सागमाकास्यपदविजेता सरोज पुनमगरलाई बधाई तथा सम्मान

Read Time:5 Minute, 15 Second
दिपा आले मगर


  बांके नेपालगन्ज ११ गते – भारतमा सम्पन्न  १२ औं दक्षिण एशियाली खेलकुदप्रतियोगिता (साग) मा उसु खेलको ६५ केजी समूहतर्फ कास्यपदकजित्न सफलसरोज पुनमगरलाई एक कार्यक्रम गरी नगद सहित प्रमाण पत्रले सम्मानगरिएको छ ।

नेपाल मगर विद्यार्थी संघ कार्य समितिबांकेले नेपालगन्जमाआज एक कार्यक्रम गरी कास्यपदकविजेताउसु खेलाडी सरोजलाई सम्मान गरेको हो ।

सम्मानकार्यक्रममाबोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीयअध्यक्षदिपाआलेमगरले खेलकुद क्षेत्रको माध्यमबाट नेपाल र नेपालीको शान बढाएकोमाबधाई तथाशुभकामनाव्यक्त गरेकाथिए । केन्द्रीयअध्यक्षआलेमगरले खेल क्षेत्रमा खेलाडीको भविष्यउज्ज्वलभएको हुंदाशिक्षा सहित खेलकुदमानिरन्तरतादिनु पर्ने बताए । खेलकुदको माध्यमबाट देश र जनताको शिर उच्च राख्ने खेलाडीलाई राज्यले विशेष व्यवस्थागर्नु पर्नेमाजोड  दिए । उनले भने – मोफसलमा रहेर खेलकुदमालागिरहेका खेलाडीलाई राज्यले दिने हरेक सुविधाबाट कोहीपनिबञ्चितनहुन् ।

त्यसैगरी कार्यक्रममाबोल्दै आदिबासीजनजातिमहासंघ बांकेकाअध्यक्ष डम्मर थापामगरले मध्येपश्चिम जस्तो पछाडि परेको क्षेत्रबाट खेलकुद क्षेत्रमाकास्यपदकल्याउन सफलभएकोमाखुशीव्यक्त गरे । उनले सरोजलाई शुभकामनादिर्दै भने हामी सबै नेपालीको शिर ठाडो भएको छ । खेलकुद क्षेत्रमालगनशीलभएर लागेका खेलाडीहरुलाई सरोकारवालाहरुको भूमिकामाकमिआएकोमादुःखव्यक्त गरे ।

नेपाल मगर सघ बांकेकाअध्यक्षधनसिहं रानामगरले उसु खेलाडी सरोज पुनमगरलाई बधाई तथाशुभकामनादिदै मगर समुदायबाट प्रतिनिधित्वगर्दै (साग)माकास्यपदजित्न सफलभएकोमाआफू हर्षित भएको बताए । उनले भने मगर समुदायको मात्रखुशीहोइन सम्पूर्ण नेपालीको खुशीको क्षण हो । राष्ट्रको शिर उच्च राख्न सफल खेलाडीहरुलाई सामाजिक संघसंस्थामात्रनभएर राज्यले उनीहरुको आर्थिक, भौतिक, शैक्षिकलगायतको क्षेत्रमालगानीलगाउनु पर्नेमाजोड दिए ।

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका सल्लाहकार उमा मगरले खेलकुद क्षेत्रमामात्रनभएर युवाविद्यार्थीहरु सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रमा सक्रियभएर लाग्नु पर्ने बताइन। पछिल्लो समय यता खेलकुद क्षेत्रमायुवाहरुको भविष्यभएकोहुंदानिरन्तरतादिनु पर्नेमाजोड दिइन् ।

ममताथापामगरले सञ्चालन गरेको कार्यक्रममा संघका अध्यक्षभिमाथापामगरले अध्यक्षतागरेकाहुन् । कार्यक्रममा सरोजलाई बधाई तथाशुभकामनादिन नेपाल मगर विद्यार्थी संघ बांके शाखाकापूर्व अध्यक्षविशाल रानामगर, बौद्ध धर्म संघका कोषाध्यक्ष रणप्रसाद रानामगर, तमु छोदधीकाअध्यक्ष चेत बहादुर गुरुङ, मैटहवा उच्चमाविकाशिक्षकप्रकाशथापा क्षेत्री, मगर आम सञ्चारकर्मी समाजका सचिव रुपनी घर्तिमगर, भोलाथापा मगर, थारु कल्याणकारी समाजकाप्रतिनिधिमंगलचौधरी, प्रेस युयिनयका सचिवअर्जुन वली, पत्रकारहरु विजयमल्ल, भगतरामथारु लगायतको उपस्थिति रहेको थियो ।
 
कास्यपदकविजेता सरोज पुनमगरलाई सबै सहभागीहरुले अविर टिका र खादालगाई बधाई तथाशुभकामनादिएकाथिए । भने केन्द्रीयअध्यक्षदिपाआलेमगरले नगद सहित प्रमाण पत्र हस्तान्तण गरेकाहुन् । विभिन्न विद्यालयबाट विद्यार्थीहरु  सम्मानकालागिउपस्थितिभएकाथिए ।

उसु खेलाडी सरोजले भने–खेलकुद क्षेत्रमा अगाडि बढ्न ठूलो धोको छ तर खेल्ने मैदान छैन । न त हामी जस्तो मोफसलमा रहेका खेलाडी माथिलगानीलगाईन्छ । मगर विद्यार्थी संघ बांकेले बधाई तथा सम्मान गरेपछिधन्यवाददिर्दैआफूलाई अझ खेलक्षेत्रमाहौसला प्रेरणा मिलेको बताए ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %