१३९औं नेपालका प्रथम शहिद लखन थापामगर स्मृती एवम् ३४औं मगर स्थापना दिवश कार्यक्रम भब्यताका साथ सम्पन्न

Read Time:8 Minute, 8 Second

एच बि थापा मगर ,

युएई ,१९ फेब्रुरी ,२०१६ ,

गत १९ फेब्रुअरीमा -२०१६ शुक्रवारको दिन रोजगारीको सिलसिलामा युएई रहेका मगरसमुदायको साझा चौतारी नेपाल मगर संघ शाखा युएई केन्द्रिय समितिद्वारा आयोजित ३४औं मगर स्थापना दिवस तथा, १३९औ नेपालका प्रथम सहिद लखन थापा मगर स्मृति दिवस एवम् ,लाङ्घाली साँस्कृतिक साँझ-२०७२ को कार्यक्रम संघका अध्यक्ष श्री राजु सिंजाली मगरको सभापतित्वमा संचालन उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास युएईका महामहिम दुत श्री धनन्जय झा धर्मपत्नी श्रीमती चन्द्रीका झाको उपस्थिति रहेको थियो भने, बिशेष अतिथिहरुमा मगर अन्तर्राष्ट्रिय मंचका सदस्य श्री गिरमान थापा मगर , संघका प्रमुख संरक्षक श्री चन्द्रबिक्रम सारु मगर,नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष श्री डेर राज गुरुङ , नेपाली समाज युएईका अध्यक्ष श्री सि पि सापकोटा र नेपाल बाट पाल्नु भएका अतिथि कलाकारहरु साथ , अन्य अतिथिहरुमा जनजाति महासंघ युएईमा आबद्धता सबै जातीय प्रमुखहरु, एवम् भुपु अध्यक्षहरु, राजनीतिक दल युएईका प्रमुखहरु लगायत संघका उप संरक्षक श्रीमती सुनिता राना थापा मगर र सल्लाहकार परिषदका प्रमुख तथा सदस्यहरुको उपस्थिती रहेको थियो।

औपचारिक कार्यक्रम संचालक महासचिव एच बि मगरले संचालन गर्दै कार्यक्रमको उद्घाटन, प्रमुख अतिथि द्वारा दीप प्रज्वलन गरि उद्घाटन गरिएको थियो भने ,देशको सम्झनामा राष्ट्रिय गान, प्रथम शहिद लखन थापा मगरको बिशेष सम्झना र बिभिन्नकाल खण्डमा राष्ट्रको निम्ति शहादत प्राप्त गरेका शहिदहरुको सम्झनामा १ मिनट मौनधारण गर्दै प्रथम शहिद थापा मगरको फोटोमा माल्यार्पण र पुष्प गुच्छा चढाइएको थियो ।

यस कार्यक्रमका प्रमुख संयोजक तथा वरिष्ठ उपाध्यक्ष उपेन्द्र राना मगरले अतिथि र दर्शकहरुमा स्वागत मन्तव्य राख्दै, उपाध्यक्ष रेशम सोमै मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।यसैगरी नेपाल मगर संघ युएईलाई प्रत्यक्ष रूपमा सहयोग तथा योगदान पुर्याउनु भएका बिशेष ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने , नेपालका प्रथम सहिद लखन थापा मगरको तस्वीर र सात बुँदे ज्ञापन पत्र सहित महामहिम राजदुतलाई अध्यक्ष राजु सिंजाली मगरले बुझाएको थियो।पत्रमा उल्लेखित , प्रजातान्त्रिक आन्दोलनका लागि राणा शासन विरुद्ध पहिलो आवाज उठाउदा १९३३ फागुन २ गते सहादत प्राप्त गरेका नेपालका प्रथम सहिद लखन थापा मगरलाई नेपाल मगर नेपाल मगर संघ र वैदेशिक शाखाहरुले पहिले देखी नै आवाज उठाउदा २०७२ असोज ३ गते मात्र प्रथम शहिद लखन थापा मगर घोषणा गरेको थियो ।

मन्तव्यको क्रममा अतिथि नेपाल मगर खाम भाषा जागरण युएईका अध्यक्ष श्री भुवन थापा मगर ज्युले प्रबासबाटै पनि आफ्नो मगर जातिय पहिचान,हक, अधिकार सुनिश्चित गर्न बुलन्द आवाजका साथ आफ्नो भाषा,धर्म,कला,संस्कृति,रिति,रिवाज परम्परालाइ संरक्षण,सम्बर्द्धन र बिकास अनि मगर एकतालाई कायम गर्दै आफ्नै माैलिकता,मगरात पहिचान ,हकहित अधिकारको बारेमा बोल्नु भएको थियो । बिशेष अतिथि नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङले पनि प्रथम सहिद लखन थापा मगरलाई सरकारले सहिद घोषणा गरि मगरहरुलाई आँखाको पट्टि मुखमा बाधेर बोल्न बन्द गरेको र जनजातिलाई नै पछी पार्ने काम भएको भन्दै सरकार समक्ष कार्यवन्यन प्रति ध्यानाकर्षण गराएको थियो। यसै गरि बिशेष अतिथि संघका प्रमुख संरक्षणक चन्द्र सारु मगर र मगर अन्तरास्ट्रिय मंचका सदस्य गिरमान थापा मगरले युएईमा मगर संघ एउटै रहेको, जसको नेतृत्व राजु सिंजाली मगर र नेपाल मगर संघको बैधानिक संगठन यहीँ नै हो भन्ने आधार प्रमाणहरुबाट सिद्ध भैसकेको र केही पदमा लुप्त लोभीहरुले युएईमा एउटै समानान्तर नाम दिएर संघ निर्माण गरे पनि त्यस्को कुनै औचित्य नभएको आफ्नो ब्यक्तिगत स्वार्थ र पदिय लोभको कारणले यस्ता अनैतिक काम कार्यहरु भएको भ्रमात्मक समाचारहरु आइरहेको हुनाले सबै मगरलाई कति पनि बिचलित नभई अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।साथै प्रमुख अतिथि महामहिम राजदुतले पनि युएईको प्रचालित कानुन कडा रहेको आफ्नो काम कार्य प्रती उच्च सतर्कता अपनाउनु पर्ने र त्यस्ता अनैतिक काम नगर्न आग्रह गर्नु भएको छ ।

औपचारिक कार्यक्रमको अन्त्यमा नेपाल मगर संघ युएईका अध्यक्ष तथा कार्यक्रम सभापति राजु सिंजाली मगरले नेपालमा हाल भैरहेको राजनीतिक तर्वरले मगरात भुमिलाई टुक्राटुक्रा गरि छिन्नभिन्न बनाइ मगरहरुको हकहित अधिकार् आफ्नै पकेट भित्र राखी मगरहरु अस्तित्व र पहिचान मेटाउने यस्ता झुठो संविधान कदपी मान्य नहुने र मगरत प्राप्तिको लागी जुन जस्तो भुमिका निर्वाह गर्न पनि नेपाल मगर संघ युएई तयार रहेको जिकिर गर्दै युएईमा सम्पुर्ण मगरहरुलाई आफ्नो जातीय हकहित ,अधिकार र पहिचान सुनिश्चितताको लागि अब मिलेर लडाइँ लड्नु पर्ने हुनाले सबैलाई एकतामा बाँधिन अनुरोध गर्नु भै औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।

लगत्तै अनौपचारिक तथा साँस्कृतिक कार्यक्रम संयोजक भुवन थापा मगर र संचालिका बिमला मगरले आफ्नो गित प्रस्तुतिबाट शुरूवात गरि नेपालबाट पाल्नु भएका राष्ट्रियस्तरका वरिष्ठ कलाकार कृष्ण थापा मगर र निता पुन मगर साथै, स्थानीय कलाकारहरु द्वारा मगरहरुको संस्कृतिलाई उजागर गर्ने लक्ष्य र उदेश्य अनुरुप , सोरठी, झ्यौरे, कौराह, विविध मगर संस्कृति झल्किने खालका प्रस्तुती दिदै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराउदै कार्यक्रम समाप्त भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %