कतारमा आदिवासी जनजाती महासंघ र मगर संघ कतार शाखाको संयुक्त आयोजनामा १३९अौ लखन स्मृति दिवश मनाउनेे

Read Time:2 Minute, 14 Second

कृष्ण सारू मगर
दोहा-कतार,
नेपाल सरकारद्वारा गएको ३ असोज २०७२का दिन नयाँ संविधान घोषणा संगै न्याय, अधिकारका लागि निरंकुश जहानिया राणा विरूद्ध जनविद्रोह सुरू गरेका शहीद लखन थापा मगरलाई नेपालको प्रथम शाहीद घोषणा गरेको छ।

उनलाई जातिवादी देशद्रोहीको आरोपमा तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणाले २ फाल्गुण १९३३का दिन निर्मम तरिकाले हत्या गरेको थियो । उनै प्रथम सहिद क्या. लखन थापा मगरलाई डेढ सताब्दी अर्थात एक युगको अन्तराल पश्चात ढिलै भए पनि प्रथम शहिदको दर्जालाई पगरी गुठाइएको अौपचारिक घोषणाको निर्णयलाई सरहाना गर्दै यहि आउँदो १९ फेव्रुवरी २०१६का दिन दोहा स्थित टपफर्म रेष्टुरेण्टको सभाहलमा १३९अौ स्मृति दिवश मनाउन लागिएको हो ।

विगतको वर्षहरूमा मगर संघले लखन थापा मगर स्मृति दिवश मनाई रहेता पनि यस पटक १३९अौ स्मृति दिवसलाई नेपाल प्रवासी अादिवासी जनजाति महासंघ तथा नेपाल मगर संघ शाखा कतारको संयुक्त आयोजनामा बृहत् कार्यक्रमका साथ मनाउने महासंघ सचिवालयकाे बैठको निर्णयले निर्णय गरेको छ। सहिद स्मृति दिवश कार्यक्रमलार्इ भब्य सम्पन्न बनाउन महासंघ संग आवद्ध सम्पूर्ण विशुद्ध जातिय मातृ सस्थाका पदाधिकारी, संघिय परिषद सचिवालय सदस्यहरू, साथै मातृ सस्थामा आवद्ध समस्त सदस्य सबैमा गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गरेको छ ।

मिति:- १९ फेव्रुवरी २०१६ सुक्रबार
स्थान: – टपफर्म रेष्टुरेण्टको सभाहल
समय:- बिहान ९:००दिउँसो १:०० सम्म

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %