भिम बरही मगर, ३१ जनवरी, हंगकंग, नेपालीहरूको छाता संगठनको रूपमा चिनिने हंगकंग नेपाली महासंघले मदनकृष्ण र हरिवंश (मह) को प्रमुख अतिथ्यमा १७ औ बार्षिक उत्सब कार्यक्रम सम्पन्न गरेको छ । महले सभालार्इ सम्बोधन गर्नुका साथै कला पनि प्रस्तुत गरेका थिए । हामीहरू सवैको आफ्नै पहिचान छ । हामी भिन्न भिन्न आमाले जन्माएका सन्तान हौ तर पनि हामी सवैको अर्की आमा छिन ति हुन नेपाल आमा सम्बोधनको क्रममा भनेका थिए । महासंघले बार्षिक रूपमा नेपालका विशेष ब्यक्तिहरूलार्इ सम्मान गर्ने योजना बनाए अनुसार महलार्इ सम्मान गरीएको संघकी अध्यक्ष रीता गुरूले बताइन । विपिको योजना अनुरूप सैनिक दस्ता बनाएर नेतृत्व गरेका तथा टीम्बुरबोटे काण्डमा बच्न सफल जिउँदा शहिद भनेर काग्रेसले भन्दै आएको तर काग्रेसले देशको जिउदो शहिद बनाउन नसकेका एल पि गुरूङलार्इ पनि महासंघले सम्मान गरेको थियो । हंगकंगमा बसेर बिभिन्न क्षेत्रमा योगदान पुर्याउने र प्रगती गर्ने संस्था तथा ब्यक्तिहरूलार्इ पनि सम्मान गरीएको थियो । हंगकंगमा च्याउ सरी उम्रीएका लगभग दुर्इ सय जति संस्था छन तर महासंघमा भने हालसम्म बत्तिस वटा अवद्ध भएका छन । संघकी अध्यक्ष रीता गुरूङको अध्यक्षातामा सम्पन्न कार्यक्रमलार्इ महासचिब मोति चाम्लिङको सञ्चालनमा उपाध्यक्ष टंक राना मगरले स्वागत मन्तब्य दिएका थिए ।
महासंघको सर्न्दभ र आगमन भिजा
जब हंगकंग सरकारले १९९९ मा आगमन भिजा बन्द गरी दियो त्यसपछि नेपाली समाजमा खैला बैला मच्चियो । संयोगबस त्यस समयमा तत्कलिन प्रधानमन्त्री स्वा. गिरीजा प्रसाद कोइराला हंगकंग ट्रान्जिट भएर जापान जाने योजना रहेछ । हंगकंगका नेपालीहरूको तर्फबाट एकताबद्ध भर्इ भिजा खोल्नको लागि अनुरोध गर्दै ज्ञापन बुझाउने योजना बन्यो । त्यस समयमा हंगकंगमा त्यति धेरै संस्थाहरू थिएनन । तर पनि कसको नेतृत्वमा ज्ञापन पत्र बुझाउने भन्ने अन्योलता चिरी एकताबद्ध हुनको लागि महासंघ बनाउने सल्लाह भयो । मणि किरात बान्तवाको नेतृत्वमा गोर्खाज फेडेरेशनको जन्म भयो । अहिले नेपाली महासंघ हंगकंगले चिनिन्छ । उपाध्यक्षमा तत्कालिन मगर संघका अध्यक्ष भोलानाथ थापा मगर र महासचिबमा अहिले हंगकंग विश्वविद्यालयका पि एच डि स्कोलर चुरा थापा थिए । चिम सा चुर्इको हलिडे इन होटलमा ज्ञापन पत्र बुझाउन महाबाणिज्यदुताबासले समय मिलार्इ दियो र यो पङ्तिकारलार्इ पनि मगर संघ हंगकंगको तर्फबाट सदस्यको रूपमा सहभागी हुने अवसर मिलेको थियो । अध्यक्ष बान्तवा काम विशेषले नभ्याउने भएपछि उपाध्यक्ष भोलानाथ थापा मगरको नेतृत्वमा एउटा मात्रै ज्ञापन पत्र बुझाउने भनियो । वेल रूममा कार्यक्रम शुरू भयो र भोलानाथ थापा मगरले हंगकंगको नेपालीको तर्फबाट भिजाको समस्या देखाउदै ज्ञापन पत्र बुझाए । लगत्तै हाम्रो पनि ज्ञापन पत्र छ भनी गोर्खाज फोरमले पनि ज्ञापन पत्र बुझायो । जसको नेतृत्व एकराज रार्इ र गणेश इजमले गरेका थिए । एक छिन त हलमा खैला बैला नै भयो र प्रधानमन्त्री कोइराला पनि आश्चर्यमा परे र सम्बोधन गर्ने क्रममा तपार्इहरू हंगकंगमा एक भएर बस्नुस नत्र समस्याको समाधान हुन गार्रहो हुन्छ र राजनिति गर्ने भए नेपाल आउनुस भनेका थिए । आज महासंघ जन्मिएको पनि १७ बर्ष भैसकेछ । महासंघ त जवानी भयो तर उक्त रोक्का भएको भिजा फुकुवा हुन सकेको छैन । भिजा फुकुवा हुनुको सट्टा घरेलु कामदार भिजा लगायत अन्य भिजा पनि हंगकंगमा बन्द भएका छन । अहिलेको अवस्था पहिलेको भन्दा भिन्न छ । राजनैतिक रूपमा पनि नेपालीहरू माथिसम्म पहुच पुग्ने भैसकेका छन । यो महासंघले उठाएको मुद्दा हो तर समाधान गर्न सकेको छैन । महासंघमा धेरै नेतृत्व आए गए महासंघ कता रूमलिएर कता गैरहेछ । आफुले उठाएको मुद्दा किन सफल हुन सकेन । फेरी एकचोटी पुर्नर बिचार गरी पहल गरे सम्भब हुन सक्छ । फियोना हंगकंगले धेरै कार्यक्रम गरेर पहल गर्रयो तर सकेन र छोड्यो ।
नेपाली क्लब हाउस
नेपालीहरूले भारतीय र फिलिपिनोहरूले जस्तै क्लब हाउस पाउने अवसर हुदाँ हुदै पनि पाउन नसक्नुको तितो यथार्थ कुनै दिन अवगत गराउने छु । किनकि भोलानाथ थापा मगर अध्यक्ष हुदा नेपाली क्लब हाउसको कुरा धेरै अगाडि बढेको थियो । थापा चुनाबमा हारे पछि क्लब हाउस पनि नेपालीले पाउन सकेन ।