मुककाजी (काजी) गुरुङ
हङकङ ,०८ फेब्रुवरी २०१६ का दिन तमु समाज हङकङ महिला बिभागले याउ मा तेईस्थित हिन्सको सभा हलमा हङकङमै पहिलो पटक तमु नारीहरुको महान पर्व (“माङी औंसी) मनाएका छन।
तमु समाज हङकङ महिला बिभागकी नव निर्वाचित अध्यक्ष श्रीमती पुष्प गुरुङ्को अध्यक्षतामा ज्येष्ठ नागरिक श्रीमती श्री कुमारी गुरुङ्लाई प्रमुख आतिथ्य प्रदान गरिएको थियो भने तमु समाज हङकङका अध्यक्ष कोमल स्याङ्जाली कान्छा गुरुङ, नमो बुद्ध धर्म सेन्टरका श्रीमती रेनुका गुरुङ, यसैगरी नमो बुद्ध धर्म सेन्टरकै प्रमुख धर्म गुरु गोपाल गुरुङ र देवीदास गुरुङ, तमु राष्ट्रिय मुक्ती मोर्चका अध्यक्ष दुर्गा (मिलन) गुरुङ, पर्वत मञ्च हङकङ्का अध्यक्ष श्याम गुरुङ, हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टर युनलोंगका प्रतिनिधि, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिङ राई, नेपाली जनसंपर्क समिती हङकङका अध्यक्ष बसन्त श्रीनेट, यसैगरी जनसम्पर्ककै महामन्त्री मिन गुरुङ, सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ, तमु समाज हङकङका प्रमुख सल्लाहकार किरण गुरुङ, नरेन्द्र गुरुङ, सल्लाहकार भानबिर गुरुङ, सल्लाहकार सविता घले र टिम्बुरवोटे काण्डका नायक तथा जीऊँदो शहिद प्रजातन्त्रका सेनानी एल बी गुरुङ बिशेष अतिथिको रुपमा मञ्चमा आसिन थिए। यसै गरी समाजका अन्य प्रमुख सल्लाहकार लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष तथा समाजका बिभिन्न ओहोदामा रहेका ब्यक्तित्वहरुलाई पनि अतिथिको रुपमा आसिन गराएका थिए।अतिथीकै रुपमा तमु समाज हङकङका मिडिया प्रवक्ता र मिडिया पार्ट्नर मुककाजी गुरुङ र अमृत गुरुङ पनि अतिथिको रुपमा आसिन थिए। तमु समाज महिला बिभागकी उपाध्यक्ष श्रीमती कृष्ण कुमारी गुरुङद्वारा स्वागत मन्तब्य गरिएको कार्यक्रमलाई सचिव श्रीमती अनिता गुरुङले सञ्चालन गरेकी थिईन। प्रमुख अतिथी श्रीमती श्री कुमारी गुरुङ्ले पानसमा दीप प्रज्ज्वलन गरी सात कन्याहरुद्वारा फूल छर्काउंदै कार्यक्रमको उद्ध्घाटन गरिएको थियो भने तमु समाज हङकङका प्रमुख सल्लाहकार किरण गुरुङ्ले माङी औंसीको बारेमा उपस्थितजनलाई जानकारी गराएका थिए। कार्यक्रममा अन्य अतिथी महानुभावहरुले पनि आ-आफ्नो भनाई राख्दै कार्यक्रम सफलताको कामना ब्यक्त गरे भने तमु समाज हङकङ तथा महिला बिभागले हङकङमा रहेका सम्पूर्ण तमुहरुलाई एकीक्रित गर्दै अगाडि बढ्नु पर्नेमा शुभकामना ब्यक्त गरे।
प्रमुख सल्लाहकार किरण गुरुङ्को वक्तब्य लगत्तै तमु समाज हङकङलाई बिभिन्न क्षेत्रमा सहयोग गर्ने ब्यक्तित्वहरुलाई महिला बिभागकी अध्यक्ष, प्रमुख अतिथी लगायत तमु समाज हङकङका अध्यक्षद्वारा खादा लगाई प्रशंसा पत्रद्वारा सम्मान गरे। सम्मानकै क्रममा हङकङमा पहिलो पटक हङकङ पुलिसमा छनोट हुन सफल पहिलो नेपाली निरज गुरुङलाई पनि सम्मान गरेका थिए।
कार्यक्रमको अन्तमा, तमु समाज महिला बिभागकी अध्यक्ष श्रीमती पुष्प गुरुङ्ले तमु समाज महिला बिभागद्वारा आयोजित माङी औंसी पर्वलाई भब्य तथा सभ्यका साथ सफल पार्न उपस्थित सम्पूर्ण अतिथी महानुभाव, तमु समाज हङकङका दाजुभाई तथा दिदीबहिनी लगायत अन्य उपस्थितजनहरुलाई बिशेष धन्यवाद ब्यक्त गरिन भने भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै जाने बताईन।
यसैगरी कार्यक्रममा सात कन्याहरुद्वारा एकल तथा सामूहिक नृत्यहरु प्रस्तुत गरिएको थियो भने स्थानीय कलाकार तमु समाज हङकङका प्रमुख सल्लाहकार तथा लोकगायक किरण गुरुङ, लोकगायिकाद्व्य रुरु गुरुङ र अनिता खड्काले दोहोरी गीत गाएर कार्यक्रमको रौनक बढाएका थिए। यसैगरी दोहोरीलाई वाध्यबाधनमा तमु समाजका सदस्यहरु सोम गुरुङ, थम गुरुङ र रमेश गुरुङ्ले साथ दिएका थिए।
(गुरुङ तमु समाज हङकङका मिडिया प्रवक्ता हुन)
