बहराईनमा तामाङ समाजको सोनाम ल्होछार भब्य संपन्न

Read Time:1 Minute, 53 Second

कृष्ण सारू मगर,

मनामा-बहराईन,

तामाङ सेवा समाजद्वारा बहराइनमा २८५२ टे सोनाम लोह्छार सान्स्कृतिक साझ भव्य सम्पन्न भएको छ ।राजधानी मानमा स्थित डेलमन ईन्टरनेश्नल होटलमा समाजका अध्यक्ष श्रवण मिक्चनको सभापतित्व सम्पन्न कार्यक्रममा गम बहादुर गुरुङ प्रमुख अतिथी रहेका थिए ।

तामाङ समुदायहरूको परम्परागत बौद्ध धर्म, संस्कार, संस्कृतिको मूल्य र मान्यता राख्दै समाजका संरक्षक समेत रहेका सोनाम वाङ्दी लामा र ज्यामेङ लामा रेम्बोर्सेले संयुक्त रूपमा विश्व शान्तिका दुत बुद्धको तस्विरमा विधिवत पुजा कार्यक्रम गर्दै पहिलो चरणको अौपचारिक कार्यक्रमको सुरुवात गरेका थिए ।

नेपाल देखि आमन्त्रित वरिष्ट सेलो पप गायक रोज मोक्तान तथा उदयमान गायिका सरिता पाख्रिनका साथै समाजका साँस्कृतिक सचिव कविन तामाङको नेतृत्वमा तैयार स्थानिय कलाकारहरुको विभिन्न धमाकेदार प्रस्तुति रहेको थियो ।

अनिल योन्जनले कार्यक्रम संन्चालन गरेका थिए भने स्वागत मन्तव्य मिलन बलले राखेका थिए , अौपचारि कार्यक्रम २८५२ औ टे सोनाम ल्होछारलाई संयोजक मुख्य भुमिका महासचिव सोनाम दोङले निर्वाह गरेका थिए ।
अमरजङ गुरुङको सहयोगमा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %