जनवरी २३, २०१६,UAE
गत शुक्रवारको दिन रोजगारीको लागी युएई आएका मगर जातीको साझा संस्था नेपाल मगर संघ शाखा युएईकै अलेन क्षेत्रिय समितिले मगर माघे सकराती-२०७२ सभ्य र भब्यताका साथ पिकनिक कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ। ढिलै भएपनि माघे सकरातिको अबसरमा अलएनको मुबजर्रा पार्कमा हर्षोल्लासका साथ मगरहरुको राष्ट्रिय पर्ब मगर माघे सकराती मनाएका हुन्।
प्रबास मै पनि आफ्नो पहिचान बोकेको आफ्नै मौलिकता झल्कने पहिरनमा तरुल, सेलरोटी, चाकु, लड्डु,अचार तथा खसिको मासु र विभिन्न मिष्ठान परिकार बनाएर आफ्ना दाजुभाई, दिदीबहिनी र सम्पर्ण प्रबासी नेपाली मिलेर आपसमा खुशी साटेर माघे सकराती मनाएका हुन्। कार्यक्रममा मगर अन्तर्राष्ट्रिय मञ्चका सदस्य श्री गिरमान थापा मगरको प्रमुख आतिथ्यमा र नेपाल मगर संघ शाखा युएईका संरक्षक चन्द्र सारुमगर, उपसंरक्षक श्रीमती सुनिता राना मगर, नेपाल मगर संघ शाखा युएई सल्लाहकार समितिका उप प्रमुख अन्य सल्लाहकार र नेपाल मगर संघ शाखा युएईका अध्यक्ष राजु सिंजाली मगरको बिशेष आतिथ्यमा सम्पुर्ण केन्द्रिय सदस्यहरु र क्षेत्रीय समितीक प्रमुख र सदस्यज्युहरु लगायत अलेनमा रहेका थुप्रै क्रियाशील संघ संस्थाका पदाधिकारीका साथै तमाम मगर गैर मगर नेपालीहरूको उपस्थिति रहेको संभवत युएइकै सबै भन्दा ठूलो ऐतिहासिक पिकनिक कार्यक्रम थियो। उक्त कार्यक्रममा नेमसंशाखा युएइका केन्द्रिय उपाध्यक्ष रेशम सोमै मगर र मगर अन्तर्राष्ट्रिय मञ्चका सद्स्य गिरमान थापा मगर ज्युले आ-आफ्नो माघे सकरातिको शुभकामना मन्तब्य दिनु भएको थियो । साथै बिभिन्न राज्यमा रहेका नेपाल मगर संघ युएइको क्षेत्रीय समितिहरूबाट मगर तथा अन्य नेपालिहरुको बाक्लो उपस्थिती रहेको थियो।
खासगरी यो पर्व हिउँदे अनिकाल र उधेउली जीवन पार गरी खुशीयालीका साथ बाँच्न पाउने परिकल्पना खुशीयाली एवम् उत्सवको रुपमा माघे सकराती मनाइन्छ । यस चार्डमा खासगरी धनुष वाण खेल्ने, छेलो हान्ने, वनको तरुल भ्याकुर, कन्दमुल र माछामासु बनाइ खाने, सेल रोटी,मासको बारा (बटुक), मासको दालभात घ्यु र नून एकै ठाउँमा पकाइ खिचडी बनाउने, खिचडी पितृ पिण्डो दिने, छोरी चेलीबेटी, इष्टमित्रहरुलाई बोलाउने र मिठो चोखो खाने परम्परा छ ।
कार्यक्रम नेपाल मगर संघ शाखा युएईका क्षेत्रिय समिति अलेनका सचिवको सन्चालनमा अध्यक्ष मोहन बुढाथोकी मगरको अध्यक्षता सु-सम्पन्न भएको थियो।
एच. बि मगर