मधेशी र आदिबासी जनजातिको अनुहार फरक, पीडा र मुद्दा एउटै : यादब

Read Time:6 Minute, 21 Second

भिम बरही मगर, १४ फेव्रवरी, हंगकंग, नेपाली आदिवासी जनजाति महासंघ हंगकंगको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा १३९ औ लखन स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री साथै संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादबले प्रमुख अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । प्रथम शहिद लखन थापा मगरको तस्वीरमा माल्याण गरी लखन थापा मगरले ज्यानको अहुती दिन तयार भएको हुनाले त्यस पछिका अरूलार्इ राणा शासनको बिरूद्वमा आवाज उठाउन सहज भर्इ सहस बढेको बताए । आदिवासी जनजाति र मधेशी समुदायको अनुहार फरक भए पनि पीडा र मुद्दा एउटै भएकोले मधेशमा भएको आन्दोलनलार्इ आदिवासी जनजातिले पनि साथ दिएको बताए । मधेश आन्दोलनमा राजाको शासन कालमा भन्दा पनि बढी दमन भएकोले ६० जनाले शाहदात प्राप्त गरी शहिद भएको बताए । हाम्रो शान्तिपुर्ण आन्दोलनमा मृत्यु हुनेको संख्या बढ्दै जादा सरकारले बार्ताबाट माग सम्बोधन नगरेको हुनाले र हामीले आन्दोलन गर्ने सवै ठाउँमा कर्फु लगाएको हुनाले बाध्य भएर दश गजामा गर्इ आन्दोलन गर्नु परेको बताए । आजसम्म आदिवासी जनजाति र मधेशीले नेपालको एउटा सिन्को पनि नबेचेको र राष्ट्रघाती सम्झैता पनि नगरेको भन्दै नेपालको नदी नाला कसले बेचेको हो र राष्ट्रघाती सम्झैता कसले गरेको हो तपार्इ हामीलार्इ एना जस्तै छर्लङ भएको कुरा हो भने । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा फोरमका केन्द्रिय सदस्य महेन्द्र थापा मगरले बिशेष अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । नेपाल सरकारले लखन थापा मगरलार्इ प्रथम शहिद घोषणा गरेता पनि कार्यान्यन नभएकोले नेपाल मगर संघले सवै जिल्लाका प्रशासन र प्रधानमन्त्रीको कार्यालयमा पनि कार्यान्वयन गर्नको लागि ज्ञानपन पत्र बझाएको बताए । नेपाल आदीवासी पत्रकार महासंघका अध्यक्ष तथा एबीसी टेलिभिजनका डेष्क सम्पादक दण्ड गुरूङले विशेष अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । हाम्रो मान्छेहरू मिडिया हाउसको माथिल्लो तहमा भए पनि आदिवासी जनजातिको बारेमा लेख्न र कार्यक्रम सञ्चालन गर्न नचाहनु र नसक्नाले हाम्रो कुरा बाहिर आउन नसकेको बताए । तर एबिसी टेलिभिजनले कुनै दिन मधेशका ३ जनासम्म नेतालार्इ ३ वटा कार्यक्रममा बोलार्इ मधेशको अवाज के हो भनी जनमानसमा पुर्रयाएको बताए ।

हंगकंगका संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि अतिथ्य ग्रहण गरेका थिए । मैसम रार्इको सञ्चालनमा पूर्व अध्यक्ष तथा सल्लाहकार भुपेन्द्र चेम्जोङले स्वागत मन्तब्य दिएका थिए । मगर संघ हंगकंगका पूर्व महासचिव तथा सल्लाहकार भिम बहादुर थापा मगरले प्रथम शहिद लखन थापा मगरको बारेमा जानकारी गराएका थिए । अध्यक्ष एम बि थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष थापाले बिभिन्न रूपमा सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरूलार्इ धन्यवाद दिएका थिए ।

कार्यक्रम स्थलमा जब फोरम अध्यक्ष आर्इपुगेका थिए कार्यक्रम शुरू भएको थिएन । कांग्रेस र एमाले समर्थक ब्यक्तिहरूले प्ले कार्ड सहित आर्इ ढोका बाहिर नारा लगाएका थिए । यसमा नेपाली काग्रेसका कारीन्ता तर एन अर एन हंगकंगका पूर्व तथा बर्तमान पदाधिकारीहरू समेत नारा लगाउनमा सामेल भएका थिए । एक छिन नारा लगाउन साथ त्यहा दुबै पक्षले आरोप लगाउदै दोहोरो नारा शुरू भएको थियो । कार्यक्रम स्थलमा प्रबेश गर्न खोज्दा भित्र जान रोकियो उनीहरू फर्केका थिए । त्सपछि प्रथम शहिद लखन थापाको स्मृति दिवस शुरू भएको थियो । एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधब नेपाल र भीम रावल हंगकंग आउदा आदिवासी युवाहरूले कालो भण्डा देखाएर पहिचान बिरोधि भनी नारा बाजी गर्दै विरोध गरेका थिए । त्यस्तै नेपाली कांग्रेसका नेता राम शरण महत हंगकंग आउदा युवाहरूले नै विरोध गरेका थिए । त्यसको जबाफी कार्बाही स्वरूप उपेन्द्र यादकको विरोध गरीएको भन्ने पनि गरीएको छ । विरोध गर्नेहरूले यादबलार्इ प्रमुख अतिथि बनाएर प्रथम शहिदको अपमान भएको बताइ रहदा अर्को पक्षले भने अदिवासी जनजातिको कार्यक्रम त्यसमा पनि प्रथम शहिद पनि आदिवासी जनजाति नै भएको समयमा आदिवासी जनजातिले नै विरोध गरेर प्रथम शहिदको मात्रै नभर्इ आफैले आफ्नो अपमान गरेको बताइरकेका छन । यसले गर्दा गैर आदिवासी जनजातिको अगाडि आदिवासी जनजातिहरू हासोको पात्र भएको बताइएको छ ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %