–लोक दोहोरी गायक सुरज लामिछानेको तेस्रो एल्बम ‘भेटिएन कतै’ बजारमा आएको छ । एल्बमको संगीतकर्मी नवराज बराल र पदमराज ढकालले सार्वजनिक गरे । सुरज लामिछाने र सम्झना मगरको आवाज रहेको एल्बममा समावेश गीतको शब्द तथा लय संकलन निश्चल दवाडिले गरेका हुन् ।
हमाल म्युजिक प्रालिले बजारमा ल्याएको एल्बमको गीत सँगै भिडियो समेत सार्वजनिक गरिएको छ । शंकर बिसीले निर्देशन गरेको र पोखरामा छायाकंन गरिएको भिडियोमा बाबुकृष्ण परियार र बबिता गुरुङको अभिनय छ । २०६९ सालमा ‘चाहेर काल आउदो रहेनछ’ बोलको गीत रेर्कड गरी लामिछाने सांगीत क्षेत्रमा आएका गायक लामिछानेले २०७० मा तीजको एल्बम ‘खुशी हुँदै हुँदै’ निकालेका थिए ।