गणेश जंग राना
पाल्पा श्रीनगर समाज हङकङको ६ औ अधिबेशन कालिका रेस्टुरेन्ट युनलोङमा जनवरी २४ अाइतवारका दिन सम्पन्न भएको छ । अधिबेशनमा पाल्पालीहरूले उल्लेख्य सहभागिता जनाएका थिए । महिला दिदी बहिनीहरूको उपस्थिति संख्या पनि निकै बाकलो थियो । कार्यसमितिको पदाधिकारी चयनमा धेरैजसो नया अनुहारहरू देखा परेका छन । सन २००४मा स्थापना भएको समाज अाज छैठोै अधिबेशन सम्म अाइपुग्दा खासै उधाहरणीय कामहरू गर्न नसके पनि समाजले पाल्पालीहरूलाइ एउटै गोलबन्द बनाइ राख्न भने सफल भएको देखिन्छ । कार्यसमिति भित्र महिलाहरूको संख्या हेर्दा महिलाहरूमा पनि राम्रो सामाजिक कार्यमा अग्रसर भएको पाइन्छ । हुनत प्रत्येक कार्यक्रममा महिलाहरूकै प्रमुख भुमिका रहेकाछन । अाजको अधिबेशनले १७ सदस्यिय कार्यसमितिको चयन गरेको छ। नव निर्वाचित पदाधिकारीहरूको नामावली निम्नानुसार रहेका छन ।
कार्यसमितिः–
(१) अध्यक्ष- पुर्ण दर्लामी
(२) उपाध्यक्ष- मन्जु थापा
(३) सचिब- झलक पल्ली
(४) सह सचिब- प्रमिला थापा
(५) कोषाध्यक्ष- लेख बहादुर थापा
(६) सहकोषाध्यक्ष- भोज थापा
(७) सदस्य- टीका थापा
(८) सदस्य- युग माया राना
(९) सदस्य- टेक थापा
(१०) सदस्य- रबिन थापा
(११) सदस्य- रिखिराम पल्ली
(१२) सदस्य- नारायण राना
(१३) सदस्य- दिपक राना
(१४) सदस्य- कुल थापा
(१५) सदस्य- मिना थापा
(१६) सदस्य- नगेन्द्र राज थापा
(१७) सदस्य- शिला राना गरी जम्मा १७ सदस्यिय कार्यसमितिको निर्बिरोध चयन भएको छन ।