नेपालको पहिलो विद्रोहका नायक लखन थापा मगर

Read Time:14 Minute, 40 Second
उमेश बहादुर राना मगर

  लखन थापा नेपालका आदरणीय सहिदमध्ये एक हुन्, जो जंगबहादुर राणाको अत्याचारी, सर्वसत्तावादी शासनविरुद्ध जनस्तरबाट संगठित विद्रोह गरेकै कारण बुंकोट (गोरखा) मा १९३३ फागुन २ गते फाँसीमा झन्ड्याइए । त्यो चेतनामय विद्रोहले राजनीतिक र सामाजिक क्षेत्रमा पु¥याएकोे योगदान अतुलनीय छ ।

नेपालको इतिहासमा कुनै बेला लखन थापा नामक एक यस्ता व्यक्ति पनि थिए, जसले राजा राम शाहको समयमा प्रमुख भारदारको भूमिका निभाए । उनी सिद्ध र मनकामनाका संस्थापक पुजारी पनि मानिन्छन् । अर्का व्यक्ति सहिद लखन थापा हुन्, जसले नागरिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाएकै कारण सहादत हुनुप¥यो । लखन थापा शिक्षित, चेतनशील मात्र नभएर साहसी र दूरदर्शी पनि थिए । राणाकालमा देशको बिगँ्रदो राजनीतिक, सामाजिक अवस्थाप्रति उनको विहंगम दृष्टि प¥यो र यो दुरावस्थाप्रति उनी चुप रहन सकेनन् । देशको बेथितीलाई सुधार्नु आफ्नो कर्तव्य सम्झे । अधिनायकवादी जंगबहादुरको जल्दोबल्दो शासन सत्तालाई समाप्त पारेर देशमा स्वतन्त्रता ल्याउन केही अनुयायीका साथ जनविद्रोहको घोषणा गरे लखनले । उनी जंगबहादुरलाई शक्तिहीन बनाई आमनेपालीले स्वतन्त्रतापूर्वक बाँच्न पाउने सत्य युगको जस्तो उदार र भेदभावरहित व्यवस्था (प्रजातन्त्र) ल्याउन चाहन्थे । सैनिक भएकै कारण उनमा त्याग र बलिदानको भावना जागृत भयो । देश र देशवासीको मुक्तिका लागि उनले जनक्रान्तिको बिगुल फुके । आफ्नो जीवनकालमा उनले यस्ता कैयौं कार्य गरे, जो आजपर्यन्त उदाहरणीय रहेका छन् ।

(१) १९१० सालको मुलुकी ऐनमार्फत जंगबहादुर राणाले समाजलाई तागाधारी, मतवाली, पानी चल्ने, पानी नचल्ने समूहहरूमा वर्गीकृत गरे । जातजातिअनुसार बेग्लाबेग्लै दण्डसजाय तोके । ब्राह्मण जातिलाई जस्तै अपराध गरे पनि मृत्युदण्डबाट पृथक् राखे । नङमासु जस्तो मिलेर बसेको तत्कालीन समाजमा जातिपाती, छुवाछुत फैलियो । यी विभेदबाट असन्तुष्ट भई लखन थापाले धर्मभीरु नेपालीहरूको धार्मिक, सामाजिक रूपान्तरणका लागि जोसमनी मत (सन्त परम्परा) लाई अघि सारे । कुनै बखत नेपालका राजाप्रजा दुवैले अँगालेको यो परम्परामा अनौठो दैवी शक्ति लुकेको थियो, जसले सबैलाई मोहित बनायो । उनले नेपालीहरूको जातीय एकता र सद्भावलाई अक्षुण्ण राख्न सजिलै मानिसहरूलाई आकर्षित गरे । राजाप्रजा सबैलाई हेर्ने समान दृष्टिकोण रहने भएकाले यो मतमा उँचनिचको भेदभाव गरिँदैन । धर्मको आडमा सबैलाई गोलबद्ध गर्दै उनले जागरुक बनाए । भेलामा एकत्रित जनसमुदायलाई मानवता र धर्मरक्षाको खातिर आह्वान गरेका थिए उनले ।

(२) लखन थापाले आफूलाई ‘म सिद्ध लखन थापाको अवतार हुँ’ र ‘जंगबहादुरको शासन अन्त्य गर्न मनकामना देवीले मलाई वरदान दिएकी छन्’ भन्ने कुराको प्रचार गरे र जंगबहादुरको अत्याचारी शासनले विक्षिप्त जनमानसमा यसको प्रभाव प¥यो । त्यसबेलाका अशिक्षित र धर्मभीरु नेपाली समाजलाई आÏनो अभियानमा सरिक गराउन ‘सिद्ध लखन थापा’ र ‘मनकामना’ को प्रसिद्धिलाई उनले उपयोग गरे । दैवी शक्ति र अवतारवादमा विश्वास गर्ने तत्कालीन समाजमा यस्तो प्रचार प्रभावकारी बन्यो ।

(३) अंग्रेजको हिमायती बन्दै उनीहरूकै दलाली गर्ने जंगबहादुरकोे घोर विरोध गर्दै विदेशी शक्तिविरुद्ध खरो उत्रन उनले सबैलाई पे्ररित गरे । राणा शासनविरुद्ध जनस्तरबाट लड्न ठुलो संख्यामा स्थानीय युवा र पूर्व सैनिकहरूलाई एकत्रित गरेर उनले विद्रोहीहरूको लडाकु दस्ता बनाएको, स्थानीय जनताहरूको सहयोगमा विद्रोही किल्ला निर्माण गरेको, सैनिकहरूलाई आवास, रसदपानीको व्यवस्थाका साथै खेल मैदान, परेड मैदान, हातहतियार र युद्धसम्बन्धी तालिमको प्रबन्ध गरेका थिए ।

(४) जंगबहादुरको निरंकुश शासन सत्तालाई ठाडो चुनौती दिँदै विद्रोहीहरूले समानान्तर सरकार गठन गरे । सहयोद्धाहरूको आग्रहमा उनी मुख्तियार बने भने विद्रोहीमध्ये कसैलाई सरकारको, कसैलाई सेनाको जिम्मेवारी सुम्पिएका थिए । त्यसबेला विद्रोहीहरूले सशस्त्र संघर्षका लागि घरघरमा खँुडा, तरबार, ढाल, भालाजस्ता घरेलु हातहतियार बाँडेको, ठुलो मात्रामा युद्ध खर्च, अन्नपात संकलन गरेको वृत्तान्त गाउँघरमा सुन्न सकिन्छ ।

(५) लखन थापाका सहयोगीहरूले गोरखाको गाउँघर डुलेर अंग्रेजको दलाली गर्ने जंगबहादुरविरुद्ध उनकै काला कर्तुतहरूको भण्डाफोर गर्दै हिँडे र आमजनतालाई भेला गराई विरोाधसभा गर्दै जागरुक र चेतनशील बनाए । सत्य युगको जस्तो सुनौलो शासन व्यवस्था ल्याउन उनले समाजमा पर्याप्त राजनीतिक चेतना प्रवाह गरेको देखिन्छ । विद्रोहको जनलहर गोरखाभर फैलिँदै गयो र उनीहरूले जनसमर्थन, जनसहभागिता पनि जुटाउँदै गए ।

राणाकालका कतिपय हत्या, षड्यन्त्र र संघर्षमा थुप्रै देशभक्त मारिएका थिए । उनीहरूको वीरता र साहस उल्लेखनीय रहे पनि ती विद्रोह राष्ट्र, राष्ट्रियता र जनअधिकारको बहालीसँग जोडिएका छैनन् । ती घटना योजनाबद्ध र संगठित रूपले आएका थिएनन् । राणाकालमा सत्ता, सम्पत्ति र प्रतिशोधजस्ता व्यक्तिगत महŒवाकांक्षाले घटनाहरू भएका थिए । विद्रोही लखन थापाले जंगबहादुरको अन्याय र अत्याचारविरुद्ध कहिले सर्वसाधारण, कहिले साधुसन्त, कहिले क्रान्तिकारी भएर बहुआयामिक भूमिका निर्वाह गरे । ठुलो संख्यामा गोरखाका बासिन्दालाई एकत्रित गर्दै आÏनो अभियानमा सामेल गराए । उनको अभियानमा स्थानीय युवा, पूर्वसैनिकहरू उत्साहका साथ जुटेका थिए । जंगबहादुरको अधिनायकवादी सत्ता समाप्त पार्ने उद्देश्य रहेकाले विद्रोह पूर्णतः राजनीतिक थियो, जो योजनाबद्ध, संगठित र सशक्त ढंगले बढ्यो ।

विद्रोहको सुइँको जंगबहादुरले पाइहाले । त्यसलाई दमन गर्न देवीदत्त गण बुंकोट पुग्यो, विद्रोहीहरूसँग भिडन्त भयो । भनिन्छ, त्यो विद्रोह दबाउन सेनापति धीरशमशेरलाई पनि हम्मेहम्मे परेको थियो । आखिर विद्रोहीहरू पक्राउ परे, राजधानीमा मुद्दा चलाइयो, मृत्युदण्डको फैसला भयो तर शासकसामु उनीहरू झुकेनन् । देशभक्तहरू कहिल्यै झुक्दैनन् पनि, कि मुक्त हुन्छन् कि सहिद । लखन थापालाई राणा शासनविरुद्ध ठुलो जनलहर पैदा गरेका कारण राजद्रोहको अभियोग लगाइयो । उनी देशका शत्रु थिएनन्, तापनि १९३३ सालमा बुंकोटको विद्रोही किल्ला परिसरमै झुन्ड््याएर मृत्युदण्ड दिइयो । अन्य विद्रोही पनि बलिमा चढ्न पुगे । यो बलिदानले राणाविरोधी आन्दोलनलाई ऊर्जा मिल्यो । जंगबहादुरको सर्वसत्तावादको विकल्पमा स्वतन्त्रता ल्याउन चाहने लखन थापाले त्यसबेला जगाएको राजनीतिक, सामाजिक चेतना फैलिँदै गयो, त्यो पदचिह्नलाई नयाँ पुस्ताले पछ्याए । त्यो विद्रोही चेतनाले पछि सार्थक रूप लियो, सात सालको प्रजातन्त्र त्यसैको उपलब्धि थियो ।

बुंकोटको ऐतिहासिक विद्रोह प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ बिन्दु हो । यो घटनाले नेपालको राजनीतिक इतिहासमा विशिष्ट स्थान हासिल गरेको छ । जनस्तरबाट संगठित रूपले उठेको यो नेपालकै पहिलो विद्रोह थियो । यसअघिका विद्रोहहरू यसरी व्यवस्थित र संगठित थिएनन् । त्यसैले बुंकोट विद्रोहका नायक लखन थापा नेपालको प्रजातान्त्रिक आन्दोलनका सूत्रधार मानिन्छन् । नेपाली माटोमा नागरिक स्वतन्त्रता र जनअधिकारको आवाज सबैभन्दा पहिले उनैले उठाए, त्यसका लागि गोलबद्ध हुन पनि उनैले सिकाए । यही दूरदर्शी ज्ञान र चेतनाका धनी लखन थापा नेपालमा प्रजातान्त्रिक विचारधाराका प्रणेता मानिन्छन् । उनको चेतनामय विद्रोह नेपालको इतिहासमा अविस्मरणीय छ । उनको योगदान र बलिदान अतुलनीय रहेको छ ।

यो विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण, भारी जनसमर्थन, स्थानीय सहभागिता र सशस्त्र संघर्ष जस्ता सबल पक्षहरू छन् । बलियो जनाधार निर्माण गरेर आरम्भ गरिएको यो विद्रोह उच्च कोटिकोे विद्रोह थियो । जंगबहादुरको सत्तालाई खुलेआम चुनौती दिन सक्ने लखन थापा चानचुने वीर थिएनन् । प्राप्त तथ्यका आधारमा हेर्दा यिनी नेपाली सहिदहरूको सूचीमा सबैभन्दा अग्रणी र प्रेरणादायी पनि छन् ।

कांग्रेस नेतृत्वको सरकारले २०७२ असोज ३ मा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएकै दिन लखन थापालाई ‘प्रथम सहिद’को सम्मान दियो । केही महिनामै उनको तस्बिर अंकित हुलाक टिकट प्रचलनमा ल्याइँदै छ । राष्ट्रिय विभूतिको सम्मान दिनुपर्ने व्यक्तित्वलाई केवल ‘प्रथम सहिद’ले विभूषित गरिएको छ, यो कन्जुस्याइँ हटाएर वर्तमान सरकारले जस लिने ठाउँ पनि छ, यो एमाले सरकारको इच्छाशक्तिमा निर्भर गर्दछ । नेकपा एमालेले बल्खु कार्यालयमा सहिद लखन थापाको तस्बिर सजाएझैं नेपाली कांग्रेस र एनेकपा माओवादीले पनि आÏनो कार्यालयमा यस्तो कार्य गर्दा राम्रो हुन्थ्यो कि ? सहिद लखन थापा सम्पूर्ण नेपालीको आत्मसम्मान बढाउने राष्ट्रका धरोहर, महान गौरव र साझा सम्पत्ति हुन् । त्यसैले सहिद गेटमा उनको सालिक राख्न अग्रसरताको खाँचो छ । यसो गरिएमा सहिद गेट र सहिद दिवस दुवैले पूर्णता पाउनेछन्, सहिदको आत्मालाई शान्ति मिल्नेछ ।

सोही घटनाक्रममा मारिएका जयसिंह चुमी, सुकदेव गुरुङ, सुपति गुरुङलाई सहिदहरूको पंक्तिमा राख्ने र उनीहरूका सन्ततिलाई राहत दिने कार्यहरू पनि अधुरै छन् । यसो नगर्दासम्म नेपाल आमाका वीर सपुत लखन थापा र बुंकोटको ऐतिहासिक जनविद्रोहप्रति न्याय गरेको ठहरिँदैन । तर दुर्भाग्य, नेपालमा हालसम्म पनि सहिद दिवस औपचारिकतामै सीमित छ । देशमा धेरै राजनीतिक परिवर्तन भए तर सहिदहरूले कल्पना गरेको आदर्श समाज बन्न सकेको छैन । समाजमा सुख, शान्ति र समृद्धि खोज्ने हो भने सहिदले देखाएको बाटोमा हामीले हिँड्नैपर्छ । जंगबहादुर जस्ता क्रूर शासकविरुद्ध उनकै हुकुमतलाई ठाडो चुनौती दिन सक्ने वीर सपुत लखन थापाको १३९औं स्मृति दिवसको अवसरमा समस्त प्रजातन्त्रवादी, लोकतन्त्रवादी र गणतन्त्रवादी देशभक्त सहिदहरूप्रति हार्दिक श्रद्धासुमन
(लेखक: प्रथम शहिद लखन थापा मगर प्रतिष्ठानका उपाअध्यक्ष हुन,राजधानी बाट साभार)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %