{youtube}https://youtu.be/mg4jwwFS668{/youtube}
नेपाल आदिवासी जनजाती महिला महासंघ ,यु केकी अध्यक्ष सामाजिक अभियन्ता कमला थापा ,समग्र नेपाली महिला ,आदिवासी जनजाती महिला माथिको बिबेध बारे समाबेसी सवालमा व्यक्त विचार -एकल जातिय हिन्दू धर्म सन्स्कारबाट सन्चालित राज्यले कसरी महिला माथि सयौ बर्ष देखी शोषन गरेको छ,आदिवासी जनजातीको भाषा सन्स्क्रिती माथि राज्यले बल्जफ्ती दमन गर्नाले आदिवासी जनजातीहरु राज्यका प्रमुख ओहदामा पुग्नबाट कसरी वन्चित गराइयो र गराइदैछ । नेपालमा राजनीति गर्ने नेताहरु विस्वोका बिभिन्न बिकसित मुलुकमा पानी पढेरो जसरी भ्रमण गरे पनि नेपालमा ति मुलुकमा लागु गरिएको बाहु भाषिक बहु सान्स्क्रिती निती किन नेपालमा व्यवहाँरमा लागु गर्न सक्दैनन। जनतालाई अधिकार दिन किन कन्जुस्याई गर्छन् ?उधाहरण्को लागि बेलायतमा नेपालका सयौ नेता आउछन जान्छन तर ति नेताहरु बेलायतको अङ्रेजी मात्र होइन संसारका सयौ देशबाट आएका भाषा भाषीलाई सम्मान छ व्यवहाँरमा पालान गरिएको छ ,सरकारले जनतालाई गास बास र कपासको व्यवस्था गरिदिएर शान्ती सँग देश चलेको छ तर हाम्रो नेपालमा बिदेशबाट आएकाको कुरै छोडौ हजारौ बर्ष देखी नेपाल बसेका आदिवासी जनजातिको भाषालाई किन सरकारले मेटाउन खोज्छ ?अधिकार दिएर देशमा शान्ती शुभव्यवस्था कायम गर्नु साटो किन राजनीतिको नाममा दिनहु बन्द हुलदङा गरी देशलाई विनासको बाटो तिर नेताहरु धकेल्दैछन ?बेलायतका नेताहरु पनि यही प्रिथिविका मानव हुन उनिहरुले बिकास मंगल् ग्रहबाट टिपेर ल्याएका त होइनन ।बेलायत सरकारबाट करोडौ रोयल्टी खाएर बस्ने नेपाल सरकार किन गोर्खाली नाम दिएर आफ्नै देशका जनतालाई भेडा भाख्रा सरह लडाईंमा पठाएर बेलायतले गरेको उनिहरु माथिको बिबेध बारे बोल्दैन ? यी यस्ता समसामयिक बिषय वस्तुहरु माथि ए बि सि टेलिविजनका मिलन लुम्बु सँगको अन्तर्वाता हेर्नु होस् ।