अति बिकट गाउँहरुमा पुगी राहत वितरण
आशिर्वाद पुन मगर / द मगर्स कृयसन,
२०७२ साल बैशाख १२ र २९ गतेको विनासकारी भुकम्पले नेपालका विभिन्न भूभागमा निक्कै धन जनको क्षति पुर्यायो । सबै भन्दा बढी क्षति गोरखा जिल्लामा पुर्याएको थियो ।त्यस पछी के हप्ता अगाडिको हिमपातले गोरखाका भुकम्प पिडितहरुलाई अर्को समस्या थप्यो, पिडा माथि पिडा थप्यो । मगर्स कृएसनको समुहले भुकम्प गए देखि नै भुकम्प पिडितहरुको लागि केहि राहत सहयोग गर्ने योजना गरि रहेको थियो ।
यसै बिषयमा मगर्स कृयसनको समुह जो नेपाल, युके, अमेरिका, इजरायल, अस्ट्रेलियामा छन् उनिहरुले सरसल्लाह गरि सबै देशमा रहनु हुने आफ्ना मित्रहरुलाई सहयोग जुटाउन पहल गर्यो ।
यस कार्यमा सबै भन्दा पहिले इजरायलमा आफ्नो कर्मभुमि बनाइरहनु भएकी रुम-६ म्याग्दीकि बिष्णु पुन मगरले आफ्नो हजुरबुबाको ९१औं जन्म दिवसको उपलक्षमा १ लाख ५० हजार सहयोग गर्ने र हाम्रो यस अभियानको लागि इजरायलमा अन्य साथीहरुबाट पनि थप सहयोग संकलन गर्ने कुरा गर्नु भयो ।
यसबाट मगर्स कृयसनको समुहलाई सहयोग संकलन गर्न निकै ठुलो उर्जा प्राप्त भयो । डेढ महिनाको लगातार परिश्रम पश्चात मगर्स कृयसनको समुहले यहि माघ २३ गते शनिबारको दिन गोर्खाको अति बिकट गाउँहरुमा (स्वाँरा, ताकुकोट, डाँडाथोक, सौरपानी, क्योरेपानी, ताकुमाझ, लाकुरिबोट, राना गाउँ —) जहाँ राहत पुगेको छैन त्यहा पुगी नेपाल मंगर संघ, नेपाल मंगर बिद्यार्थी संघ, दाताहरु, मिस मिस मंगोल २०१५ र गोरखाका स्थानीय बुद्दिजिबिहरुको रोहबरमा २५० परिवार भुकम्प पिडितहरुलाई रु. ७ लाख बराबरको राहत वितरण गरेको छ । राहतमा न्यानो सिरकहरु र सलहरु वितरण गरिएको छ ।
यस अभियानमा सहयोग गर्नु हुने नेपाल लगायत विभिन्न मुलुकमा बस्नु हुने मित्रहरु र संघ संस्थाहरु (निम्नानुसार) लाई द मगर्स कृयसन इनिसियटिबले हृदय देखि नै धन्यबाद टक्रयाउदछ । त्यस्तै भबिष्यमा मगर्स कृएसनले गर्ने कुनै पनि सामाजिक सहयोग अभियानमा यहाँहरु सबैको सहयोग/हातेमालो रहिरहने छ भन्ने विश्वास लिएको छ ।

१. बिष्णु पुन मगर, इजरायलबाट: रु. १,५०,०००/-
२. बिष्णु पुन मगरको पहलमा इजरायलका अन्य मित्रहरुबाट रु. १,१०,०००/-
३. मगर्स कृयसन इनिसियटिब, काठमाडौँबाट रु. १,००,०००/-
४. सकिरा ग्लोबल एजुकेसन, काठमाडौँ बाट रु. २५,०००/-
५. मन कुमारी पाइजामगर, काठमाडौँ बाट रु. २५,०००/-
६. पुष्मिता ठाडामगर, मलेसियाबाट रु. ३०,११३/-
७. मातिश्री पुनमगर, हंगकंगबाट रु. २५,०००/-
८. मगर्स कृएसनका मित्रहरु, अस्ट्रेलियाबाट रु. ७५,०००/-
९. मगर्स कृएसनका मित्रहरु, जापानबाट रु. ७५,०००/-
१०. मगर्स कृएसनका मित्रहरु, यु.के. बाट रु. ७५,०००/-
जम्मा संकलन हुन आएको सहयोग रकम रु. ६,९०,११३/- (छ लाख नब्बे हजार एकसय तेर रुपिया मात्र) । हाम्रो राहत वितरण टोलिलाई काठमाडौँ देखि गोरखाको विभिन्न बिकट गाउँहरु सम्म पुग्न सहयोग गर्नु हुने निम्न मित्रहरु तथा संस्थाहरुलाई पनि हामी हृदय देखि नै धन्यबाद टक्र्याउदछौँ .
१. ज्ञानेन्द्र पुनमगर, सचिब, नेपाल मंगर संघ, केन्द्रिय समिति, काठमाडौँ
२. बिष्णु रानामगर, अध्यक्ष, नेपाल मंगर संघ, जिल्ला समिति, गोरखा
३. बिष्णु थापामगर, कोषाध्यक्ष, नेपाल मंगर संघ, जिल्ला समिति, गोरखा
४. लिला बहादुर थापामगर, सदस्य, नेपाल मंगर बिद्यार्थी संघ, केन्द्रिय समिति, काठमाडौँ
५. सुष्मिता पुलामीमगर, कोषाध्यक्ष, नेपाल मंगर बिद्यार्थी संघ, जिल्ला समिति, गोरखा
६. सिरमाया थापामगर, सदस्य, नेपाल मंगर बिद्यार्थी संघ, जिल्ला समिति, गोरखा
7.मिलन थापामगर, सदस्य, नेपाल मंगर बिद्यार्थी संघ, जिल्ला समिति, गोरखा
8. देविका थापामगर, सदस्य, नेपाल मंगर बिद्यार्थी संघ, जिल्ला समिति, गोरखा
९. सरुपा थापामगर, मिस मङ्गोल २०१५ फस्ट रनरअप, काठमाडौँ
१०. मन कुमारी पाइजामगर, साकिरा ग्लोबल एजुकेसन, काठमाडौँ
११. आशिष जीसी, साकिरा ग्लोबल एजुकेसन, काठमाडौँ






