मेलै मेलाको शहर

Read Time:9 Minute, 6 Second
मनोज घर्तीमगर

पोखरामा अनेक थिममा मेला महोत्सव हुन्छन् । कहिले जंगल फेस्टिभल हुन्छ । कहिले आलु महोत्सव । कहिले माछा महोत्सव चलाइन्छ त कहिले गीतार महोत्स । कहिले साँस्कृतिक महोत्सव गरिन्छन् भने कहिले लाटोकोसेरो महोत्सव । यहाँ हप्तैपिच्छे मेला/महोत्सव लागेका लाग्यै छन् । जहाँ दर्शकको सहभागीता पनि बाक्लै हुन्छ । यस्तो लाग्छ, पोखरा मेलै मेलाको शहर हो ।

पाँचौ सँस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ भएको धेरै भएको छैन ।  माघ १५ देखी १८ गतेसम्म फेवाताल छेउको भएको शब्दहरुको महोत्सव सकिन नपाउँदै १२ औं लेखनाथ महोत्सव सुरु भयो । यो साता मात्रै पोखरामा तीन वटा महोत्सव भए । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुई दिनसम्म ‘लाटोकोसेरो हुचिल महोत्सव’ भयो । पोखरा प्रर्दशनी केन्द्रमा ममः मेला लाग्यो भने लेखनाथ महोत्सव चलिरहेकै छ ।

असोजमा भएको दशैं महोत्सवले पोखरामा हुुने मेला महोत्सवको सुरुवात ग¥यो । त्यसयता मेला महोत्सव लागिरहेकै छन् । कात्तिक १४ देखी २२ सम्म सिटि रेवानको महोत्वस भयो । ‘सकडमै खाऔं, सडकमै रमाऔं, सडकमै नाचौ’ं भन्ने नाराका साथ पुस १३ देखी १७ गतेसम्म लेकसाइडमा सिटी रेवानले महोत्सव ग¥यो । त्यसपछि पालो आयो पोखरा महोत्सवको । युनाइटेड क्लव पोखराले पुस ३० देखी माघ १० गतेसम्म अमरसिंह चौरमा यो महोत्सव चलायो । लगत्तै पोखरामा पहिलो पटक लाग्यो साहित्य महोत्सव । ‘पोखरा मेलै मेलाको शहर हो, सरदरमा गन्ने हो भने यहाँ हप्तैपिच्छे मेला लाग्छन्’ लोकदोहोरी प्रतिष्ठान गण्डकी अञ्चलका अध्यक्ष जीवन दहाल भन्छन्,‘वास्तवमा पोखरेलीहरु रंग रमाइलो भनेपछि हुरुक्कै हुन्छन् । हरेक मेला महोत्सवमा देखीने भिडले त्यही देखाउँछ ।’
 

थुप्रै मेला सकिएका छन् भने अझै मेला लाग्ने तयारी पनि उत्तिकै छ । लेखनाथको भण्डारढीकामा लेखनाथ उद्योग वाणिज्य संघले गरिरहेको महोत्सव फागुन १६ गतेसम्म चल्दैछ । फागुन २१ देखी चैत १ गतेसम्म पोखरा उद्योग वाणिज्य संघले प्रर्दशनी केन्द्रमा पोखरा औद्योगीक व्यापार मेला गर्दैछ । लगत्तै पश्चिमाञ्चल होटल संघले फेवातालको छेउ वसुन्धरा पार्कमा ‘फेवा नव वर्ष महोत्सव’ चलाउँदैछ । पोखरा आसपासमा विभिन्न क्बलले गर्ने मेलामहोत्सवको त गन्ती नै छैन । त्योभन्दा बेसी टोलहरुमा लगाइने मेला र हप्तामा एक पटक लगाइने व्यापारिक मेला त कति हो कति  । ‘आधा मेला सकिसकेका छन्, अझै थुप्रै मेला लाग्न बाँकि छन्’ प्राय मेला नछुटाउने बलबहादुर गुरुङ भन्छन्,‘सायद सबैभन्दा धेरै मेला लाग्ने ठाउँ नै पोखरा होला ।’

 
सिक्लेस, सार्दिखोला, स्याक्लुङकोट, ताङतिङ, याङ्जाकोट, ल्वाङ घलेल, भदौरे, पञ्चासे, तालवेसी, कृषि मेला लगायतका मेला जोड्ने हो भने यहाँ हप्तैपिच्छे मेला चल्छन् । यहाँ अनेकन नारा दिएर मेला भर्न आव्हान गर्दै ठूलाठूला माइक जडित गाडी पोखरा र आसपासका क्षेत्रमा विज्ञापन गर्दै हुइँकिन्छन्, दिनैपिच्छे । नाम चलेका अभिनेता, गायक, हाँस्य कलाकार आदि आउने र मनोरञ्जनात्मक कार्यक्रम हुने विज्ञापन गर्दै दर्शक लोभ्याइन्छ । त्यही लोभमा परेर मेला र महोत्सव भर्न जानेहरु उत्तिकै भेटिन्छन् । ‘गीत सुन्ने भनेर महोत्सव आयो, गीत गाउनेभन्दा धेरै नानाभाँती बोलेर समय कटाउँछन्’ लेखनाथ पोखरा महोत्सवमा भेटिएकी नमिता कार्की भन्छिन्,‘उद्घोषक पनि बेसी बोल्ने । कलाकार पनि उस्तै । तिनका भाषण सुन्न कसैले टिकट काटेको हुँदैन । आयोजकले यो बुझ्नुपर्छ ।’

प्राचिनकालदेखि चल्दै आएका धार्मिक मेला हुन् वा व्यापार व्यवसाय गर्न लगाईने मेला । अनेकन नाम जुराएर पोखरामा मेला÷महोत्सव गरिन्छन् । तर, ती मेला दर्शकका लागि खासै नयाँ लाग्दैनन् । यहाँ चल्ने हरेक मेला उस्तै प्रकृतिका हुन्छन् । मेलामा नयाँपन भन्ने केही पाइदैन । भारतीय नागरिकले चलाएको जादु, कर्कस ध्वनि निकाल्ने फलामे पिङ । बालबालिकाका भुलाउने विभिन्न खेल । हरेक मेलामा दिउँसो लोकदोहारी गीत । साँझ परेपछि पप गीतको गाडाङगुडुङ  । हरेक मेलाका गीत गाउने तिनै कलाकार । गीत उनै दोहोरिन्छन् । विभिन्न नामका मेला र महोत्सव जुरायो । प्रायोजक खोज्यो । ‘मेला भनेपछि केही न केही नयाँ हुनुपर्छ । स्थानीय सामाग्री, नयाँनयाँ उत्पादन केही पनि भेटिन’, अन्तराष्ट्रिय गैर सरकारी संस्था वल्र्ड एजुकेशनमा कार्यरत राजु विश्वकर्मा काठमाडौंबाट पोखरा आएका बेला पोखरा महोत्सव घुमेपछिको अनुवभ सुनाउँदै भन्छन्,‘तिनै फलामे पिङ, छ्याप्छ्याप्ती कपडाका पसल त्यो पनि साह्रै महङ्गो । केही नयाँ लागेन ।’ 

मेलाकै अवसर पारि किनमेल गर्दा सस्तो समान पाइने उत्तिकै आशा राख्छन् दर्शक । महोत्सवमा राखिएका सामाग्री यति महङ्गा छन् कि छुन पनि सकिदैन । मेलामा नयाँ उत्पादन केही पनि भेटिदैनन् । त्यही कपडालत्ताका स्टलले भरिएका हुन्छन् मेला । त्यो बाहेक विभिन्न बैंक, केही कृषिजन्य वस्तु, गाडी बेच्ने सो रुमका स्टल, कम्प्युटर इन्स्टिच्यूटका स्टलभन्दा महोत्सवमा अरु नयाँ देख्न पाइदैन । ती स्टलहरुमा पनि दर्शकले चाहेजस्ता सामान पाउँदैनन् । ‘जस्तो मेला लगाए पनि दर्शक आउँदा रैछन्, आखिर बाहिरभन्दा यहाँका सामान महाङ्गा छन् त्यहि पनि किनेकै छन्’ ममः मेलामा भेटिएका गोविन्द सिंजाली भन्छन्,‘लेखनाथ महोत्सव र ममः मेला जुधे पनि दर्शकको चाप बाक्लै छ । मेलाप्रति पोखरेलीको कति चासो हो ।’

स्थानीयस्तरमा उत्पादित विभिन्न जिल्लामा वस्तुको बजार प्रबद्र्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रबद्र्धन गर्ने, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पु¥याउने र स्वदेशी तथा बिदेशी बजार प्रवद्र्धनमा सहयोग पु¥याउने मेला र महोत्सवको उदेश्य बताइएको हुन्छ । तर, वास्ताविकतामा मेला÷महोत्सव त्यस्ता देखिँदैनन् । केबल मान्छे जम्मा हुने रंग रमाईलो गर्ने बाहेक मेला र महोत्सवका खासै उपलब्धी छैनन् । तैपनी यी तत्थ्यहरुसँग मेला अनि महोत्सव आयोजकहरु सहमत छैनन् ।
‘नयाँ–नयाँ उत्पादनलाई उपभोक्तामाझ सार्वजनिक गर्ने अवसर हो महोत्सव । जसले ती सामाग्री उपभोक्ताको पहुँचसम्म पुग्छ’ लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं लेखनाथ महोत्सवका मूल संयोजक लक्ष्मी त्रिपाठी भन्छन्‘हामीले गरेको मेलाले सर्वसाधारणदेखी व्यापारी, कलाकार,सबैलाई फाइदा गरेको छ ।’ 



 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %