‘सटानिक भर्सेस’माथि युगको बहस

Read Time:2 Minute, 48 Second

मनोज घर्ती मगर ,पोखरा ,

‘सटानिक भर्सेस’ किताबले इस्लाम धर्मको अपमान गरेको भन्दै भारत लगायत विभिन्न देशमा प्रतिबन्ध गरियो । बेलायत, पाकिस्तान, इरान लगायत धेरै देशमा उपन्यासविरुद्ध प्रदर्शन गरिए । मुस्लिम धर्मलाई व्यंग्य गरिएको आरोपमा किताबका लेखक सलमान रुस्दी १० वर्ष भूमिगत हुन बाध्य भए । भिडियो क्लिपहरु देखाएर यस्तै विभिन्न जानकारी दिदै लेखक युग पाठकले शनिबार पोखरामा रुस्दी र उनको लेखनशैलीबारे बहस गरे । ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालको ५९ औं शृंखलामा पाठक समक्ष सलमान रुस्दीको विवादास्पद कृति ‘सटानिक भर्सेस’माथि बहस चलाउन युग पाठकलाई निम्त्याइएको थियो । सन् १९८८ मा प्रकाशित कृतिले मुस्लिमको अपमान गरेको आरोप लागेको थियो ।

‘सटानिक भर्सेसको विरोधमा बेलायत र इरानको राजनीतिक, कूटनीतिक सम्बन्धमा उतारचढाव आयो । इन्डियामा धेरै मानिसको ज्यान गयो’ मुम्बईमा जन्मेर बेलायत पुगी लेखक भएका रुस्दीको लेखनशैलीबारे बोल्दै पाठकले भने,‘सटानिक भर्सेज जादुयी यर्थाथवादी कृति हो । कृतिमा यर्थाथलाई मायावी र जादुमय वर्णनभित्र लुकाइएको छ ।’ गिब्रिल फरिस्ता र सलाद्दिन चम्चावाल दुई मुख्य पात्रको जीवनमा हुने घटनालाई सबप्लटमा उनेर कृति तयार पारिएको पाठकले जानकारी दिए । सलमान रुस्दीले इतिहासका पात्रलाई अर्कै पात्रमा रुपान्तरण गरी मुस्लिम धर्मलाई उडाइएको पाठकले उल्लेख गरे । ‘मान्छेको जीवनको विसंगति, सभ्यताबीचलाई जादु प्रयोग गरी व्यंग्य गरिएको छ,’ पाठकले विश्लेषण सुनाए ।

युगको बहसमाथी कौशलचन्द्र जीसी, टापेन्द्रप्रसाद रिजाल, कृष्ण केसी, नवराज न्यौपानेलगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा माघ महिनामा विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाम’माथि दीपक पराजुलीले परिचर्चा गर्ने सचिव रुपिन्द्र प्रभावीले जानकारी गराएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %