राज्यसत्ता,
काठमाण्डौ, फागुन २६ – नेपाल मगर बौद्ध सेवा समाजको आयोजनामा पोखरामा आगामी चैत्र १३, १४ र १५ गते तीन दिने अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ ।
सो सम्मेलनलाइ उपराष्ट्रपति नन्द किशोर पुन मगरले समुद्धधाटन गर्ने कार्यक्रम रहेको छ । उक्त दिन सगरमाथा टेलिभिजनले कार्यक्रम स्थल बाट प्रतक्ष प्रशारण गर्ने भएको छ ।
सो सम्मेलन सम्पन्न गर्नका लागि समाजका केन्द्रीय उपाध्यक्ष टीबी पुनमगर (रोशन)को संयोजकत्वमा १३० सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
सम्मेलन सफल पार्नका लागि फागुन २३ गते देखिनै सगरमाथा टेलिभिजनले कार्यक्रम बारे प्रचार प्रसार गरिरहेको छ । साथै विभिन्न १९ वटा उपसमितिसमेत गठन गरिएको र स्मारिका समेत प्रकाशन गरिन लागेको संयोजक पुनमगरले राज्यसत्तालाइ जानकारी दिए ।