कला तथा सांस्कृतिक बिभागका संयोजक रबि पुलामी मगरको बिदाइ कार्यक्रम सम्पन्न

Read Time:5 Minute, 49 Second

 बिजय कुमार मगर ,कतार ,

नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक बिभाग संयोजक रबि पुलामी मगर आफ्नो कतार को बसाई लाई बिट मार्दै नेपाल फर्कनु हुने भएकोले उहाँको बिदाइ कार्यक्रमको सभापति नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय सदस्य तथा कला तथा सांस्कृतिक बिभागका संयोजक रबि पुलामी मगर हुनुहुन्थ्यो भने कार्यक्रमको संन्चालन संस्थाका महासचिव बिजय मगरले गर्नुभएको थियो भने विदाई कार्यक्रम वक्राको फेमिली पार्कमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा बिशिस्ट अतिथि नेपाल मगर संघ, शाखा कतार प्रमुख सल्लाहकार भिम तरामु मगर हुनुहुन्थ्यो त्येसैगरी अतिथिहरुमा केन्द्रय समितिका सल्लाहकार सदस्य जनक थापा मगर, नेपाल प्रवासी बचत कोषका अध्यक्ष केशव राना मगर महिला बिभाग संयोजक इशोरा थापा मगर, दोहा एरिया समिति अध्यक्ष उद्दब सारु मगर, सनैया “ए“ एरिया समितिका सचीव रेशम आले मगर वक्रा एरिया समिति सह सचिव अर्जुन मगर मानर्थ सदस्यहरु बबिन राई , टेक रसाइली नव प्रतिभा सास्कृतिक परिवारका अध्यक्ष सत्य नारायण चौधरी, पाथेका बचत तथा सहकारी संस्थाकाका अध्यक्ष मिलन राई र नेपाली कला केन्द्रका उपाध्यक्ष प्रबिन राई (जेरि) हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा संस्थाको तर्फ बाट नेपाल मगर संघका अध्यक्ष महेन्द्र थापा मगरले संस्थाको तर्फवाट मायाको चिनो तथा सल्लाहकार सदस्य जनक थापा मगरले कदर पत्र प्रदान गर्नु भएको थियो भने अन्य उपस्थित सदस्य कलाकारहरु ले उहाँ लाई खादा ओढाई मायाको चिनो पनि हस्तान्तरण गरी उहाँलाई सम्मान गर्नु भएको थियो ।
उक्त बिदाइ कार्यक्रममा शुभकामना मन्तब्य राख्नु हुँदै नेपाल प्रवासी बचत कोषका अध्यक्ष केशव राना मगर, नेपाली कला केन्द्रका उपाध्यक्ष प्रबिन राई (जेरि) र नेपाल मगर संघ, शाखा कतारका सल्लाहकार जनक थापा मगरले उहाँले संस्था प्रती गरेको योगदानको बारेमा उहाँहरुले प्रष्ट पार्नु हुँदै उहाँको सफल यात्रा र उज्वल भबिस्यको कामना गर्नु भयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी रबि पुलामी मगरले नेपाल मगर संघ, शाखा कतारले गरेको सम्मान तथा माया मोहलाई कहिले नबिर्सने र आफू जहाँ रहे पनि आफ्नो तर्फबाट संस्थालाई हुन सक्ने सहयोग सधै गरिरहेने प्रतिबद्धता गर्नु भयो । आफु संसारको जुनसुकै स्थानमा रहे पनि मगर र मगर जातिको हक हित र अधिकारको लागि अगाढी बढिरहने पनि जानकारी गराउनु भयो भने उपस्थित सम्पुर्ण कलाकार शुभचिन्तक र साथीभाई दिदिबहिनीहरु लाई आज सम्मको यात्रालाई सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद दिनु भयो ।
नेपाल मगर संघ, शाखा कतारका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरको संयोजकत्वमा सम्पन्न भएको “मगर माघे सकराटी — २०७२” लाई सफल पारि दिन हुन अहोरात्र खटिएका सदस्यहरु, संपूर्ण कलाकारहरु तथा कार्यक्रममा प्रायोजन गर्नु हुने सवैजनालाई समावेश गराई पारिवारीक पिकनिक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममै नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय समिति, एरिया समितिकाका पदाधिकारीहरु र कला तथा सास्कृतिक बिभागका कलाकारहरु बिच परिचयात्मक कार्यक्रम भएको थियो ।
अन्तमा, कार्यक्रमका सभापति नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले उहाँलाई जहां रहे पनि आफ्नो मगर जातिको कला संस्कृतिलाइ अगि बढाउन जहिले पनि लागि रहनु हुन आग्रह गर्नु भयो । उहाँ जस्तो एक सक्रिय सदस्यलाई बिदाइ गर्दा संस्थालाई धेरै दुःख लगेको कुरा वताउनु भयो र उहाँको नेपालको यात्रा आनन्दमय तथा सुखमय रहोस् अनि उहांको उज्वल भबिष्यको कामना गर्दै उपस्थित सम्पुर्णमा “मगर माघे सकराटी — २०७२” लाई सफल पार्नुहुने संपूर्ण संघ संस्थावाट पाल्नु हुने अतिथीहरु, कलाकारहरु, कतारवासी दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद दिदै बिदाइ कार्यक्रम को समापन गर्नु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %