कृष्ण सारू मगर/मानमा-बहराईन,
अदलिया स्थित नेपाली क्लवको सभाहलमा संस्थापक अध्यक्ष समेत रहेका महान समाजसेवी गम ब. गुरूङको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष ज्ञानेन्द्र गुरुङको सभापतित्वमा सम्मान कार्यक्रम संपन्न गरेको छ ।
बिशिष्ट अतिथि, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, अतिथि क्लवका निवर्तमान अध्यक्ष दुर्गा गिरी, दिपक गुरुङ पत्रकारवंधु लगायत सम्पुर्णलाई समाजसेवी भद्र-भलाद्मी लगायत विभिन्न संघ सस्था संगठनका प्रतिनिधिहरुको उपस्थितिमा “प्र-ल्हो” २५९९अौँ तमु ल्होसार विशेष सास्कृतिक साँझ तमु ल्होसार १५ पौष तमु समाज बहराइन द्वारा आयोजित कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक, र नैतिक सह्योगदाता प्रायोजकहरु एवंम् अहोरात्र खटेर सहयोग पुर्याउने कलाकार, पत्रकार सम्पुर्णलाई निरन्तर सह्योगको अपेक्षा गर्दै समाजले सम्मान स्वरूप कदर पत्र प्रदान गरेको हो ।
गत बैषाख १२ र २९ गते गएको महाविनासकारी प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा पुगेर तमु समाज बहराईन द्वारा संकलित राहतका सामग्रीलाई संवन्धित क्षेत्रमा पुगेर बितरणमा सहयोग गर्ने प्रवक्ता पदम गुरूङ साथै स्थापना काल देखि निरन्तर सहयोग पुर्याउने सल्लाहकार भद्र तमु, शन्तराम तमु, माया तमुस्यो र हाँस्यकलाकार दिपक थापा मगरले पटक-पटक समाजलाई दिएको सह्योग प्रति कृतज्ञ रहेको ब्यक्त गर्दै सम्मान स्वरूप मायाको चिनो प्रदान गरेको थियो ।
त्रिभुवन बिमानस्थल अध्यागमन बिभागका कर्मचारीको ठगी धन्दा बारे नेपाल सरकारलाई ध्यानकार्षण
गएको १जनवरी २०१६का दिन तमु समाज बहराइन द्वारा आयोजित विशेष सास्कृतिक साँझका लागि आउने कलाकारहरुको भिषालाई नेपाल सरकारको कुटनैतिक नियोग नेपाली राजदुतावासले सक्कली कागजातहरूको आधारमा सहजीकरण पत्र सिफारिस पत्राचार सं.नं.१/२०७२/०९/१४ र नेपाली क्लवको २९/१२/२०१५ले ग्यारेन्टी पत्र गर्दा समेत बेवास्ता गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभागका अधिकृत उद्धव भट्टराई र उनको मातहतमा रहेका कर्मचारीलाई अविलम्व कार्यवाही गरी घृणित कृयाकलाप प्रति गंभिर ध्यानाकर्षण गर्दै सरकार संग क्षतिपूर्तिको माग सहित घोर भत्सर्ना विज्ञप्तिमा भनिएको छ ।
दलाल संग मिलेमतोमा लाखौँ, करोडौंको कारोवार तस्करी गर्नेहरूलाई छाड्ने तर, श्रमका लागी जाने/आउने सर्व साधरण यात्रुहरूलाई विभिन्न बहाना बनाई ठग्ने, अनावश्यक दु:ख, कष्ट दिने गरेको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका कर्मचारी तथा अध्यागमन विभागले कलाकार राष्ट्रका अमुल्य सम्पति (गहना)लाई अपमान गरेको प्रति चौतर्फी आलोचना गर्दै कर्मचारीहरू सेवक हुन कि शासक हुन ? भन्दै सहभागि दर्शकहरूले आरोप लगाएका थिए ।
स्वागत मन्तब्य प्रमुख सल्हाकार दिपक गुरूङले राखेका थिए भने महासचिव शंकरमान तमुले कार्यक्रम सञ्चालन गरेका थिए ।