कृष्ण सारू मगर दोहा कतार
गैर आवासिय नेपाली संघ कतारले रगत दान जीवन दानू भन्ने मूल्य र मान्यतालाई अनुसरण गर्दै हमाद मेडिकल कर्पोरेशन रगत संकलन बिभागको संयोजनमा यही आउँदो १८ मार्च २०१६ सुक्रबारका दिन रक्तदान शिविर सन्चालन गर्ने भएको छ ।
रगतको अभावको कारण कुनै मानवले अकाल मै ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायले वर्तमान परिपेक्षमा सवारी साधनको चाप संगै घटना(दुर्घटना मात्र नभै विभिन्न अकल्पनिय समस्यालाई ध्यानमा राख्दै हामी नेपालीहरू बिच आपसी सद्भाव, एकता तथा भाईचारामा थप टेवा मिलोस् भन्ने अभिप्रायले गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको आयोजना रक्तदान शिबिर आयोजना कार्यक्रम आयोजना गरेको हो ।
मध्य पुर्विय राष्ट्र कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन एवंम् आदरणीय इच्छुक रक्तदाताहरुले दुई प्रति पासपोर्ट साईजको फोटो र आफ्नो परिचय खुल्ने अकामा, ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड मध्य कुनै अनिवार्य लिएर उपस्थित भै रक्तदान शिविर कार्यक्रममा सहभागीताको लागि पदाधिकारी प्रथम उप(अध्यक्ष नबिन पोख्रेलको ५०२९४३११ तथा संयोजक समेत रहेका महासचिव ई। नन्द गर्बुजा मगरलाई निम्न तपशीलका नम्वरमा ३३९४५८९८ सम्पर्क गरि सहभागिताको आयोजक समिति परिवार हार्दिक अपिल गरेको नेपाल प्रवासी आदिवासीजनजाति महासंघका प्रमुख सल्हाकार समेत रहेका संघका अध्यक्ष विनेश तामाङले राज्यसत्ता डटकमलाई जानकारी दिनु भयो ।
मितीस् १८ मार्च २०१६ सुक्रबार । समय स् बिहान ८ बजे देखि १२ बजे सम्म । स्थान स् हमाद अस्पताल, रक्त संकलन केन्द्रको परिसर ।
नोटस् रक्तदान दिन ईच्छुक ब्याक्तिले २४ घण्ट पूर्व मध्यपान सेवन नगर्न आयोजक समिति परिवार विनम्रता पूर्वक आग्रह गरेको छ।
अन्यस् रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुनेछ ।