‘म्हो’ मा अर्घौंको चिरफार

Read Time:2 Minute, 2 Second

मनोज घर्ती मगर

गुरुङ समुदायको अर्घौ सँस्कार बेसी खर्चिलो छ । मृत्युपछि गरिको यो कर्मकाण्ड सँस्कारमा भेटिको प्रसङ्ग आउँछ । पछिल्लो समय गुरुङ समुदायमा अर्घौ गर्दा दाजुभाइबिच भेटि कसको धेरै उठ्ने भन्ने आर्थिक प्रतिस्पर्धा नै हुन थालेको छ । दाजुभाई वर्गीय रुपमा केहि भिन्नता भए व्यवहारमा कस्तो भिन्नता आउँछ ? यसलाई केन्द्रमा राखि निर्माण गरिएको गुरुङ सँस्कारमा आधारित नेपाली भाषाको फिल्म ‘म्हो’को अर्थ ‘ज्वाँइ’ को सुटिङ पूरा भएको छ । समन फिल्मस्ले द ह्यूज क्रियशनसँग मिलेर निर्माण गरेको फिल्मका निर्देशक निर्देशक दिपेश गुरुङ हुन् ।

फिल्ममा मुख्य अभिनेताको रुपमा माओत्से गुरुङ देखिनेछन् । माओत्से आफैले पनि यो निकै आशा गरेको फिल्म हो ।

‘चरित्रको हिसाबले यो फिल्ममा निकै चुनौतीपूर्ण भुमिका गरेको छु ।’ माओत्सेले भने–‘यो फिल्मबाट मैले निकै आशा गरेको छु ।’ फिल्ममा माओत्सेसँगै डिबि गुरुङ, राजेन्द्र थापा, विश्वास गुरुङ, पुर्णिमा गुरुङ, वीरमाया गुरुङ, छायाँ गुरुङ, शितला गुरुङ लगाएत कलाकारहरुले अभिनय गरेका छन् । माघ २६ गते बुटवलमा प्रिमियर शो गरेर फिल्मले प्रदर्शनीको शुरुवात गर्ने निर्माता मनोज गुरुङले बताए । फिल्मलाई नेपालका प्रमुख शहरहरुसँगै हङकङ र यूकेमा पनि प्रदर्शन गरिनेछ ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %