पत्रकार महासंघ बेलायतको बरिष्ठ उपाध्यक्षमा धर्मराज अधिकारीबाट उम्मेद्वारी घोषणा

Read Time:3 Minute, 10 Second

रोशन मेवाहाङ ,
लण्डन २३ माघ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आशन्न अधिबेशनमा उपाध्यक्ष पदमा पत्रकार धर्मराज अधिकारीले उम्मेद्वारी दिने आफनो सामाजिक संन्जालमा घोषणा गरेका छन् । सन् २००९ बाट बेलायतमा पत्रकारिता गर्दै आएका पत्रकार अधिकारीले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । बेलायतबाट सञ्चालित नेपाली टेलिभिजन , साप्तहिक पत्रिका “नेपाली पत्र” र अनलाइन पत्रिका नेपालब्रिटेन डटकममा अधिकारीले लामो समयदेखि पत्रकारिता मार्फत बेलायतको नेपाली समाजलाई सुसुचित गर्दै आइरहेका छन् ।
नेपाल पत्रकार महासंघ बेलायतको स्थापना कालदेखिनै अधिकारी कार्यसमितिमा सचिव बनेका थिए । अधिकारीले फेसबुक मार्फÞत बेलायतबासी अग्रज पत्रकार मित्रहरुलाई सहयोगको अपेक्षा राखेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आशन्न निर्वाचन नजिक आइसकेको साथै संस्थाको गरिमा र महत्वलाई उच्च स्थानमा राख्दै आगामी नेतृत्व चयन गर्न अधिकारीले अपिल गरेका छन् ।
बेलायतको व्यस्त दैनिकीलाई पनि थांती राखेर पत्रकारिता क्षेत्रलाई फराकिलो बनाउन चाल्नुभएको कदमप्रति सम्मान व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको स्थापना कालदेखि नै उनले संस्थाको विभिन्न जिम्मेवारी मन, बचन र कर्मले निर्वाह गर्दै आइरहेको कारण आगामी दिनमा पनि यसरीनै संस्थाको गरिमालाई उच्च बनाउन लागिपर्ने बचन दिएको बताए ।
धर्मराजले संस्थामा एक कार्यकाल सचिव र अहिले उपाध्यक्षको पदमा रहि काम गरिरहेकोे अनुभवको आधारमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको यही मार्च ६ तारिख आइतबारका दिन सम्पन्न हुन गइरहेको तेश्रो अधिवेसनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
बेलायतमा रहेका विभिन्न सामाजिक संस्थाहरुसंग हातेमालो गर्न, पेशागत संस्थाहरुबीचमा सञ्चाल विस्तार गर्न, पेशाकर्मीहरुको हक, अधिकारको संरक्षण गर्न र पत्रकारहरुलाई आइपरेको अवस्थामा सहयोग गर्न सक्ने सबल शाखा निर्माणमा आफुलाई समर्पित गर्ने प्रतिवद्वता जाहेर गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %