कथा खोज्न बुङकोट

Read Time:2 Minute, 3 Second
मनोज घर्तीमगर

फिल्ममा मौलिक कथा आएन भन्ने चर्चा नौलो रहेन । गाउँ, टोलमै अनेकन कथा भए पनि कल्पनामा डुबेर फिल्मका कथा बुनिन्छन् ।

  मगर समुदायबाट बनाइने फिल्ममा पनि योग रोग अछुतो छैन । त्यहि अभावलाई पूर्ती गर्न मगर फिल्म चलचित्रकर्मी संघले अगुवाइ गरेको छ । संघकै पहलमा यो साता सामाजिक यथार्थवादी कथा खोज्न एक टोली गोरखाको बुङकोट पुग्यो । एक हप्तासम्म चलेको पटकथा लेखनमा देशका विभिन्न ठाउँबाट सहभागीले आआफ्ना क्षेत्रका अर्गानिक कथा सुनाए । बेलायती फिल्मकर्मी मुरे केरको मुख्य प्रशिक्षण र शिसिर आर्चायको सहप्रशिक्षणमा भएको पटकथा लेखनमा मगर समुदायका मौलिक पाँच फिल्मका कथा तयार भएको संघका अध्यक्ष युवराज मास्कीरानाले जानकारी दिए ।

राम्रो फिल्म बन्न कथा राम्रो लेखिनुपर्छ’ युवाराजले भने,‘त्यही भएर फिल्म धेरै बनाउनुभन्दा लेखनमा महत्व दिएका हौ ।’ प्रशिक्षक मुरे केरले मगर समुदायका विभिन्न कथाहरु जान्न पाएको र प्रशिक्षार्थीबाट धेरै आस गरेको सुनाए । रुकुमबाट सहभागी अनिल बुढामगरले फिल्म सम्बन्धी थुप्रै कार्यशालामा सहभागी भए पनि यो नयाँ शैलीको भएकाले फिल्म बढाउन हौसला मिलेको बताए । कार्यशालामा फिल्म बनाइसकेका र नयाँ गरि ११ जनाको सहभागीता थियो । चलचित्र विकास बोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्धन समिति कार्यक्रमको सहआयोजक थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %