अस्ट्रेलियामा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी भव्यताका साथ सम्पन्न

Read Time:13 Minute, 17 Second

सानु घिमिरे

“सद्भाव का लागि महिला साहित्य” भन्ने मूल नाराका साथ प्रवासमा नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने उदेश्यले यहि मार्च ४ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नी शहरमा दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ पछीको ठूलो र बिस्तृत संजालको रुपमा स्थापित साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा सम्पन्न भएको उक्त तीन दिने सम्मेलनलाइ अनेसास अस्ट्रेलियाले ब्यबस्थापन गरेको थियो ।
महोत्सवको पहिलो दिन गत शुक्रबार विश्वका विभिन्न ठाउँबाट र अष्ट्रेलियाकै विभिन्न स्टेटबाट आएका अतिथिहरुलाई स्वागत स्वरूप रात्रिभोजको आयोजना गरिएको थियो । उक्त अवसरमा अनेसास अस्ट्रेलियाले बिभिन्न मनोरन्जनात्मक प्रस्तुतीका साथ सानदार ढंगले अतिथीहरुलाई स्वागत गरेको थियो । अनेसासका केन्द्रिय उपाध्यक्ष साहित्यकार भीमसेन सापकोटा तथा भिक्टोरियाबाट प्रतिनिधित्व गरेका साहित्यकार तथा गायक दिक्पाल देव पंगेनीले संयुक्त रुपमा संचलान गरेको उक्त रात्रिभोजको कार्यक्रममा सिड्नीका स्थापित हाँस्यकलाकार भूपेन्द्र चुडालले दर्शकहरुलाई पेट मिची मिची हाँस्न बाध्य बनाएका थिए भने चर्चित नेपिन्डो ग्रुपबाट नृत्य प्रस्तुत भएको थियो । अनेसास अस्ट्रेलियाका महासचिव तथा “हलचल” गायक विकाश उप्रेतीले गायनबाट मनोन्जन दिएका थिए । पहिलो दिनको उक्त रात्रि भोजमा सम्मेलनको प्रमुख अतिथी डा. गाग्री शर्मा तथा अनेसास केन्द्रिय अध्यक्ष्य पदम बिश्वकर्मा ले अनेसास अस्ट्रेलियालाई धन्यबाद ज्ञापन गरेका थिए ।
दोश्रो दिनः
सम्मेलनको दोश्रो दिन बिशेष सामरोह बिच भव्यताका साथ नेपालकी चर्चित समालोचक तथा प्राध्यापक डा. गाग्री शर्माले पानसमा बत्ति बालेर सम्मेलनको औपचारिक उद्घाटन गरेका थिए । सिड्नीको मुटुमा रहेको मेट्रो होटेलमा आयोजित उक्त उद्घाटन समारोहमा अनेसासका संस्थापक अध्यक्ष्य डा. होमनाथ सुबेदी अनेसासका केन्द्रिय अध्यक्ष्य पदम बिश्वकर्मा, अस्ट्रेलियाका लागि नेपालका राजदूत रुद्र नेपाल, सिक्किम बिश्व बिध्यालयमा प्राध्यापन गर्नु हुने प्राध्यापक तथा साहित्यकार डा. कबिता लामा, अनेसास सिक्किमका अध्यक्ष्य डा. पुस्पा शर्मा, दार्जिलिंगकि सुप्रसिद्ध साहित्यकार बिन्ध्या सुब्बा, अनेसास सिलिगुढीकि अध्यक्ष्य तथा चर्चित साहित्यकार लातिका जोशी, हंगकंगका चर्चित साहित्यकार देश सुब्बा, एन आर एन प्याट्रन इन्द्रा बन, एन आर एन ग्लोबल कि प्रबक्ता रन्जु थापा, एन आर एन अस्ट्रेलियाका अध्यक्ष्य सुरेन्द्र सिग्देल, एन आर एन एन एस डब्ल्यु का संयोजक दिनेश पोख्रेल लगायत अन्य विभिन्न् देशका प्रतिनिधि तथा अस्ट्रेलियाका नेपाली समुदायका प्रतिनिधिहरुको उपथिती रहेको थियो । उद्घाटन कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष्य पदम बिश्वकर्माले अनेसास अस्ट्रेलियालाई प्रशंशा पत्र प्रदान गर्नु भएको थियो । गत बर्ष घोषणा गरिएको अनेसास उत्कृस्ट बर्ष पुरस्कार अन्तर्गत कबिता तर्फ अनेसास सर्वोत्क्रिस्ट डायास्पोरिक पुरस्कार साहित्यकार सानु घिमिरेलाई अनेसासका संस्थापक अध्यक्ष्य होमनाथ सुबेदीले प्रदान गरेका थिए ।

त्यस्तै अनेसास केन्द्रले सिक्किमका साहित्यकार डा. कबिता लामालाइ अनेसास बिशेष सम्मान तथा इजरायल का साहित्यकार निशा अर्याल र अस्ट्रेलियाका जानकी ढकाललाइ अनेसास डायस्पोरा सम्मान प्रदान गरिएको थियो । सोहि कार्यक्रममा अनेसास अस्ट्रेलियाले अस्ट्रेलियाको नेपाली समुदायमा योगदान गर्नु हुने महिलाहरु एन आर एन प्याट्रन इन्द्रा बन, एन आर एन ग्लोबल प्रबक्ता रन्जु थापा, एन आर एन अस्ट्रेलिया संयोजक तथा साहित्यकार सुमित्रा बिस्ट, भिक्टोरियाकि साहित्यकार निरु त्रिपाठी, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकि अध्यक्ष्य सुजाता केसीका साथै अस्ट्रेलियामा नेपाली भाषा र साहित्यको स्थापाना तथा प्रबर्धन गर्न लागि पर्नु भएका साहित्यकार कुमार गिरी लाइ बिशेष समान गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले भानु द्वी शत बार्षिकी समारोह अवसरमा अस्ट्रेलियाका साहित्यकारहरु भीमसेन सापकोटा, महेन्द्र पौडेल, सानु घिमिरे, सुरेन्द्र दवाडी तथा हेमंता आचार्यलाई प्रदान गरेको भानु स्वर्ण पदक नेपाल सरकारको तर्फ बाट अस्ट्रेलियाका राजदूत रुद्र बरालले प्रदान गरेका थिए ।

सम्मेलनको उद्घाटन कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष्य होमनाथ सुबेदी, अस्ट्रेलियाका लागि नेपालका राजदूत रुद्र नेपाल, एन आर एन बाट इन्द्रा बन लगायतले सम्मेलन सफलताको सुभकामना दिएका थिए ।

सोहि उद्घाटन सत्रमा अनेसास केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकालीको मुक्तक संग्रह “समयका घोडाहरु” देश सुब्बा र माइकल फिसरको “फिलोसोफी अफ फियरिज्म” अनेसास क्षेत्रीय उपाध्यक्ष भीमसेन सापकोटाको कविता संग्रह “प्रश्नमा ईश्वर” सिलिगुढीकि साहित्यकार लतिका जोशीको कविता संग्रह “भुटभुटी” आसामकी साहित्यकार उषा शर्माको कथा संग्रह “अज्ञात यात्रा” अमित श्रेष्ठको नेपालमा गएको महाभूकम्प सम्बन्धि अनुभब संगालिएको “द फल्ट” सिड्नी का अभिवाक हिमालय शमशेर थापाको सकारात्मक सोच सम्बन्धि पुस्तक को प्रमुख अतिथि तथा बिशिस्ट अतिथि द्वारा लोकार्पण गरिएको थियो । विमोचित पुस्तकहरु माथि चर्चित साहित्यकार नबराज कार्कीले सटिक टिप्पणी गरेका थिए ।

अपरान्ह विश्व कबि गोष्टीको आयोजना गरिएको थियो । बिभिन्न देश बाट आउनु भएका प्रतिनिधि साहित्यकारहरु तथा अस्ट्रेलियाका साहित्यकारहरु गरि करीब दुइ दर्जन साहित्यकारहरुले सो सेसनमा कबिता, गजल तथा मुक्तकहरु बाचन गरेका थिए ।

साँझको सेसनमा सुप्रसिद्ध साहित्यकार बिन्ध्या सुब्बाले “नेपाली साहित्य र महिला साहित्यकारहरुको भूमिका” बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उहाँको कार्यपत्रमाथि खुला छलफल गरिएको थियो ।
तेश्रो दिनको कार्यक्रमः
रक्डेल को हिमालय पाक रेस्टुरेन्टमा आयोजना भएको सम्मेलनको तेश्रो दिनको सत्र “साहित्य र लैंगिक विभेद” शिर्षक मा डा. कबिता लामाको कार्यपत्र सहित आरम्भ भएको थियो । साहित्यमा महिलाले लैंगिक विभेदलाई कसरि उतारेका छन् र लैंगिक बिहेद रहित साहित्य कस्तो हुनु पर्छ भनि सो कार्यपत्रले स्पष्ट पारेको थियो । त्यस्तै दोश्रो कार्यपत्र–“डायस्पोरामा नेपाली महिला साहित्यकारहरुको भूमिका “शिर्षकमा नेपाल बाट आउनु भएकी सुप्रसिद्ध साहित्यकार लीला लुइंटेलले प्रस्तुत गरेकी थिइन । ७ वटा महादेश मा नेपाली महिला साहित्यकारहरुको उपस्थिती लाइ उहाँले रोचक ढंगले वर्णन गरेकी थिइन । यसै गरि अनेसासका संस्थापक अध्यक्ष्य होमनाथ सुबेदीले “नेपाली साहित्यको डायास्पोरिक अध्ययन “बिषयमा आफ्नो मन्तब्य राखेका थिए । अनेसास ले डायास्पोरिक साहित्यमा खेलेको भूमिका बारे प्रकाश पारेका थिए । सोहि दिन “नेपाली साहित्यको बिश्वब्यपिकरणमा महिला साहित्यकारहरुको भूमिका “नामक कार्यपत्र चर्चित समालोचक डा. खगेन्द्र लुइंटेलले प्रस्तुत गरेका थिए । डा. लुइंटेलले डायास्पोरिक साहित्य र दर्शनको बारेमा प्रकाश पारेका थिए । हंगकंग मा बसो बास गर्नु हुने साहित्यकार देश सुब्बाले “भयवाद र साहित्य” बिषयमा बोल्दै भयले मान्छेलाई कसरि प्रभावित परेको हुन्छ भन्ने कुरामाथि चर्चा गरेका थिए । त्यस्तै अनेसास अस्ट्रेलियाकि उपाध्यक्ष सानु घिमिरेले “अस्ट्रेलियामा नारी लेखनको सुभारम्भ” बिषयमा कार्यपत्र पेश गरेकी थिइन । अस्ट्रेलियामा नेपाली साहित्यको विस्तारको बारेमा बोल्दै उहाँले महिला साहित्यकारहरुको चर्चा गरेकी थिइन । सोहि दिन रचना बाचनको सत्रमा अघिल्लो दिन वाचन नगरेका करीब २ दर्जन साहित्यकारहरुले आ-आफ्नो जोडदार रचना वाचन गरेका थिए । रचना वाचन सेसनको सभापतित्व डा. पुस्पा शर्माले गरेका थिए ।

रचना वाचनको कार्यक्रमपछी समापन सत्र आयोजना गरिएको थियो । जसको सभापतित्व अनेसास अध्यक्ष्य पदम बिश्वकर्माले गरेका थिए । सो सत्रमा अनेसासका आजीवन सदस्यहरुलाई होमनाथ सुबेदीद्वारा ब्याच वितरण गरिएको थियो भने विदेशबाट पाल्नु भएका अतिथि साहित्यकारहरुलाई अनेसास अस्ट्रेलियाले मायाको चिनो प्रदान गरेको थियो । बिन्ध्या सुब्बाको अध्यक्षता रहेको ५ सदस्यीय घोषणा पत्र कमिटी ले ६ बुंदे घोषणा जारी गर्दै कार्यक्रमको समापन भएको थियो ।

एक्स्पर्ट एजुकेसनले टाइटल स्पोन्सर गरेको सो सम्मेलन लाइ अस्ट्रेलियाका बिभिन्न ब्यबसायी हरुले स्पोन्सर गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %