नौमति धुनैले एल्वमको लोकार्पण

Read Time:6 Minute, 4 Second

कृष्ण सारू मगर

मानमा बहराईन ।मगर समुदायको महान चाड माघे सक्राती मगर संघ बहराईनले नेपाली राजदुताबास बहराईनका कावा महामहिम राजदूत खगराज पाण्डेको प्रमुख आतिथ्य तथा मगर संघका कार्यवहाँक अध्यक्ष जित बहादुर घर्ती मगरको सभापतित्वमा गएको १५ जनवरी २०१६ सुक्रबारका दिन अदलिया स्थित नेपाली क्लवको सभाहलमा भब्य भव्यताका साथ सम्पन्न गरेको छ ।

बिशेष अतिथिहरु नेपाल आदिवासी जनजाति महासंघका झहर थेवे नेपाली क्लवका अध्यक्ष कमल श्रेष्ठ, गैरआवाशिय नेपाली संघका अध्यक्ष टंक बस्नेत, बरिष्ठ समाजसेवी गम बहादुर गुरुङ, अतिथिहरु विभिन्न संघ, संस्था, संगठनको प्रतिनिधिहरू, कलाकार स्थानीय पत्रकार, मगर तथा गैर मगरहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि, सभाध्यक्ष, संस्थापक तथा प्रमुख सल्लाहाकारले प्रथम शहित लखन थापा मगरको तस्बिरमा माल्यार्पण संगै शान्तिका द्धिप प्रज्वलन गरि अौपचारिक क्रार्यक्रमलाई उद्घाटन गरिए लगतै प्रथम शहिद लखन थापा मगर, सम्पूर्ण ज्ञात-अज्ञात शहिदहरुको सम्मान र सम्झना गर्दै एक मिनेट मौनधारण दिएका थिए ।
शुभकामना तथा मन्तब्यको क्रममा प्रमुख अतिथि पाण्डेले लखन थापा मगरलाई नेपाल सरकारले प्रथम शहिदको दर्जा दिएकोमा नेपाल सरकारलाई हार्दिक कृतज्ञता प्रकट गरेका थिए । प्रमुख सल्हाकार समेत रहेका संस्थापक काजी थापा मगरले माघे सक्रातीको बारेमा जानकारी गराएका थिए । विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले माघे सक्रातीको शुभकामना मन्तब्य दिएका थिए ।
मन्तब्यकै क्रममा नेपाल आदिवासी जनजाति महासंघका झहर थेवेले जनजातिहरूको भाषा, लिपि संकृतिलाई राज्यले व्यावहारमा कार्यन्वयन गर्नुको सट्टा विभेद गरिनुले जातिय पहिचान, कटौती गरेकोले त्यस्ता पहिचान विरोधी तत्व हरुलाई चुनौती दिँदै थेवेले थपे- पहिचान सहितको संघीय राज्य स्थापित गर्न जनजातिहरूले हजार वर्ष लड्न तैयार छन् अन्तरिम संविधान धारा १३८मा उल्लेखितको विपरित पहिलो मगरातको हत्या गरेर घोषित नयाँ संविधान तुरुन्त खारेज गरिनु पर्ने धारणा राख्दै हक, हित, न्याय, र अधिकारको लागी अब चुप लागेर बस्नु नहुने भन्दै यो लडाइँ निम्न वर्गीय खसक्षेत्री र बाहुनका लागि पनि भएको बताए ।
सह सचिव कृष्ण खाम्चा मगरले माघे सक्रातीको विशेषता र महत्वको वारेमा प्रस्ट्याए, संघका संस्कृतिक विभागले परम्परागत विशेष मगर संस्कृतिमा आधारित विभिन्न दर्जनौ गीत, संगीत तथा नृत्यले उपस्थित अतिथिहरुलाई साँगितिक भरपुर मनोरन्जन गराएका थिए । 
सोही कार्यक्रममा संघकी साँस्कृतिक विभाग सचिव सरिता दर्लामी मगर तथा सहसचिव निर बिरही राना मगरको “नौमती धुनैले” गीति एल्वमलाई मगरहरूको मुख्य पर्व माघे सक्रातीको शुभ अवसरमा प्रमुख अतिथि पाण्डे र सभाध्यक्ष घर्ती मगरले संयुक्त लोकार्पण गरेको कृतिमा लय तथा शब्द संकलन विश्व विनोदको रहेको भावना म्यूजिक सलुसन प्रालिले उत्पादन गरेको हो ।
कार्यक्रमका सभाध्यक्ष जित घर्ती मगरले समय अभाव वावजुद माघे सकराती राष्ट्रिय पर्व मनाउन पाल्नुहुने उपस्थित समस्त पाहुनागणहरू प्रति विशेष धन्यवाद दिँदै माघे सक्रातीको शुभकामना मन्तब्य सहित अौपचारिक कार्यक्रमलाई विसर्जन भएको घोषणा गर्दै कार्यक्रम सम्पन्न गरेको थियो ।

साँस्कृतिक विभाग सचिव सरिता दर्लामी मगर तथा सह सचिव निर बिरही राना मगर र देव थापा मगरले मगर भाषामा स्वागत गीत प्रस्तुत गरेका थिए । चन्द्र रोन्तिजा मगरले शुभकामना तथा स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमको सञ्चालन ज्ञान बहादुर मगरले गरेका थिए ।

नौमती धुनैले एल्बमका सर्जक बारे 

बाबा देउ बहादुर राना मगर र आमा स्व लाल कुमारी राना मगरकी कोख बाट कान्छा छोराको रूपमा जन्मिएका नीर विरही राना मगरले यस अघि २०६१ मन पर्दो पाईएन दोस्रो एल्वम् २०७०मा फर्कि आउँछु कृति सर्वत्र बजारमा ल्याई सकेका लोक तथा दोहरी गायकको स्थाई घर मनकामना, ६ स्याङजाका हुन भने, गुल्मेली चेली सरिता दर्लामी मगर अख्खालिपि मगर भाषाका दक्ष, कुशल प्रशिक्षक तथा सुमधुर आवाजका धनी हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %