युएईमा ज्यान गुमाएका गौकुमार रानाको परिवारलाई ,मगर संघ साउदीबाट आर्थिक सहयोग

Read Time:5 Minute, 45 Second

रुद्र सारु मगर 

साउदी ,

दिवंग्गत गौकुमार रानाको परिवारलाई नेपाल मगर संघ, साउदी अरब बाट आर्थिक सहयोग प्रदान भएको छ । बाग्लुङ जिल्ला धुल्लुबास्कोत गा बि स वाड न.२ मजुवा (तोड्के) घर भइ, रोजगारिको सिलसिलामा युएई को एक कम्पनिमा कार्यरत ३७ वर्षिय गौकुमार रानाको युएईमा गएको दुई महिना पनि नबित्दै गत असोज २० गते २०७२ मा हृदयघातका कारण बिस्तरामा सुतेको अवस्थामा मृत्यु भएको थियो ।

नेपाल मगर संघ, साउदी अरबले मृतक गौ बहादुर राना मगरको दु:खद निधन प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, उहाँको परिवार प्रती आर्थिक सहयोग प्रदान गरेको छ । गत 22 जनवरी 2016 को दिन नेपाल मगर संघ, साउदी अरबले एक कार्यक्रमको आयोजना गरि आफ्नो औपचारिक कार्यक्रममा मृतक गौकुमार रानाको भेना श्री प्रेम थापा (सिंजाली मगर) लाई साउदी रियाल (2262) हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बोल्दै थापाले सहयोग र सद्भाव राख्ने सम्पुर्ण सहयोग दाताहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए भने उक्त रकम नेपाल मगर संघ, साउदी अरबको केन्द्रीय कोषाध्यक्ष श्री खिम गर्बुजा मगरको सक्रियतामा संस्थाका पदाधिकारीहरु एवं सदस्य साथीहरू मार्फत संकलन गरिएको जानकारी दिए ।

प्रेम थापा (सिंजाली मगर) ले आफ्नो एक मात्रा साला मृतक गौकुमार राना मगरको सम्झनामा भाबुक हुँदै पून: एकपटक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुको साथै देश बिदेश बाट मृतकको परिवारलाई सहयोग गर्नु हुने सम्पुर्ण संघ संस्था लगायत सहयोगी साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

दुबई, बाग्लुङ सेवा समाज युएई र नेपाली एकता समाज युएईको सयुक्त पहलमा संकलित रकम मृतकको गाउँमा गत मंसिर २५ गते एक कार्यक्रम को आयोजना गरि, दुबई बाग्लुङ सेवा समाजका महासचिब यम थापा,केन्द्रिय सदस्य भानु शर्मा,महेश पौडेल लगाएत गाउँका बुद्धिजीवी, पत्रकार तथा वरिष्ठ समाजसेवी सहित उच्च राजनैतिक ब्याक्तित्वहरुको पनि उपस्थिति गराई मृतकको श्रीमती सीता रानालाई नेपाली रुपैयाँ १,७६,६०० को चेक हस्तान्तरण गरिएको जानकारी दिएका छन ।

साथै उक्त कार्यक्रममा ओमनमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु एवं नेपाल मगर संघ, ओमनको संयुक्त पहलमा संकलीत रकम नेपाली ५३००० हजार रुपैयाँ पनि मृतकको परिवारलाई हस्तान्तरण गराएको जानकारी गराए ।त्यसै गरि नेपालबाट जमुना पुन मगर र साउदी अरब बाट भिम पुन मगरको संयुक्त सक्रियतामा सामाजिक संजाल म्यासेन्जर ग्रुप मार्फत नेपालका विभिन्न जिल्ला तथा गाउँ सहर देखि वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा कार्यरत समस्त सहयोगी दाजुभाइ तथा दिदिबहिनीहरुबाट संकलीत रकम १,४५,२०० नेपाली रुपियाँ पनि मृतकको परिवारलाई हस्तान्तरण गरिएको थियो ।उक्त १,४५,२०० रकम मध्ये मृतकको परिवारमा आर्थिक समस्यालाई मध्यनजर गर्दै मृतक रानाको काजकिरियामा लागत खर्च १,०४००० नेपाली रुपैयाँ तिरेर ४१,२०० रुपैयाँ बैंक खातामा जम्मा गरेको जानकारी पनि मृतकको भेना प्रेम सिंजाली मगरले गराए ।

साथै कतारबाट, बाग्लुङ सेवा समाज दोहा कतारका निवर्तमान सह-सचिव नारायण शर्माको संयोजकत्व र अमर बि.क. र पडम छन्त्यालको सक्रियतामा कतारमा कार्यरत नेपालीहरूबाट संकलित रकम नेपाली ३२६०७ रुपैयाँ बैंक खातामा जम्मा गरेको र नगद नेपाली १९३३० रुपैयाँ लिएर नारायण शर्मा मृतकको गाउँमा नै पुगि एक कार्यक्रममा पीडित परिवारलाई हस्तान्तरण गरेको जानकारी गराएका छन ।

यसरी नै सबै तर्फबाट प्राप्त रकम बैंक खातामा जम्मा भइसकेको जानकारी गराउदै, मृतक रानाको परिवारलाई, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अतुलनीय सहयोग गर्नु हुने सम्पुर्ण दाजुभाइ तथा दिदि बहिनीहरुमा मृतकको परिवारको तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट हृदय देखिनै हार्दिक हार्दिक धन्यवाद ब्यक्त गरेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %