कृष्ण सारू मगर
युएई- ”पट्ट मगरको काट ठालङ्ग झोरकिङ्ग,
लहु ढुट, अक्खारिका, ढरम, रोस, होरकिङ्ग”
‘अर्थात,

सम्पुर्ण मगरहरू एकजुट होऔं, हाम्रो भाषा, लिपि, धर्म र संस्कृतिको जगेर्ना गरौ भन्ने मूल्य र मान्यता राख्दै नेपाल मगर संघ शाखा युएईले यहि आउदो १९ फेब्रुअरी-२०१६ शुक्रबारको दिन ३४ औं मगर दिवश तथा नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको १३९ औं स्मृति दिवशलाई स्विट इम्पेरियल होटेलको सभाहलमा मनाउने भएको छ ।
सो, कार्यक्रमका लागि नेपाल देखी राष्ट्रिय लोक तथा दोहरी गायिका निता पुन मगर र गायक कृष्ण थापा मगरको साथमा स्थानिय प्रख्यात कलाकारहरूको वेजोर्ड प्रस्तुति रहने भएको हुँदा लाङ्घाली साँस्कृतिक साझ-२०७२ कार्यक्रम स्थानिय समय अनुसार दिउसो ठिक १ बजे देखि संचालन हुने भएकोले भब्य र सभ्य संपन्न गर्न/गराउन युएइमा रहनु हुने समस्त मगर तथा गैर मगर नेपाली दाजु-भाई तथा,दिदी-बहिनिहरुलाई राम्दा पार्क नजिकै रहेको वर दुबईको स्विट इम्पेरियल होटेल स्थित गरिमामय उपस्थितिको लागि आयोजक परिवार सादर निमन्त्रणा गरेको छ ।