मनोज घर्ती मगर
पाँचौ संस्करणको ‘मिस मगर हङकङ २०१६’ को उपाधी पूनम झेँडीमगरले जितेकी छिन् । मगर दिवसको अवसरमा भएको प्रतियोगितामा ८ प्रतिस्पर्धीलाई पछि पार्दै पूनमले आफ्नो शिरमा ताज पहिरन सफल भइन् ।
उनले सुनको जन्तर, क्राउन र प्रमाणपत्र लगायत विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाइन् । प्रतियोगिलाई विभिन्न चरण गरि बिजेता छनौट गरिएको थियो । बिदेशी भुमीमा हुर्किदै गरेका युवापिडीलाई आफ्नो जातिय पहिचान, भाषा, धर्म, सँस्कारबारे जानकारि दिन र मगर चेलीहरुको व्यक्तित्व विकासको साथ आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर दिने मगर संघ हङकङले हरेक वर्ष यो प्रतियोगिता गर्दै आएको सघंकी अध्य चन्द्रज्योति आलेमगरले जानकारी दिइन् । त्यस अवसरमा संघले समाजमा बिशिष्ट योगदान पुर्याउनेलाई मुल्याङकन गरी हरेक वर्ष प्रदान गर्ने ‘बर्Èमगर पुरुष सम्मान’ मगर संघ हङकङका आजिवन सदस्य तथा नौमती बाजा मगर संघ हङकङका भूपू अध्यक्ष जगतप्रसाद थापामगरलाई र मगर संघ हङकङकी आजिवन सदस्य तथा मगर महिला संघ हङकङकी बर्तमान उपाध्यक्ष कुमारी थापामगर ‘वर्ष मगर महिला सम्मान’ ले सम्मान गरेको थियो ।
तस्वीर – तुलसीराज राना
