मरुभुमि नामक उपन्यास बिमोचित

Read Time:3 Minute, 8 Second

पाल्पा, फागुन ८

लेखक एबं उपन्यासकार रजिउल्लामियाले लेख्नुभएको मरुभुृमि नामक उपन्यास शनिबार बिमोचित भएको छ । श्रीनगर एफ,एमको साहित्यिक कार्यक्रम यात्रा साहित्य मार्फत पुस्तक बिमोचन गरिएको हो ।

साहित्य तथा स्वास्थ्य प्रतिस्ठान पाल्पाले प्रकाशन गरेको मरुभुमि नामक उपन्यास श्रीनगर एफ,एमका स्टेशन म्यानेजर देब पचभैयाले बिमोचन गर्नुभयो ।

पुस्तकको बिमोचन गर्दे प्रमुख अतिथि पचभैयाले उपन्यासको बिमोचन नौलो तरिका बाट सम्पन्न भएकोमा प्रसंसा ब्यतm गर्दे मरुभुमिलाई पढ्न नसक्नेहरको लागी अडियो र भिज्युअलमा पनि रुपान्तरण गर्न आग्रह गर्नुभयो ।

पुस्तक बिमोचन कार्यक्रममा त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका उपप्रध्यापक महेन्द्र पन्थीले पुस्तकको समिक्षा गर्नुभयो । पुस्तकको समिक्षा गर्दे नेपाली जनजिवनको बिविध सस्कृतीलाई आधार बनाएर पुस्तक निर्माण गरेको जानकारी दिनुभयो ।

नेपाली परिश्रमिहरुले खाडीका बालुवाले भरिएको मरुभुमिलाई समेत हराभर बनाउन सफल भएको तर मनोरम स्वर्गरुपि हरियाली नेपाल भने खाडीजस्तै बन्न थालेको यथार्थता पुस्तकमा उल्लेख गरिएको भन्दै आम नेपाली युवाहरुले मरुभुमि नामक उपन्यास अध्ययन गर्नेपर्ने बताउनुभयो ।

पुस्तक प्रकाशक साहित्य तथा स्वास्थ्य प्रतिस्ठान पाल्पाका अध्यक्ष पुस्करराज रेग्मीले मातृभाषा नेपाली नभएका, हिन्दुसस्कार भन्दा मुश्लिम सामाजिक सास्कृतिक परिबेशमा हुर्किएका लेखकले लेख्नुभएको मरुभुमिले नेपाली परिबेशलाई राम्ररी चित्रण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा लेखक रजिउल्लामियाले पत्रपत्रिका, पुस्तक र बिदेशमा पुगेर फर्किएका साथीहरु संगको बसउठ बाट धेरै कुराको. भावनाहरु मनमा उब्जिदा शब्दमा ति कुराहरुलाई उतारेको बताउनुभयो ।

बर्तमान राज्यको निति सकारात्मक नहुदा पनि युवाहरु पलायन हुन बाध्य हुनुपरेको यर्थाताको बारेमा कार्यक्रम संचालक कमल खत्रीले चर्चा गर्नुभयो । लेखक रजिउल्लामियाले लेख्नुभएको भिरकोटको ज्वोती नामक उपन्यास दुई बर्ष अघि बजारमा आईसकेको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %