साउदीमा ३४ औं मगर दिवस मनाइने

Read Time:3 Minute, 11 Second

नेपाल मगर संघ, साउदी अरबको आयोजनामा आगामी २६ फेब्रुअरीका दिन साउदीको दमाम शहरको खयाम पार्टी प्यालेसमा “३४ औं मगर दिवस” आयोजना हुने भएको छ। साउदी अरबको पूर्वी प्रान्त दमाम, खोबर र जुबेलमा कार्यरत नेपालीहरूलाई समेट्ने गरि त्यस क्षेत्रको केन्द्रबिन्दु पारेर दमाममा कार्यक्रमको आयोजना गरिने भएको हो ।

३४ औं मगर दिवस समारोहमा नेपालबाट चर्चित लोक दोहोरी गायिका निता पुन मगरलाई निम्त्याइएको छ । गायिका निता पुनमगर र साउदी मै रोजगारीको शिलशिलामा रहनु हुने प्रतिभाशाली लोक तथा आधुनिक गायक तिलक गुरुङको बेजोड प्रस्तुति रहने आयोजक समितिले बताएका छन् । साथमा स्थानीय कलाकारहरूको पनि केहि प्रस्तुति समावेश गरिने छ ।

नेपाल मगर संघ, साउदी अरबद्वारा आयोजित ३४ औं मगर दिवसलाई जेट एअरवेज, आइएमई र अल जजिरा बैंक (एकसाथ), अरब नेशनल बैंक र सिटी एक्सप्रेस (एक साथ) साथै पूर्व एनआरएन आइसीसी सदस्य तथा समाजसेवी श्री राजु सैयदले प्रायोजन गर्ने भएको छ । थप केहि व्यवासायिक कम्पनीहरूले पनि कार्यक्रमको प्रायोजन गर्न सक्ने सम्भावना रहेको छ ।

साउदीमा रहेका मगर तथा गैरमगरहरूलाई ३४ औं मगर दिवस अथवा मगर एकता दिवसको बारेमा जानकारी गराउँने, मगरहरू एकता हुनु परेको कारण र मगरहरूको भाषा, संस्कृति र धर्मलाई संरक्षण, विकास र संवर्द्धन गर्न कै खातिर पहिचान सहितको मगरात प्रदेशको प्रत्याभूत हुनुपर्ने र त्यसले मात्रै नेपालमा स्थायी शान्ति, समृद्धि र सुशासन हुने जस्ता राष्ट्रिय स्वाधिनताका कुराहरू आम प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई अवगत गराउँने कार्यक्रमको मूल उद्देश्य रहेको छ । कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरूलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

३४ औं मगर दिवसलाई नेपाली दूताबासको अनुरोधमा साउदी सुरक्षा विभागको प्रत्यक्ष सहयोग हुने भएकोले कार्यक्रम स्थलमा अनैतिक गतिविधिहरू नगर्न र नगराउँन आयोजक समितिले अनुरोधका साथ जानकारी गराइएको छ । विगतमा पनि नेपाल मगर संघ, साउदीले यस्तै खालका कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

रूद्र सारू मगर, नेपाल मगर संघ साउदीका अध्यक्ष हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %