बेल्जियममा २८५२ सोनाम ल्होछार भब्यताका साथ सम्पन्न

Read Time:4 Minute, 17 Second

केजिन राइ
लुभेन बेल्जियम ,फेब्रुअरी १७ । तामांग समाज बेल्जियमको आयोजनामा यसै हप्ता लूभेन स्थित ओन्स हाउसमा ल्होछार साझ भब्यताका साथ सम्पन्न भएको छ। नेपालका ख्यातिप्राप्त कलाकार बरिष्ट लोक गायक जयनन्द लामाको बिशेष प्रस्तुति रहेको सो कार्यक्रममा कलकत्ते काईयो ……लगायत अन्य गीतले दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाएको थियो भने अर्को तिर स्थानीय कलाकारहरू नैना तामाङ,देवी तामाङ, ईना लामा ,मिङमा डिकि शेर्पा,डिना लिम्बू,लिलियम थापा,प्रतिता तामाङ,जेनिशा तामाङ ,दिपिका के सि ,दिक्ष्या गुरुङ, सोलानी गुरुङ,सम्झाना कार्कि विक्कि मल्ल ,प्रबेश गुरुङ र याना वाईबाले तामाङ सेलो बेजोड निर्त्यले दर्शकहरु मनमोहक भएको थियो साथमा कृतिका मगर र अर्जुन शाहीको सुमधुर स्वरले थप आकर्षण बनाएको थियो ।

२८५२ सोनाम ल्होछार बादर बर्षकोऔपचारिक कार्यक्रम समाजका अध्यक्ष राम लामाको सभापतित्वमा प्रमुख अथिति नेपाली राजदुताबास ब्रसेल्सका कार्यबाहक राजदुत घनश्याम भण्डारीले मैनबत्ति बालेर उदघाटन गरेका थिए । कार्यक्रममा बिषेश अथिति नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार जय नन्द लामाले तामाङहरुको कला र सस्कृतिबारे प्रष्टाएका थिए भने एनआरएनए केन्द्रिय सचिव अर्जुन श्रेष्ठ,आदिवासी जनजाति महासंघ बेल्जियमका उपाध्यक्ष मुना राई,एन आर एन बेल्जियमका अध्यक्ष गङगा गौतमले शुभकामना मन्तब्य दिएका थिए भने स्वागत मन्तब्य समाजका सल्लाहकार जित लामा र सन्चालन महासचिव जोगमान तामाङले र सास्कँृतिक कार्यक्रमको सन्चालन सल्लाहाकार चन्द्र ब्लोनले गरेका थिए । समाजको निमन्त्रणा स्विकार्दै गैर अबासिय नेपाली सघका केन्द्रीय युरोप सह संयोजक प्रेम गुरुङ ,आईसीसी सदस्य जानकी गुरुङ विभिन्न जातिय सङगठन शेर्पा किदुङका अध्यक्ष सोनाम शेर्पा , तमु समाजका अध्यक्ष जिबन गुरुङ .नेपाल पत्रकार माहासघका अध्यक्ष केजिन राई, ब्यबसायी संघका अध्यक्ष सि पि भट्ट ,सिक्लेश पार्चे कल्याण कोषका अध्यक्ष चोक राज गुरुङ ,लगायत बेल्जियमबासी नेपालीहरुको उत्साहजनक उपस्थितका साथ भब्य र सभ्यरुपले कार्यक्रम सम्पन भयो। पत्रकारमित्रहरु र स्थानिय कलाकारहरू,ऐना वेल्जियम र सहभागि सम्पुर्णलाई तामाङ समाज बेल्जियमले हार्दिक आभार ब्यक्त गरेका छ । बिहान ५.००बजे सम्म चलेकेा डिजे संगीतको संयोजन लुभेन नेपाल पत्रिकाका सम्पादक द्दय नबराज थापा र डोल्मा साटवेले गरेका थिए ।

यूरोप टुरमा रहेका बरिष्ठ गायक तथा संगीतका प्राध्यापक जयनन्द लामाले पोर्चुगल, फ़्रान्समा समेत सांगितिक साँझमा प्रस्तुत हुनेंछन । गायक तथा प्राध्यापक लामाले नया पुस्ताका बेल्जियमबासी नेपालीलाई लोक संगीत बारे प्रबचन र प्रशिक्षण दुई हप्ता सम्म दिनेछन्।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %