सुजना गोले बचाऊ अभियान्ता नरेन्द्र भन्छन नसोचेको सहयोग जुट्यो

Read Time:2 Minute, 35 Second

भिम बरही मगर, २४ जनवरी, हंगकंग, सुजना गोले बचाऊ अभियान 4 जनवरी 2016 बाट हंगकंगमा सुरु गरेका समाजसेवी नरेन्द्र गुरूङले नसोचेको सहयोग रकम संकल भएको जानकारी गराए । मगर संघ हंगकंगको कार्यालय हल जोर्डनमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिइएको थियो । जनसर्म्पक समिति हंगकंग र तमु समाज हंगकंगका समेत सल्लाहकार रहेका उनी साम्बो कोरीयन कम्पनीका सिनियर फोरमेन समेन हुन ।

सुनकोसी बाढी पिडित , जिब्रोको घाउ भएको बालक , भुकम्प पिडित र उमेश जंग रायमाझीको लागि पनि यस्तो अभियान चलाएर उनले सहयोग गरी सकेका छन । काम गर्ने सहकर्मीहरूबाटै सहयोग संकलन गर्न शुरू गरेका उनले रू. २१५०००। दुर्इ लाख पन्द्र हजार रूपैया संकलन भएको जानकारी गराए । यो रकम मेरो सक्रियतामा संकलन भएको हुनाले पारदर्शिताको लागि र सहयोगदाताहरूलार्इ पनि रकम सही ठाउँमा पुग्ने र उपचारमा सहयोग पुगेको कुरा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन गरेको बताए । धेरै साथीहरुबाट सहयोग प्राप्त भयो । सहयोगी ति हातहरु र ति साथीहरुलाइ मेरो लाखौ लाख सलाम आफ्नो लागि त सबै बाच्न सक्छ अरुलार्इ पनि बचाउन सक्ने पो सच्चा मानिस हुन् ।

यस संसार मानवता बिहिन हुंदै गइरहेको यो अवस्थामा पनि मानवताको नाता गास्ने मानिसहरु अझै छन भन्ने सन्देस हामीले दिनुछ । यसर्थ एउटा नेपाली चेली पैसाको कारणले उपचार गर्न नसकेर मर्न लागेको अवस्थामा हाम्रो सानो सहयोगले उनलाई बचाउन सकिन्छकी भनेर यो अभियान सुरु गरेका हौ । साथीहरु सबैलाई धन्यबाद । हामीले कल्पना पनि गरेका थिएनौ यतिका साथीहरुले सहयोग गर्नु हुन्छ भनेर , हामीलार्इ अझ हौसला बढेको छ । यस कार्यमा साथीहरुले सेयर गरि जुन सहयोग गरिदिनु भयो हामी कदापी भुल्ने छैनौ उनले थपे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %