कृष्ण सारू मगर
दोहा,फागुन २५ – सम्पुर्ण मगरहरूको एकता-अहिलेको आवश्यकता भन्ने मुल नारा रहेकोले जहाँ मगर त्यहाँ मगर संघ र उद्धेश्यका साथ स्थापित नेपाल मगर संघ, शाखा कतारले दोहाको नज्मा स्थित क्यानयन रेष्टुरेन्टको सभाहलमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा महेन्द्र थापा मगरको सभापतित्वमा केशव घर्ती मगरको संयोजकत्वमा ब्यानर अनावरण गर्दै मगर राष्ट्रिय गीत संगै शान्तिका द्धिप प्रज्वलन गरी ३४ औ ऐतिहासिक मगर दिवस भब्य संपन्न गरेको छ ।
प्रमुख अतिथि सियाराम चौधरी, विशिष्ट अतिथि पूर्व बाङ (राजा) रविन थापा मगर, गैर आवासिय नेपाली संघका अध्यक्ष विनेश तामाङ, संघका प्रमुख सल्हाकार भिम तरामु मगर थिए । भने, विभिन्न मातृ संस्था, बैचारिक वर्गिय संगठन, क्षेत्रिय संस्थाका प्रतिनिधि तथा स्थानिय पत्रकार, लगायत विशिष्ट समाजसेवी ब्यतित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।
भारतको दार्जीलिङमा १९७७ देखि नेपालमा विभिन्न जिल्ला बाट एकिकृत हुँदै २०३९मा फागुन १५/१६ तनहुँको दमौलीमा भएको ऐतिहासिक दिनलाई मगर एकता दिवसको रूपमा मनाउन थालेको उप-अध्यक्ष शेर ब. रोका मगरले स्वागत मन्तव्यमा प्रष्टाउनु भएको थियो महासचिव बिजय कुमार मगरले कार्यक्रम संचलन गरेको थियोे
l सभाध्यक्ष महेन्द्र थापा मगर, विशेष अतिथि पूर्व (बाङ) राजा रिभर थापा मगर, भिम तरामु मगर र प्रमुख अतिथि चौधरीको सह्योगमा उत्कृष्ट प्रतियोगीहरूलाई पुरस्कार, मेडल तथा प्रशंसा पत्र, महिला कलाकारहरूलाई दोसल्ला तथा सम्मान पत्र साथै, सह्योगदाता, महान समाजसेवी ब्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरेको थियो भने यसै गरी नेपाल मगर संघ, शाखा कतारको बिधान अनुरूप खण्ड ३ दफा १० को (घ) (२) बमोजिम सांस्कृतिक विभागमा आवद्ध कञ्चन राई , माइली माया वाईवा तामाङ र रोशिका लामालाई मानार्थ सदस्यमा स-सम्मान स्वागत गर्दै प्रमाण पत्र प्रदान गरेको छ ।
सोही कार्यक्रममै शाखा कतारको केन्द्रीय समितिमा रहेर विगत लामो समय देखि संघलाई आर्थिक, भौतिक, नैतिक रूपमा संघ प्रति उत्ततरदायी भुमिका निर्वाह गरेकोले संघका अध्यक्ष मगरले खम्ब राज थापा मगरलाई खादा, मायांको चिनो कदर पत्र प्रदान गर्दै बिदाई गरेको छ ।
प्रत्येक वर्ष माघे सकराटीमा दौड प्रतियोगितामा २०१६/०१७ का लागि सर्वोकृष्ट चयन भएका नयाँ बाङ(राजा) रिभर थापा मगरलाई २०१५/०१६ का पूर्व (राजा) रविन थापा मगरले फेटा लगाई बधाई तथा शुभकामना दिदै सम्पुर्ण कार्यभार हस्तान्तरण गरेको हो ।
कास्की आर्दश सेवा समाजका अध्यक्ष मन प्रसाद राना मगर किराँत राई यायोख्याका अध्यक्ष अमृत कुमार राई, प्रवासी युवा समाजका संस्थापक अध्यक्ष छम परियार, संघिय गणतान्त्रिक राष्ट्रिय जनमुक्ति मंचका महासचिव फारब तामाङ, नेपाली संघिय समाजका अध्यक्ष चन्द्र शेर राई, नेपाली प्रवासी मञ्च सचिवालयका भिम कुमार लक्रन्दी, नेपाली जनसम्पर्क समितिका देबराज राई, गैर आवासीय नेपाली संघका अध्यक्ष विनेश तामाङले आ-आफ्नो धारणा राख्दै ३४ औ मगर दिवसको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
मगरात अधिकार प्राप्तिका लागि आन्दोलन मुद्धालाई सार्थक निष्कर्षमा पु¥याउन विश्वका मगरहरू गोलवद्ध हुन मगरात संघर्ष समितिका का.बा. संयोजक टेक सारू मगरले मन्तब्यको क्रममा आह्वान गर्नु भएको थियो । मानव अधिकारवादी संस्था संयुक्तराष्ट्र संघको धारा ३/४ र अन्तरास्ट्रिय श्रम ऐनको कानुन १६९ मा उल्लेखित जातिय पहिचान स्वायत्त शासन भन्ने मगर संघको मुल नारालाई राज्यले जनताहरूको स्वतन्त्र अधिकार माथी कुठाराघात गर्दै दमन गरेकोले अब आदिबासी जनजातिहरुको मुद्धाहरुलाई कार्यनयनका लागि दवाव मुलक कार्यक्रमहरू गर्नु पर्ने प्रमुख अतिथि चौधरीले सम्बोधनमा बताउनुभयो ।
लोपोन्मुख मगर कला र संस्कृतिको संरक्षण संवर्द्धनको जगेर्ना गर्दै गायनमा सोम थापामगर तथा डि.एन. मगर लगायत अन्य कलाकारहरूको प्रस्तुति रहेको थियो विभिन्न मगर संस्कृति झल्किने प्रस्तुतिहरु हुर्रा, भुम्याह, कौडा, चुड्का लगायत थुप्रै नृत्य, पूर्व, पश्चिम तथा मध्य पश्चिमको विभिन्न भेगमा प्रचलित मौलिक गीत र नृत्यहरु प्रस्तुतिले उपस्थित दर्शक तथा पाहुनागणहरूमा भरपुर साँस्कृतिक मनोरञ्जनले मन्त्रमुग्ध बनाएको थियो ।