मगर आम संचार कर्मी संघको माघ २६ गते काठमाण्डौमा भेला हुदै

Read Time:10 Minute, 23 Second

सहयोगको लागी सबै संग आग्रह

राज्यसत्ता ब्युरो

काठमाण्डौ, माघ १० गते

मगर आमसंचार कर्मीसंगको यही माघ २६ गते काठमाण्डौमा भेला हुने भएको छ । भेलामा देशैभरीका मगर पत्रकारहरुको सहभागीता रहने बताईएको छ । भेलाको लागी आयोजक समितिका सदस्य एबं आर्थिक ब्यवस्थापन संयोजक देब पचभैयाले सबैसंग कार्यक्रम सफल बनाउनको लागी आग्रह गरेका छन् । एक अपिल प्रेसीत गर्दे पचभैयाले कार्यक्रमको बारेमा जानकारी यसरी दिएका छन् ः

सबैमा नमस्कार । मगरात भुमि टुक्रयाएर संघिय प्रदेश निर्माण गरी आज मगर र मगरातको पहिचान नामेट गरिदैछ । मगर बसोबास क्षेत्रलाई चिरापारेर मगर भाषा, सस्कृति र रहनसहनलाई गुनमान पार्ने दुशप्रयास भैरहेको बेला आम मगरहरुलाई सचेत र सजक बनाउदै मगरका हक अधिकारलाई सुनिश्चत पार्नुको खातिर मगरात क्षेत्रको संरक्षणको लागी राजनैतिक दल र नेताहरुलाई पनि घचघच्याउनु आवश्यक छ । मगर बाहुल्य क्षेत्रलाई बिभाजित गरेर भोलि हुने निर्बाचन, प्रदेशको नामाकरण लगाएतका कुृराहरुमा मगरलाई अल्पमतमा पार्ने र माथि उठ्न नदिने पुरानो प्रपन्च जारी रहेको नमिठो उदाहरण पनि हो यो । हो यस्ता कुकृत्यहरुको चिरफारको लागी यहाको अगुवाईमा मगर मिडिया संचालन गर्ने जनु प्रयास भैरहेको छ , यो अत्यन्त सकारात्मक र निकै आवश्यक पनि छ । तर मगर मिडिया संचालन गर्नु मात्रै उपलब्धी हुन सक्दैन, त्यसको संचालन र दिगोपन दिन सक्नुनै महानता हो । त्यसको लागी सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहे जस्तै स्वदेश तथा बिदेशमा रहेका सबै मगर पत्रकारहरुको साथ त्यत्तिकै आवश्यक छ ।

त्यसैले केही बर्ष अघि गठन भई बिधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई हाल निश्क्रिय रहेको मगर आमसंचार कर्मी संघलाई पुन सक्रिय बनाउनु आवश्यक छ । त्यसका साथै मगर पत्रकारहरु, मगर र मगरातको बर्तमान अवस्था, संबिधान र मगर शमुदाय, मगर मिडियाको आवश्यकता, संचालनका स्रोत र कठिनाई, उपलब्धी लगाएतका बिषयमा घनिभुत छलफल हुनु जरुरी छ । मगर हक अधिकारका लागी आवाज उठाउदै आएको समग्र मगरहरुकै माउ संगठन नेपाल मगर संघले गर्दै आएका काम कारबाहीका बारेमा पनि मगर पत्रकारहरुलाई जानकारी गराउनु आवश्यक छ ।मगर संघ र मगर पत्रकारहरु बिच नजिकता नदेखिएकाले सम्बन्धलाई अझै कसिलो बनाउनु जरुरी पनि छ ।अरुका मिडियाले मगरहको मुद्धामा आवाज उठाएन भनेर टाउको दुखाउनु भन्दा मगरहरु आफैले मिडिया संचालन गर्ने र आफ्ना ईस्युहरुलाई बुलन्द पार्नु आजको तत्कारो आवश्यता पनि हो ।त्यसैले मगर आम संचार कर्मीहरुको भेला यही माघ २६ गते मंगलबार ( तदनुसार फेबु्रअरी ९) मा काठमाण्डौमा गरिने भएको छ । नेपाल मगर संघका सचिब द्धय ज्ञानेन्द्र पुन, माधब दर्लामी , आम मगर संचार कर्मी संघका महासचिब मनोज घर्ती, उपाध्यक्ष दिलिप थापा, सन्त गाहा, देब पचभैया सहितको बैठक बसी सो निर्णय गरेको हो ।

कार्यक्रमका गतिबिधिहरु

१) कार्यक्रमका सहभागीहरु माघ २५ गते नै काठमाण्डौमा आईपुग्नेछन् । २६ गते बिहान ९ बजे बाट कार्यक्रम शुरु हुने छ र बेलुकी सम्म नै कार्यक्रम चल्नेछ ।

कार्यक्रममा मगर आम संचार कर्मीहरुको नया समिति चयन हुनेछ । त्यसको लागी बरिष्ठ पत्रकार एबं नेपाल पत्रकार महासंघका महासचिब उजिर मगर, मगर संघका सचिब माधब दर्लामी, अधिबतmा गौ बहादुर आले सदस्य रहने गरी निर्बाचन टोली गठन गरिएको छ ।

२) कार्यक्रममा देश भरी रहेका मगर पत्रकारहरुको अवस्था, उनीहरुको उत्थान र बिकास बिस्तार गर्ने सवालमा म स्यम देब पचभैयाले एउटा कार्यपत्र पेश गर्ने कार्यक्रम छ ।

३) मगर आम संचार कर्मी संघको बिधान संसोधनको लागी मनोज घर्ती र सन्त गाहालाई जिम्मा दिईएको छ । सो बिधान परिमार्जन गरिने छ ।

४) मगर संघले अहिले गरिरहेको आन्दोलन, मगर संघका मुद्धाहरुलाई मगर पत्रकारहरुले कसरी सहयोग गर्न सक्छन् ? मगर संघका नेतृत्वकर्ताहरु र मगर पत्रकार बिचको संम्बन्धलाई कसरी सुमधुर बनाउन सकिन्छ यि लगाएतका बिषयमा मगर संघका सचिब माधब दर्लामीले कार्यपत्र पेश गर्नुहुनेछ ।

५) मगर मिडिया संचालन गर्ने सम्बन्धमा ब्यापक छलफल गरिने छ । मिडिया संचालनको लागी एउटा समिति निर्माण गरेर अगाडि बढिनेछ । (जुन मगर संघ युके र स्यय् नेम थापाले पहल गरिरहनु भएको छ) यसको बारेमा पनि छलफल हुने छ । र बिबिध बिषय भित्र रहेर कार्यक्रममा थप छलफल र अन्र्तक्रिया गरिनेछ ।

कार्यक्रमका बिवरण र खर्चहरु

१ ) कार्यक्रममा सहभागी हरेक जिल्ला बाट ३ जना सक्रिय पत्रकारका दरले २५ जिल्ला बाट जम्मा ७५ जना । जिल्ला र सहभागी बढ्न पनि सक्छ । मनाङ्ग, मुस्तांग, मुगु, पर्बत, डोल्पा लगाएत केही जिल्लामा मगर पत्रकार छैनन् । केही जिल्ला बाट ३ जना कही बाट दुई जना मात्रै बोलाउने । जस्तो, पाल्पा, पोखरा, रुपन्देही लगाएतका जिल्ला बाट ३ जना बाकी पत्रकारको सख्या हेरेर २ जना बोलाउने ।

अनुमानित देश भरबाट आउने पत्रकारहरु ७५ जनालाई आउन र जान गाडी भाडा प्रदान गर्न दुई हजारका दरले अनुमानित १ लाख ५० हजार ।

२ ) कार्यक्रमका सहभागीलाई खान बस्न ( आउने दिन खान बस्न कोठा बाहेक ३००, अर्को दिन बिहान खाजा १०० , दिउसो नास्ता २०० र बेलुकी खाना २५० , जुन दिन कार्यक्रम हुन्छ, र भोलि बिहान खाजा नास्ता १०० गर्दा प्रति ब्यतिm १००० लाग्ने गरि जम्मा सहभागीलाई ७५ हजार खाना, नास्ताको खर्च लाग्ने छ ।

कोठा २० देखि २५ वटा सम्म बुक गर्दा एक दिनको ३० हजारको हिसाबले दुई दिनको कोठा खर्च ५० देखि ६० हजार सम्म लाग्ने छ ।

३ ) हल भाडा, स्पिकर, प्रोजेक्टर पानी सबै गर्दा ८ देखि १० हजार लाग्ने छ ।

४ ) अतिथिहरु जस्तो मगर संघका पदाधिकारीहरु (काठमाण्डौमा उपलब्ध) अनिबार्य बोलाउने र मगर पत्रकारहरु संगको सम्बन्धमा सुमधुर बनाउने उपाएका बारेमा छलफल गर्ने । तर कार्यक्रमलाई दुई भागमा बाड्नु पर्नेछ । बिहान मगर पत्रकारको भेला र दिउसो छलफल एबं अन्र्तक्रिया कार्यक्रम गर्ने । छलफल कार्यक्रममा अग्रज मगरहरु , मगर मन्त्री, मगर सभासद, सभामुख, वा पुर्ब महत्वपुर्ण स्थानम पुग्न सफल मगर अगुवाहरुलाई पनि बोलाउन सकिने छ ।

छलफल कार्यक्रममै मगर मिडियाको बारेमा बृहत छलफल गर्ने र निचोड निकाल्न सकिने छ ।

दिउसोको कार्यक्रमा आउने पाहुनाहरु लाई खाना नास्ताको लागी खाजा नास्ता गराउदा ५० हजार सम्म खर्च लाग्ने छ ।

५) देशै भरको मगर पत्रकाहरुलाई सुचना र जानकारी दिनको लागी देश भरको एफ,एममा बज्ने उज्यालो एफ,एमको कायाकैरन र नेपाल दर्पणको बिचमा २, ३ पटक कार्यक्रमको बारेमा जानकारी दिने, सहभागीताको लागी आब्हान गर्न बिज्ञापन बजाउन १० हजार लाग्ने छ ।

६) सबै सहभागीहरु संगको संचार र ईमेलको लागी ५ हजार खर्च लाग्ने छ ।

यसरी अनुमानित खर्च जोड्दा जम्मा खर्च ३ लाख ५० हजारको हाराहारीमा खर्च लाग्ने छ ।

कार्यक्रममा सहयोग गर्नेहरुबाट प्राप्त हुने रकमको लागी नेपाल मगर संघको खाता नम्बर दिने निर्णय गरेका छौ ।

त्यसको लागी ।

नेपाल मगर संघ, राष्ट्रिय बाणिज्य बैंक, सिंहदरबार, काठमाण्डौ

खाता नम्बर ११३००३५३४६१० (बचत खाता )

धन्यबाद । जय मगर आम संचारकर्मी संघ, जय मगर मिडिया ।

देब पचभैया मगर

आर्थिक ब्यवस्थापन संयोजक एबं भेला आयोजक समिति

मोबाईल ः९८४७१०३४३२ र ९७४७०४६३१३ 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %