पोखरामा पोर्क फेस्टिभल

Read Time:3 Minute, 13 Second
मनोज घर्ती मगर

पोखरामा पहिलो पटक पोर्क फेस्टिभल हुने भएको छ । पोर्क सेतो स्वस्थ मासु भन्ने मुल नाराका साथ चैत्र ५ देखि ७ गते सम्म  बंगुर ब्यवशायी संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा पोर्क फेस्टिभलको आयोजना गरिने भएको हो । मंगलबार पोखराको बुद्धचोकमा रहेको नमस्ते रेष्टुरेण्टमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वोल्दै बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापाले ब्यवशायीक बंगुरको प्रवद्र्धन र बंगुरबाट बन्ने विभिन्न खानाको परिकारको प्रवद्र्धनका लागी पोखरामानै पहिलो पटक पोर्क फेस्टिभलको आयोजना गर्न लागिएको वताए । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् ।
 

बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रबद्र्धन र विकासका लागी महोत्सवले ठूलो टेवा पुर्याउने आयोजकको अपेक्षा छ । सेतो पोर्कको बजारीकरण गर्न बंगुर काट्न अघि र काटि सकेपछि निरिक्षण गरि बिक्रि वितरण गर्न, बंगुर उत्पादनका लागि आहाराको विकास एवं गोठ सुधार, यान्त्रीकरणका लागि प्रोत्साहन गर्न महोत्सव फलदायी हुनेछ । तीन दिन सम्म सञ्चालन हुने उक्त महोत्सवमा बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्था तथा प्राविधिक परामर्श,बंगुरको बधशाला तथा प्रशोधनका स्टलहरुमा पोर्कको विविधिकरण, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुकोे प्रदर्शन गरिनेछ ।
 ६० वटा स्टल रहने महोत्सवमा पोर्क बंगुरको मासुबाट बन्ने विभिन्न खानाका परिकारहरुको बिक्री तथा प्रदर्शनी हुनेछ । त्यस्तै महोत्सवमा विभिन्न जातजातिका नृत्य तथा झाकीहरु, लोक तथा दोहोरी गीत, नृत्य, संगित, कनसर्ट तथा विभिन्न प्रतियोगिताहरु रहने आयोजकले जनाएको छ  ।महोत्सवमा नेपाल सरकार, पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, केन्द्रिय बंगुर तथा कुखुरा प्रबद्र्धन कार्यालय पशु उत्पादन निर्देशनालय क्षेत्रिय पशु सेवा निर्देशनालय, व्यवसायिक कृषि तथा व्यापार आयोजना, जिल्ला पशु सेवा कार्यालय, कास्की नेपाल कृषि अनुसन्धान परिषद, सिप्रेड, सामर्थको सहयोग रहने छ ।

 


 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %