सैनिकले जस्तै गोर्खा शैनिकले पनि त्याहाको सरकार बाट एउटै सेवा सुबिधा पाउनुपर्ने उनीहरुको मुख्य माग रहदै आएको छ । प्रदर्शनमा दुई शय बढी गोर्खा र उनीहरुका परिवाको सहभागीता थियो । बेलायती राजकुमार नेपाल आउने भएपछि गेसोका प्रतिनिधिहरुले बेलायती दुतावास अगाडि प्रर्दशन गरेर आफ्ना माग प्रति बेलायत सरकारको ध्यान आर्कषण गर्न खोजेको बताएका छन् ।