नारी दिवसमा च्यारेटी कार्यक्रम गरिने

Read Time:3 Minute, 30 Second

एन आर एन युके महिला फोरमले अन्त्रास्ट्रिय नारी दिवस नेपालका द्वोन्द पीडित बालबालिका सह्योगार्थ च्यारेटी कार्य्क्रमको आयोजना गरी मनाउने भएको छ । मार्च ५ ,२०१६ मा अल्डोर्शोट शहरमा आयोजना गरिने उक्त कार्यक्रममा सहभागी भई कार्यक्रम्लाई सहयोग गरिदिन अनुरोध सहितको पत्र प्रसारित गरिएको छ ।

मितिः फेब्रुअरी १५, २०१६
श्री अध्यक्षज्यू लगायत सम्पूर्ण कार्यसमिति परिवार तथा सम्पूर्ण पत्रकार मित्रहरू,
बिषयः महिला दिबस (मार्च ५) मा सहयोग बारे !

महोदय,

एन आर एन यूके महिला फोरमको स्थापना भए देखिनै अन्तराष्ट्रिय नारी दिबसलाई बार्षिकरुपमा मनाउने क्रममा बिभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गर्ने गरिएको यो चौथो साल हो । खास गरी महिला दिबस केबल दिबसको लागी भन्दा पनि उधेश्यमुलकरुपमा सिमांकृत महिला तथा बालबालिकाको सहयोगार्थ मनाउंदै आएको छ । यस पटक बर्ष २०१६ को अन्तराष्ट्रिय नारी दिबस “हिमाल पहाड तराईको एउटै नारा – संबृद्ध समाज निर्माणमा महिलाको अभिभारा” भन्ने मुल नाराको साथ अल्डसर्टको किंग्स सेन्टर मा यहि March 05, 2016 सनिबार भब्य च्यारिटी कार्यक्रमको आयोजना गरि मनाईदै छ । हामिलाई हौषला प्रदान गर्न एन आर एन अन्तराष्ट्रिय महिला संयोजक श्री सपिला राजभण्डारी तथा सह-संयोजक श्री रजनी प्रधान आउने निधो गरि सक्नु भएको छ भने अन्य बिषिष्ट अतिथीहरुलाई समेत आमन्त्रण गरिएको छ । कार्यक्रम सरल र मितब्ययी बनाउंदै सकलित रकम सिराहा हरिवनका द्न्द कालमा आमा-बाबु गुमाएका ति असहाय बाललिकाको लालन-पालनमा सहयोग गर्ने उधेश्य रहेको छ । कार्यक्रमको आमन्त्रण तथा सौजन्य सहयोगको लागी हाम्रो टिम द्रुत गतिमा लागि रहेका छौ भने टिकट बितरणलाई समेत प्रथमिकतामा राखी खट्दै छौ । टिकटको लागी महिला संयोजक श्री सुशिला राई 07853300405, सह-संयोजक म ईशा गुरुङ् 07503728721 तथा अर्का सह-सयोजक प्रतिमा केसी 07853535554 लाई सम्पर्क गर्नु हुन सादर अनुरोध गर्दछौ । आशा छ यहां र यहांको निजकको परिवारबाट अधिकतम सहभागि गराई कार्यक्रम सफल पार्न सहयोग हुनेछ भन्ने बिश्वास लिएका छौ ! सबै मिडियाका मित्रहरूलाई सो दिनमा कार्यक्रममा सरिक भै, अहिलेबाटै प्रचार-प्रयासमा सहयोग गरिदिनु हुन समेत बिषेश अनुरोध गर्दछौ !

सहयोग एवं समझदारीको लागि हार्दिक धन्यबाद !

हार्दीक धन्यबाद सहित,
शुसिला राई                         ईशा गुरुङ्

महिला संयोजक                    सह-संयोजक

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %