कृष्ण सारू मगर,
दोहा-कतार,
नेपालका प्रथम सहीद क्या. लखन थापामगरको १३९ औं स्मृति दिवस सुक बहादुर तामाङको प्रमुख आतिथ्य , सियाराम चौधरीको सभापतित्वमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघ र नेपाल मगर संघ कतार शाखाको संयुक्त आयोजनामा कतारको राजधानी दोहा स्थित टपफर्म रेष्टुरेन्टको सभाहलमा संपन्न भएको छ ।
सभापति, प्रमुख अतिथिले संयुक्त रूपमा ब्यानर अनावरण, राष्ट्रिय धुन संगै शान्तिका द्धिप प्रजवलन तथा थापामगरको तस्विरमा माल्यार्पण गर्दै ज्ञात अज्ञात सहिद प्रति सम्मान गर्दैय एक मिनेट मौनधारण गरेको थियो ।
विशेष अतिथि गैर आवासिय नेपाली संघ एनसिसिका अध्यक्ष विनेश तामाङ, आईसिसी सदस्य हंसराज ढकाल, नेपाल मगर संघ शाखा प्रमुख सल्हाकार भिम तरामु मगर, थिए भने नेपाली महिला समाज लगायत जनजाति महासंघ संघिय परिसदको मातहतमा रहेका विभिन्न मातृ संस्थाहरू, क्षेत्रिय, वर्गिय, धार्मिक, संघ, संस्था संगठनका प्रतिनिधिहरू लगायत स्थानिय पत्रकार एवंम् वुद्धिजिवि समाजसेवी व्यक्तित्वहरूलाई अतिथि ग्रहण गराइएको थियो ।
वि.स.१८९१ मा गोर्खा बुङ्कोटमा जन्मनु भएका शहीद थापा मगरले २०११ देखी सैनिक सेवामा समावेश भएका उनि निरंकुश जहानिया राणा शासन विरुद्ध जनताको पक्षमा प्रजातान्त्रिक पद्धतीका लागि सैनिक विद्रोह सुरू गरेका उनलाई अन्तत: वि.स. १९३३ फाल्गुण २ गतेका दिन तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाको निर्देशनमा खटिएका फौजले गोर्खाको बुङ्कोटमै खिर्राको रुखमा झुन्ड्याएर फाँसी दिईएको जीवन सैलीको वारेमा नेपाल मगर संघ शाखाका अध्यक्ष महेन्द्र थापा मगरले प्रस्टाउनु भएको थियो ।
नेपाल सरकारले वि.स.२०५६ मा शहीद घोषणा गरेको थियो भने गत २०७२ असोज ३ गते मात्रै १३९ औं वर्ष पश्चात् प्रथम शहीद घोषणा गरेको हो ।
सरकारले प्रथम शहीद घोषणा गरी सकेको लखन थापा मगरलाई आगामी दिनको कार्यक्रमलाई सबैले मिलेर मनाउनु पर्ने जोर्ड दिएकी उनले थप्दै भनिन् राष्ट्रिय विभुतिका लागि राज्यलाई विशेष दवाव कार्यक्रमहरू बैचारिक संस्थाले राख्नु पर्ने नेपाली महिला समाजकी अध्यक्ष रेखा राईले आफ्नो धारणा राखेकी थिईन ।
संघिय लिम्वूवानका अध्यक्ष नरेन्द्र एभेड लिम्बूले ऐतिहासिक भुगोल, थाक,थलोलाई पहिचानका लागि मगरात संघर्ष समिति गठन भएकोमा हार्दिक बधाई दिदै…कडा रूपमा प्रस्तुत भएका उनले राज्यले बहुजाती, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, विविधताले रहेको सुन्दर राष्ट्र नेपाललाई संघिय प्रणालीले मात्रै नेपाली भूमीपुत्र आदिवासीजनजाति, दलित, महिला, मुस्लिम, पिछडिएका वर्ग र समुदायहरूको पहिचान, न्याय र अधिकार सुनिश्चित अन्तरिम संविधानको धारा ३८ क बमोजिम हुनु पर्ने जिकिर गरेका उनले कुनै पनि राजनैतिक पार्टीको आश्थावान जनजाति नेता तथा कार्यकर्ताहरूले आफ्नो पहिचान र अधिकारका लागि वुँदागत आवाज उठाउनु पर्ने यदि उक्त माग बेवास्था गर्ने कु-चेश्ता गर्छन् भने त्यस्तो पार्टीमा रहेर काम,कर्तब्य पालना गर्नुको कुनै अौचित्य नभएकोले अविलम्म उक्त पार्टीलाई परित्याग गर्नु पर्ने धारणा राख्दै, तमुवान, ताम्सालिङ, नेवा, थारूहट लगायत अन्य जनजातिहरूले पनि गठन गर्न आग्रह गरेका छन् ।
मन्तव्यको क्रममा देव ब.राना मगर, मगरात संघर्ष समितिका टोप सारू मगर, किराँत याक्थुम चुम्लुङ मातृ संस्थाका मन कुमार लिम्बू, तराई मधेस लोकतान्त्रिक अध्यक्ष हुसेन खान जनप्रगतिशिल मोर्चा शनि कुमार वलीले क्षेत्रिय समाजका पाल्पाली सेवा समाजका प्रतिनिधि भुपराज दुवाडी, लगायत वक्ताहरुले थापामगरको योगदानलाई राज्यले अबमुल्यन गर्न नहुने बताउँदै आ-आफ्नो धारणा राखेका थिए ।
नेपालको हकमा संघियत प्रणालीबाट जनतालाई लाभान्वित नगर्ने जनाउँदै नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले आरोप लगाए
महासंघका उप-अध्यक्ष लिलम चिदि मगरको स्वागत तथा महासचिव पुरषोतम सुनुवारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल मगर संघ, शाखाले उठाएका विभिन्न मागहरु..
१) प्रथम सहिद क्या. लखन थापामगरलाई राष्ट्रिय विभूति अविलम्ब घोषणा पर्ने ।
२) प्रथम सहिद क्या. लखन थापामगरले सहादत प्राप्त हरेक २ फागुनलाई अनिवार्य सार्वजनिक बिदा दिनु पर्ने ।
३) प्रथम सहिद क्या. लखन थापामगरको परिवारलाई पुर्नस्थापित तथा क्षति पूर्ति राज्य बाट ब्यवस्था हुनु पर्ने ।
४) प्रथम सहिद क्या. लखन थापा मगर बारे विविध ऐतिहासिक पुरातत्व अध्ययन अनुसन्धानका लागि नेपाल सरकारको स्वामित्वमा स्मृति प्रतिष्ठान गठन गरिनु पर्ने ।
५) प्रावि देखि उच्चमावि सम्मका पाठ्य पुस्तकमा प्रथम सहिद क्या.लखन थापा मगर सम्वन्धित बिषय वस्तु अनिवार्य समावेश हुनु पर्ने ।
६) काठमाण्डौंको सहीद गेट तथा सहिद पार्कमा प्रथम शहिद क्या. लखन थापामगरको शालिक अनिवार्य निर्माण गर्नु पर्ने ।
७) सहादत प्राप्त गरेको स्थान (गोरखा जिल्लाको बुङ्कोट काहुले भंगार) स्थित स्मृति पार्क तथा संग्राहलयको निर्माण गरिनु पर्ने ।