सुर्य आले मगर,१६ जनवरी युएई,
नेपाल मगर संघ युएईको आयोजनामा भएको माघेसक्रान्ती शुभ-कामना एवं पिक्निक कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएकोछ ।
गत शुक्रवार १५ जनवरी (माघ १ गते) युएईको राजधानी आबुधाबीको हम्दाम कर्नेशपार्कमा संघका अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहन कुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथी संघका भुपू अध्यक्ष हरि बहादुर घर्तिमगर,अतिथिमा जनप्रगतिशिल मंचका सल्लाहकार एवं समाजसेवी पिताम्बर पोख्रेल,जनप्रगतिशील मोर्चाका सचिव केदार लम्साल,नेपाल आदिवासी जनजाति परिषद् युएईका उपाध्यक्ष एवं आदिवासी जनजाति महिला नेतृ चन्द्रकला साम्पाङ्ग राई,उपाध्यक्ष गणेश थारु, संघका सम्रक्षक सदस्य अर्जुन गाराङ्जा मगर,कैलाश पुनमगर र जनजाति बुद्धिजिवी नरेन्द्र लिम्बू लगायत अतिथि रहेको भव्यकार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष राम थापा मगरले स्वागत गरेका थिए ।
उक्त माघेसक्रान्ती शुभ-कामना एवं पिक्निक कार्यक्रममा शुभकामना मन्तव्य दिदै, प्रमुख अतिथि तामाङले आदिवासी जनजाति र मधिसेहरुलाई घोषित सम्विधानमा पहिचान र अधिकार विहिन बनाएर, जवरजस्त आन्दोलनमा धकेलेर, आन्दोलनमा रहेका दर्जनौं जनतालाई, राज्यले हत्या गर्दै, कालो बजारी गरेर धन कमाउन मस्त रहेकोले, यस माघेसक्रान्ती पर्व पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउन पर्ने उद्घोष गरे ।
कार्यक्रममा, अध्यक्ष पुलामी मगरले, पिक्निक तैयारी समितिका सम्योजक वरिष्ठ उपाध्यक्ष राम थापा मगर, सद्स्यहरु महासचिव सुर्य आले मगर,खेलकुद विभाग प्रमुख केशर थापा मगर, संगठन विभाग प्रमुख दुर्गा थापा मगर,केन्द्रिय सद्स्यहरु बुनु रैका मगर,यशोदा थापा मगर र आशा थापा मगरलाई विशेष धन्यवाद दिएकी थिइन् भने उपस्तथित महानुभावलाई,माघेसक्रान्तिको शुभकामना दिदै, आगामी २६ फेब्रुअरीमा आबुधाबीको केरेला सोसियल सेण्टरमा हुन गै रहेको,प्रथम सहिद लखन थापामगरको १३९ स्मृति,३४ औं मगर दिवस एवं संघको ७ औं महाधिवेशन घोषणा-सभामा हार्दिक निमन्त्रणा गरिन् ।
सयौको संख्यामा उपस्थित अतिथि एवं संघका शुभचिन्तक महानुभावहरुले एक-आपसमा माघेसक्रान्तिको शुभकामना आदान-प्रदान गर्दै,खसी,सुँगुर,कुखुराको मासु,सेलरोटी,तिलको लड्डु,तरुल,शखरखण्ड,चिउरा, भूजा र विभिन्न स्वादका कोल्डडिङ्क्सक सहितको स्वादिष्ट परिकारको स्वाद लिदै,युवायुवतीहरुको दोहोरी गित र दोहोरो नृत्यले रौनक दिएको पिक्निक कार्यक्रममा भरपुर मनोरंजन लिएको देखिन्थ्यो ।
अपरान्ह २ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा थप, साझ ६ बजेदेखी खसी र कुखुराको मासु पोलेर खाने ( लाइभ वार्वक्यू ) कार्यक्रम रहेकोले राती ९ बजेसम्म नै करिव ५० औं को हाराहारीमा संघका अतिथि र कार्यकर्ताले मनोरञ्जन लिएका थिए ।
कार्यक्रम महासचिव सुर्य आलेमगरले सन्चालन गरेका थिए ।