बेलायती प्रेस जगतसित सम्बन्ध विस्तार गर्न चाहन्छुः पत्रकार खपाङ्गी

Read Time:2 Minute, 48 Second
रोशन मेवाहाङ –
लण्डन फाल्गुण १५ । नेपाल पत्रकार महासंघ युके शाखाको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार नरेश खपाङ्गीमगरले शाखामार्फत बेलायती मूलधारको प्रेससित सम्बन्ध बढाउने बताउँछन् । 
पत्रकारिताको अभ्यासका लागि विश्वमै कहलिएको बेलायती प्रेससितको सम्बन्ध विस्तारले बेलायतस्थित नेपाली पत्रकारिता र समाजले महत्वपूर्ण लाभ लिनसक्ने भएकाले आफूले यसलाई अजेण्डा बनाएको उनले प्रष्ट्याए । 
बेलायती पत्रकारहरुको पेशागत संगठन, बेलायती मिडिया प्रतिष्ठान र मिडिया स्कुलहरुसित सम्बन्ध विस्तार गरी बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको पेशागत सीप र क्षमता अभिवृद्धि गराउने आफ्नो मुख्य योजना रहेको उनले उल्लेख गरेका छन् ।
बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई एकतावद्ध गरी उनीहरुको पेशागत हक अधिकारको रक्षा गर्ने, उनीहरुलाई प्रोत्साहित गराउन विभिन्न अवार्डहरु स्थापना गर्ने, नेपाली समुदायसितको सम्बन्धलाई प्रगाढ बनाउनका लागि अन्तक्रियाहरु गर्ने आफ्नो योजना रहेको उनले बताए । नेपाल पत्रकार महासंघ केन्द्रसित समन्वय गरी नेपाल र बेलायतका पत्रकारहरुबीच सम्बन्ध सेतुको काम गर्न चाहेको पनि उनले बताए । 
ताप्लेजुङमा जन्मिएका खपाङ्गीमगर हाल नेपाल पत्रकार महासंघ युके शाखाका वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत छन् । १३ वर्षअघि महासंघको सदस्यता लिएका उनी त्यसअघि शाखाका महासचिव रहिसकेका छन् । नेपालमा गोरखापत्रमा आठवर्ष पत्रकारिता गरेका उनी सोही शाखाको कार्यसमिति सदस्य र केन्द्रीय प्रतिनिधि भइसकेका छन् । 
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर (एमए) गरेका उनी अहिले युकेबाट संचालित वीनेपाली डटकमका सम्पादक र एभरेष्ट टाइम्स साप्ताहिकका अतिथि सम्पादक रहेका छन् । उनले विगतमा बेलायतबाट प्रकाशन हुने नेपाली सन्देश र नेपालीपत्र साप्ताहिकमा काम गरिसकेका छन् ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %