अागामी बर्ष देखी नेपालका ज्ञाता अज्ञात सम्पूर्ण शहीदहरुको सम्मानमा राजदुतावासले कार्यक्रमको आयोजना गर्नु पर्ने माग
लण्डन
चिम्खोले काईला(दुत पुन ),
६ फेब्रुअरी २०१६ शनिवारको दिन नेपालका प्रथम शहिद लखन थापा मगरको १३९ सौं स्मृति दिवस बेलायतको लागि नेपाली राजदुतावास लन्डनमा भब्य रुपले सम्पन्न भएको छ / नेपालका प्रथम शहिद लखन थापा मगरको १३९ सौं स्मृति दिवस सम्पन्न गर्नको लागि नेपाल आदिवासी जनजाति महासंघ युकेको संयोजकत्वोमा सन्चालित उक्त कार्यक्रमको प्रायोजन मगर संघ युकेले गरेको थियो । सो कार्यक्रममा गैर आवाशीय नेपाली संघ युके, नेपाली आदिवासी जनजाति महासंघ युके, नेपाली आदिवासी जनजाति महिला महासंघ युके, बेलायतस्थित सम्पूर्ण जातीय संगठनहरु, राजनीतिक पार्टीहरु, नागरिक समाज, साहित्यकार, गीतकार, संगीतकार, पत्रकारहरु लगायत बुद्धिजीवीहरुको बाख्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा मगर संघ युकेका तर्फबाट बेलायतको लागि नेपाली कार्यबाहक राजदुत तथा महामहिम तेजबहादुर क्षेत्री ज्युलाई दुतावासको भित्तामा सजाउनको लागि नेपालका प्रथम शहिद लखन थापाको तस्बिर उपहारस्वरूप प्रदान गरिनुको साथै ज्ञापन पत्र बुझाइको थियो । मगर संघ युकेका अध्यक्ष दुत पुन मगर (चिम्खोले काईला) र महासचिब बोम थापा सूर्यवंशी मगरको हस्ताक्षर भएको सो ज्ञापन पत्रमा २०७२ साल अशोज ३ गते नेपाल सरकारले कप्तान लखन थापा मगरलाई नेपालको प्रथम शहिद घोषणा गरिसकेको अवस्थामा संयुक्त अधिराज्य बेलायतको लागी नेपाली राजदूताबास लन्डनले पनि राणा साशनको बिरुद्धमा पहिलो पटक बिद्रोहको कदम चाल्दा मृत्युदण्ड दिएका नेपालका प्रथम शहिद लखन थापा मगर, शहिदहरु जयसिंग चुमी मगर, सुपती गुरुङ, २००७ सालमा प्रजातन्त्र ल्याउनका लागी आन्दोलन गर्दा मृतुदण्ड दिएका शहिदहरु, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल, दशरथ चन्द, दस बर्षे जनयुद्धमा प्रजातन्त्रका लागी ज्यान गुमाउने राज्य पक्ष र बिद्रोही पक्षका ति सम्पूर्ण शहिदहरु, मधेशी जनताको हकहित र अधिकार प्राप्तिका लागी प्राणको आहुति दिने मधेश आन्दोलनहरुका ति बिर शहिदहरु लगायत नेपालमा प्रजातन्त्र ल्याउनमा बिशेष भूमिका खेलेका सम्पूर्ण ज्ञातअज्ञात शहिदहरुको संझनामा हरेक साल फाल्गुनको पहिलो हप्ता सनिवारको दिन शहिद स्मृति दिवस राखी राज्य पक्षबाट सम्पूर्ण शहिदहरुको सम्मान गरिनु पर्ने माग राखिएको छ भने आवाशीय नेपाली संघ युके, आदिवासी जनजाति महासंघ युके, नेपाल पत्रकार महासंघ युके र आदिवासी जनजाति पत्रकार महासंघ युकेलाई बोधार्थ गरिएको छ।
त्यस्तै गरि सोहि कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ युकेले पनि म्याग्दी चिमखोला घर भै हाल पोखरा बस्दै आउनु भएकी नेहा पुनलाई बलात्कार गरि हत्त्या गर्ने हत्त्यारालाई कानुनि दाँयरामा ल्याउनको लागि दबाबमूलक ज्ञापन पत्र बुझाएको छ ।
उक्त कार्यक्रममा नेपालका प्रथम शहिद लखन थापा मगरको बारेमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले बिशेष अनुसन्धानमुलक बक्तब्य दिएका थिय भने गैर आवाशीय नेपाली संघ युके, नेपाली आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, बेलायतस्थित सम्पूर्ण जातीय संगठनहरु, राजनीतिक पार्टीका प्रतिनिधिहरु, नागरिक समाज, साहित्यकार, गीतकार, संगीतकार, पत्रकार तथा बुद्धिजीवीहरुले नेपालका प्रथम सहिद लखन थापाको बारेमा दरिलो बक्तब्य दिनुका साथै कबिता वाचन र गीत पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक राजदुत तेजबहादुर क्षत्रीले मगर संघ युके र नेपाल आदिवासी जनजाति महिला महासंघ युकेको ज्ञापन पत्र नेपाल सरकार समक्ष पुर्याइदिने र नेपालका प्रथम शहिद लखन थापाको तस्बिरलाई दुतावासको भित्तामा स्थान दिने बचन दिएका थिए भने आगामी सालहरुमा नेपालका सम्पूर्ण शहिदहरुलाई सम्मान हुने गरि दुतावासले शहिद स्मृति दिवस राखिने आस्वासन दिएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथिहरु पुर्ब बाणिज्य मन्त्रि विजय थेबेको र भक्त दुराको बिशेष आतिथ्य रहेको थियो भने स्वागत मन्तब्य मगर संघ युकेका अध्यक्ष दुत पुन मगरले दिएका थिए भने सो कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघका महासचिब कर्मा शेर्पा (पहाडी) ले संचालन गरेका थिए ।