प्रथम सहिद स्मृति,३४औ मगर दिवस एवं ७औ महाधिवेसन घोषणा ऐतिहासिक रुपमा सम्पन्न

Read Time:10 Minute, 44 Second

सुर्य आले मगर,२८ फेब्रुअरी युएई ,

नेपाल मगर संघ युएईको आयोजनामा प्रथम सहिद लखन थापामगरको १३९औं स्मृति ३४औं मगर दिवस एवं ७औ महाधिवेशन घोषणा-सभा ऐतिहासिक रुपमा सम्पन्न भएकोछ |

संघका अध्यक्ष शुशी पुलामी घर्ति मगरको सभापतित्व,नेपाल मगर संघ,नेपालका उपाध्यक्ष कर्ण बहादुर बुढा मगरको प्रमुख आतिथ्य,नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहन कुमार तामांगको विशेष आतिथ्य,संघका प्रमुख संरक्षक प्रिथिछक बुढा मगर,जनप्रगतिशील मोर्चाको कोषाध्यक्ष विवश लिम्बु,संघिय समाज युएईका उपाध्यक्ष दिपराज न्योहांग लिम्बु,बाग्लुंग सेवा समाज युएईका सचिव केदार लम्साल,ग्रिन लाइन ट्राभल युएईका प्रतिनिधि,समाजसेवी कृष्ण रेग्मी, ,संरक्षक सदस्य कैलाश पुन मगर,समाजसेवी असर्जित राई,नेपाली खामभाषी जागरण मंचका अध्यक्ष भुवन बुढा मगर, समाजसेवी रेशम मगर र अग्रज मगर भक्त बहादुर पुलामी मगर लगायतका अतिथ्यमा, समारोहका प्रमुख अतिथि एवं नेपाल मगर संघ,नेपालका उपाध्यक्ष कर्ण बहादुर बुढा मगर ज्यूले दिप प्रज्वलनगरी कार्यक्रमको उद्घाटन साथै, प्रथम सहिदलाई खादा ओडाएर सम्मान गरेपछि कार्यक्रम औपचारिक रुपमा आरम्भ भएको थियो

कार्यक्रममा शुभ कामना मन्तव्य दिदै,विशेष आतिथि मोहन कुमार तामांगले नेपाल मगर संघ,युएईले पहिचान र अधिकारको माग सशक्त ढंगले उठाउदै आएकोमा प्रसंसा व्याक्त गर्दै, पहिचान र अधिकारको लडाईको निम्ति सम्पूर्ण पहिचान्वादी न्यायप्रेमी जनता एक हुन आव्हान गर्दै, ३४औ मगर दिवस मगरात प्राप्ति आन्दोलनको निम्ति इँटा थपोस् भन्ने, शुभकामना दिनु भयो |

शुभकामना मन्तव्यको क्रममा: प्रमुख आतिथि बुढा मगरले अव मुलुकमा पहिचानवादी र पहिचान विरोधी मात्रै २ सिद्धान्त रहने भएकोले, एमाले,कांग्रेस र एमाओवादी दलको सिद्धान्त, अन्याय र असमानताको पक्षमा रहेकोले अव जनता तिनीहरुको पक्षमा नलाग्ने हुँदा न्याय र समानताको पथमा पहिचानवादी हिडेकोले जित पनि निसन्देह पहिचानवादी कै हुने,जिकिर गर्नु भयो | नेपाल मगर संघ, युएईको ७औ अधिवेशनवाट पुनः शुशी पुलामी मगरको नेतृत्वमा २३ सदस्य नयाँ कार्यासमित निर्वाचित भएकोमा खुसि ब्याक्त गर्दै,उहाँ लगायत सिंगो नयाँ निर्वाचित कार्यसमितिलाई निर्वाचित भएको पदको प्रमाण-पत्र प्रदान गर्दै, वधाई तथा शुभकामना दिनु भयो | साथै शुशी पुलामी मगर र राजु सिजाली मगर अध्यक्ष रहेका युएईका दुवै मगर संघलाई फोन मार्फत एवं दुवै पक्षलाई भेटघाटगरी एकता गराउन निकै कोसिस गरेपनि, एकीकरण गराउन नसकेकोमा दु:ख व्याक्त गर्नु भयो |

कार्यक्रममा शुभकामना एवं समापन मन्तव्य दिदै, अध्यक्ष शुशी पुलामीले अत्यन्तै संवेदनशील,एवं थुप्रै थुप्रै असहज अवस्थालाई चिरफार गर्दै,पुन निर्माण भएको नेपाल मगर संघ युएईले छोटो समयमै थुप्रै सामाजिक एवं संघमा सांगाठानिक कामहरु गरेर, आफ्नो औचित्य पुष्टि गरेको दावी गर्दै, पुनः आगामी २ वर्षे कार्यकालको जिम्वेवारी सुम्पिएकोमा , सम्पूर्ण संघका ७औ अधिवेशन प्रतिनिधि,पर्यवेक्षक,पत्रकार एवं सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा कृतज्ञता प्रकट गर्दै, आफ्नो बुद्दी विवेक, क्षेमता तन,मन,वचन,कर्म, र शक्तिले भ्याएसम्म तपाईहरुले दिएको जिम्वेवारी पुरागर्न कुनै कसर बाँकी राख्ने छैन भन्दै, प्रतिबद्धता जाहेर गरिन् |

साथै, सोहि क्रममा हाम्रो पुर्खायौली ऐतिहासिक मगरात भूमिलाई, कथित घोषित संविधानमा ३ टुक्रा बनाएर हामि मगरहरुको सामाजिक,राजनैतिक एवं आर्थिक धरोहरहरलाई छिन्नभिन्न बनाई, मगरहरुलाई अझै वर्षौ गुलाम बनाउने, शासकको चालवाजी प्रति निन्दा गर्दै, त्यसको विरूद्दमा एकजुट भएर अन्तिम सम्म लड्न सम्पूर्ण पहिचानवादी शक्तिहरुमा जोडदार आव्हान गरिन् | भने जातीय संघ संस्थाको नेतृत्वमा रहेर पहिचान र अधिकारको अवान्छित गतिविधि गर्नेहरु प्रति खवरदारी गर्दै, अगाडी भनिन् जातीय संघ संस्था क्याप्चर गरी बसेका, केहि मुठ्ठी भर पहिचान विरोधिहरुका हली,गोठाला, भरीया हरुले, जातीय पहिचान र अधिकारको मुद्दालाई पहिचान विरोधीहरुको इसारामा ब्लक गर्ने दु:शाहस गर्न नखोजियोस्, हामि त्यो हाम्रो पहिचान र अधिकार विरोधी, भिजलान्ते गिरोहलाई कुनैपनि हालतमा छोड्ने छैनौ |

शालीन,भद्र एवं बौद्धिक जनमासको रुपमा उपस्थित यसपालीका दर्शकहरु कार्यक्रममा भएको शुभकामना मन्तव्यलाई अत्यन्तै गम्भीर एवं शालिनताकासाथ सुनेको देखिन्थ्यो |

साथै नेपाल मगर संघ, युएईको ७औ अधिवेशनले,महेन्द्र कालिन ५ बिकाश क्षेत्र जस्तो, युएईमा रहेको ७ स्टेटको अबैज्ञानिक र अव्यावहारिक अवधारणा भन्दै पुरानो विधानलाई संशोधनगरी १२ मगरातमा बस्ने, ढुट मगर भाषी र १८ मगरातमा बस्ने खाम मगरभाषी मगर समुदायको समानुपातिक प्रतिनिधित्व रहनेगरी नेपाल मगर संघ,युएईको विधान २०६२ को संशोधन,विधान २०७२ अनुरुप, केन्द्रिय समितिको निर्वाचन गरेकोछ भने काइके मगर-भाषिक समुदायलाई भविष्यमा प्रतिनिधित्व गराउने लक्ष लिएकोछ |

मगर समुदायको आन्तरिक विविधतामा, एकाता देखाउदै १२ मगरात (ढुट मगर भाषिक)वाट संघका महासचिव सुर्य आले मगर १२ मगरात र (१८ मगरात खाममगरभाषीक) सचिव दिप बुढा मगरले आ-आफ्नो भेषभूषा रहेर कार्यक्रम संचालन गरेकोले, विगतका कार्यक्रम भन्दा यसपालिको कार्यक्रम पृथक अनुभूति भएको देखिन्थ्यो | भने नव प्रतिभावान कलाकार,सुर्य आले मगर,आशा थापा मगर,सन्तोस गाहा मगर, लगायत थुप्रै कलाकारहरुले भरपुर मनोरंजन दिएका थिए |

कार्यक्रममा स्वागत भाषण बरिष्ठ उपाध्यक्ष राम थापामगरले गरेका थिए भने, उपाध्यक्ष मिनु रानामगरले कार्यक्रम संयोजन र महासचिव सुर्य आले मगरले महासचिवको प्रतिवेदन वाचन गरेका थिए |

निर्वाचन मण्डलका अध्यक्ष प्रिथिछक बुढा मगर द्वारा घोषणा गरेको नामावली यस प्रकारछ |

१,अध्यक्ष शुशी पुलामी मगर

२,बरिष्ठ उपाध्यक्ष राम थापा मगर

३,१२ मगरात प्रमुख अर्जुन गारांगजा मगर

४,१८ मगरात प्रमुख जितमान बुढा मगर

५,कोषाध्यक्ष प्रमिला थापा मगर

६,महासचिव सुर्य आले मगर

७,सचिव दिप बुढा मगर

८,सचिव आशा थापा मगर

९,प्रवक्ता लक्ष्मण बालाम्पाकी मगर

१०,संगठन विभाग प्रमुख केशर थापा मगर

११,प्रशिक्षण विभाग प्रमुख रबिन घर्ति मगर

१२,अनुशासन विभाग प्रमुख दल बहादुर बुढा मगर

१३,सांस्कृतिक विभाग प्रमुख सन्तोस गाह मगर

१४,उप- प्रमुख कुल बहादुर सारु मगर (१२ मगरात)

१५,उप-प्रमुख गोविन्द पुन मगर (१८ मगरात)

१६, केन्द्रिय सदस्य धनराज पुन मगर

१७,केन्द्रिय सदस्य गोबिन्द पुन मगर

१८, केन्द्रिय सदस्य रिखीराम बुढा मगर

१८,केन्द्रिय सदस्य लाल बहादुर बुढा मगर

१९,यसोधा थापा मगर

२१,गुना रैका मगर

२२,धन कुमारी थापा मगर

२३,बिशाल राना मगर

साथै २६ फेब्रुअरीमा नै बसेको संघको प्रथम बैठकले नेपाल मगर संघ नेपालको निम्ति भूपू अध्यक्ष हरि बहादुर घर्ति मगरलाई प्रतिनिधिमा पठाउने निर्णय गर्दै,मगर बुद्दिजीवी प्रिथिछक बुढा मगरलाई प्रमुख संरक्षक रहेको निम्नानुसारको ५ सदस्यीय संरक्षक समिति बनाएकोछ |

निम्न :-

१, प्रमुख संरक्षक प्रिथिछक बुढा मगर

२, संरक्षक सदस्य रामकृष्ण पुन मगर

३, मनोज काउछा मगर

४,कैलाश खाम पुन मगर

५,सी.बि.मगर

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %