मगर संघ,कतारको कला तथा सांस्कृतिक बिभागको का. वा. संयोजक गायत्री पुनमगर

Read Time:3 Minute, 6 Second

कार्यभार हस्तान्तरण
बिजय कुमार मगर, दोहा कतार

मिति ५ फ्रेबुबरी २०१६ नेपाल मगर संघ, शाखा कतार (केन्द्रिय समिति) को मातहतमा रहेको कला तथा सांस्कृतिक बिभागका संयोजक रबि पुलामी मगर आफ्नो कतारको बसाईं लाई बिट मार्दै नेपाल फर्कन लाग्नु हुने भएकोले कला तथा सांस्कृतिक बिभागको संपूर्ण कार्यभार कला तथा सास्कृतिक बिभागका उपसंयोजक गायत्री पुन मगर लाई का.वा. को कार्यभार केन्द्रिय समितिको अध्यक्ष महेन्द्र थापा मगरको विशेष उपस्तिथिमा हस्तान्तरण भएको छ ।

उक्त कार्यक्रम अन्य उपस्तिथिहरुमा नेपाल मगर शाखा, कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर, सल्लाहकार सदस्यहरु जनक थापा मगर, खिम राना मगर, संस्थाका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगर, महासचिव बिजय कुमार मगर, कोषाध्यक्ष तथा नेपाल प्रबासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, सह कोषाध्यक्ष केशव घर्ती मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर, मानार्थ सदस्यहरु बबिन राई , टेक रसाईली र महिला केन्द्रिय सदस्यहरु खगी पुन मगर, लक्ष्मी घर्ती मगर, सदस्यहरु खम्ब राज थापा मगर, अभिमत पुन मगर, हिम थापा मगर, दोहा एरिया समिती का अध्यक्ष उद्धब सारु मगर सनैया ”ए” एरिया समितिका सचिव रेशम आले मगर, वक्रा एरिया समितिका सह सचिव अर्जुन थापा मगर र नेपाल मगर संघ, शाखा कतार कला तथा सांस्कृतिक बिभागको कलाकारहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यभार हस्तान्तरण कार्यक्रममा नयाँ कार्यभार ग्रहण गरेका का.वा.संयोजक गायेत्री पुन मगरलाई नेपाल मगर संघ, शाखा कतार अध्यक्षले को शुभकामना दिनुभयो भने का.वा. संयोजकले सवैजनाले साथ दिएर होस्टेमा हैंसे गरी सहयोग गर्नुहुन का लागी आग्रह गर्नुभएको थियो । अन्तमा, कार्यक्रमका सभापति गरेका संयोजक रबि पुलामी मगरले उपस्थितीहरुलाई धन्यवाद दिदै का. वा. कला तथा सांस्कृतिक विभाग का कार्यसमितिका पदाधिकारीहरु तथा केन्द्रिय समिति अनि संपूर्ण एरिया समितिका सदस्यहरुलाई यस विभागलाई अझ राम्रो संग अगाढी बढाउनका लागी हार्दिक अनुरोध गर्दै कार्यक्रम समापन गर्नु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %