प्रशिक्षणको क्रममा नेपाली गोर्खाली सैनिक गाडी दुर्घट्ना परे

Read Time:1 Minute, 45 Second

 रोशन मेवाहाङ,
लण्डन ८ माघ । दोस्रो गोर्खा बटालियनले बेलायती राजमुकुटको सेवा गरेको दुई सय बर्षको उत्सव मनाए लगतै यो बर्ष अफ़ग़ानिस्तानमा खटिने भएको छ ।
बटालियनले लडाईको बिभिन्न अभ्यास सुरु गरेका छन् ।गाडि तालिम गर्ने क्रममा केन्टबरी नजिकै गाडि तालीम क्षेत्रमा गएराति सैनिक लेन्डरोभर दुघर्टना भएको छ ।यम वाई २७ अल्फ़ा अल्फ़ा नंम्बरको सैनिक लेन्डरोभर चालक रबिले नियन्त्रण गर्न नसकेपछि दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय केन्टबरीले जनाएको छ ।दुघर्टनामा परेका गाडि प्रशिक्षक दिपेन्द्र् कन्दङ्वा र रबि राईलाई केहिपनि चोटपटक नभएको कारण उपचारको लागि अस्पताल भर्ना गर्न नपरेको गाडि प्रशिक्षक पुर्ण सेरचनले जानकारी गराएका छन ।

दोस्रो गोर्खा बटालियन यातायात प्रमुखका अनुसार बेलुका ५:२० बजे भएको दुर्घटनापछि तुरन्त मेसिनविद चन्द्र गुरुङलाई खटाएका थिए । उक्त लेन्डरोभरको अवस्था टुटफुट नभको जानकारी दिए पनि िस्थतीनाजुक रहेको मेसिनविद गुरुङले बताएको छ ।

यातायात प्रमुखले लेन्डरोभर प्रशिक्षक दिपेन्द्र् कन्दङ्वा र चालक रबि राईलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %