नेपाल मगर संघको ११ औ राष्ट्रिय महाधिबेशन चितवनमा हुदै ,तयारी तिब्र

Read Time:4 Minute, 14 Second
राज्यसत्ता ब्युरो

काठमाण्डौ, फागुन २३ – आगामी बैशाख १८ देखि २२ गते सम्म हुने नेपाल मगर संघको ११ औ राष्ट्रिय महाधिबेशनको तयारी तिब्र पारिएको  छ ।

  नेपाल मगर संघको केन्द्रिय समितिले महाधिबेशन चितवनमा गर्ने निर्णय  गरेको छ । महाधिबेशन सम्पन्न गर्न यही फागुन ३० गते भित्र जिल्ला शाखाहरुको अधिबेशन गर्ने समय तोकिएको नेपाल मगर संघका सचिब माधब दर्लामीले जानकारी दिनुभयो ।

दर्लामीका अनुसार फागुन ३० गते भित्रमै जिल्ला शाखा,बैदेशिक शाखा र भातृसस्थाको तर्फबाट बितरण गरिएको आजिवन सदस्यहरुको बिवरण केन्द्रमा पेश गर्न भनिएको छ । चैत्र ६ गते अघि नै आजिवन सदस्यहरुको नामावली अध्यावधिक गरी जिल्ला र बिदेशमा पठाउने मगर संघको तयारी छ ।

चैत्र १३ गते अगावै आजिवन सदस्यहरुको नामावली सच्याउने र १५ गते भित्र आजिवन सदस्यहरुको अन्तिम नामावली सार्बजनिक गर्ने सचिब दर्लामीले  जानकारी दिनुभयो ।

चैत्र २० देखि ३० गते भित्र केन्द्रिय समितिको महाधिवेशनमा सहभागीताको लागी प्रतिनिधि र पर्यबेक्षकको नाम दर्ता गरिसक्नु पर्ने अर्का सचिब एबं संगठन बिभाग प्रमुख ज्ञानेन्द्र पुनको भनाई छ । उहाका अनुसार सबै जिल्ला समितिहरुबाट संघको भातृसंगठनहरु एक जना महिला अनिवार्य गरी ३ जना प्रतिनिधि र २ जना पर्यबेक्षक सहभागी हुनु पाउनेछन् ।

प्रवासमा क्रियाशिल बैदेशिक शाखा समिति तथा बैदेशिक सस्थाहरुबाट एक जना महिला अनिवार्य हुने गरी ३ जना प्रतिनिधि र १ जना पर्यबेक्षक महाधिबेशनमा सहभागी हुन पाउनेछन् । मगर संघको ११ औ राष्ट्रिय महाधिबेशनले ३ बर्षको लागी नया कार्यसमिति चयन गर्नेछ ।

संघको केन्द्रिय पदाधिकारी निर्माण गर्दा सर्बसम्मत रुपमा समिति निर्माणको पहल भैरहेको बताईएको छ । अध्यक्षको लागी अहिले बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती,

बर्तमान पुर्बान्चल उपाध्यक्ष गंगा बहादुर थापा, पश्चिमाञ्चल क्षेत्रका उपाध्यक्ष बालकृष्ण काउछा, महासचिब नबिन रोक्का र पुर्ब उपाध्यक्ष बम कुमारी बुढाले पनि प्रतिस्पर्धा गर्ने तयारी गर्नुभएको छ ।

सचिब द्धय ज्ञानेन्द्र पुन र माधब दर्लामीले पनि सहमतिमा नगए आफुहरु महासचिबमा भिड्ने घोषण गर्नुभएको छ ।

आगामी बैशाख १८ देखि २२ गते सम्म हुने नेपाल मगर संघको ११ औ राष्ट्रिय महाधिबेशनमा झण्डै ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

संघको महाधिबेशन सम्पन्न गर्न सबै मगर एबं गैर मगर संग पनि सहयोगको आग्रह गरिएको नेपाल मगर संघले जनाएको छ । मगर संघका अनुसार प्रतिनिधि र पर्यबेक्षक बाट साढे ३ लाख, जिल्ला दायित्व बाट ७ लाख उठ्ने अनुमान गरिएको छ । बाँकी सबै चन्दा अभियान मार्फत सहयोग जुटाउने प्रयास भैरहेको छ ।

महाधिबेशनको लागी एकै दिनमा १० लाख बढी खर्च हुने भएकाले सहमतिका आधारमा समिति निर्माण गरी खर्चलाई घटाउनु पर्नेमा सबैले जोड दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %