ठाडो भाका संरक्षण पहल

Read Time:1 Minute, 38 Second
मनोज घर्तीमगर

ठाडो भाकाको उद्गमस्थल मानिने लमजुङबाटै यो भाकाको संस्थागत संरक्षण पहल सुरु भएको छ ।
  
लमजुङमा व्रिmयाशील साहित्यकार, संस्कृतिकर्मी, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको भेलाले ठाडो भाका लगायत लमजुङका लोक भाका र बाजाहरूको संरक्षण गर्ने उद्देश्यले ‘ठाडोभाका, लोक कला प्रतिष्ठान नेपाल’ गठन गरी सो पहल गरेको हो । लमजुङका पत्रकार तथा साहित्यकार नवराज पहाडीको अध्यक्षतामा गठित १७ सदस्यीय तदर्थ समितिको संरक्षकमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र ठाडोभाका शिरोमणि भेडीखर्के साइँला छन् । 

समितिका वरिष्ठ उपाध्यक्ष देवीबहादुर गुरुङ, उपाध्यक्ष राष्ट्रिय लोकगायक राजु परियार, महासचिव सुकमाया गुरुङ, कोषाध्यक्ष कृष्ण आले, सचिव रुपिन्द्र प्रभावी छन् । समितिका सदस्यहरूमा रामचन्द्र शास्त्री, प्रेमप्रसाद पोखरेल, विश्वनाथ घिमिरे, बृषराज गुरुङ, लालुमाया गुरुङ, सुमन ढकाल, स्वस्तिका चिलुवाल, चन्द्रकान्त पौडेल, अनुज अधिकारी, शान्ता कमली र सन्तोष लौडारी रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %