मगरात पहिचान प्राप्टीको लागि सहिद हुन तयार
दिपा आलेमगर
माघ २ काठमाडौं –मगर समुदायको महान चाड माघे सकरातीको पहिलो दिन काठमाडौंको टुडिखेलमा भब्य रुपमा सम्पन्न भएको छ।
प्रधानमन्त्री केपि शर्मा वलीले कार्यक्रमको उद्घाटन गर्दै माघे सकराती चाडको अवसरमा सबै नेपालीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।प्रधानमन्त्री वलीले नेपालीको पहिचान झल्काउने संस्कृतिलाई सबैले संरक्षण गर्नु पर्ने धारणा राखे । कार्यक्रमलाई सम्बोधन गर्दै मगर समुदायको साथ र सहयोगले नै आफू प्रधानमन्त्री जस्तो गरिमामय पदमा पुग्न सकेको बताए ।उनले आफू प्रधानमन्त्री भएकै समयमा देशको विभिन्न महत्वपूर्ण निकायमा मगर समुदायहरुको पहुंच भएको बताए । देशको अर्थतन्त्र र विकासमा संकट आएपनि आफू निरन्तर लागि परेको बताए । उनले भने देशमा जस्तो सुकै समस्या आईपरेपनि पछि हटने छैनौ । सबै नेपालीको भावनालाई समेटेर संविधान बन्ने धारणा समेत राखे ।
कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापामगरले माघे सकराती चाडको शुभकामना दिर्दै मगर समुदायले आफ्ना भाषा, धर्म संस्कृतिलाई जोगाउदै जानु पर्ने बताए । उनले भने मुलुकमा भएको राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाकालागि मगर समुदायको योगदान महत्वपूर्ण रहेको हुंदा राज्य सम्वेदनशील हुनु पर्ने बताए ।कार्यक्रममा राज्यमन्त्री नरदेवी पुनमगर, पूर्वमन्त्री बालाराम घर्तिमगर,सांसदद्धय गोकुल घर्तिमगर, अमर पुनमगर, महिला नेतृ बमकुमारी बुढामगर लगायतले मगर समुदायको उत्थानकालागि राज्य गम्भीर भएर लाग्नु पर्ने बताउंदै मगर समुदाय आफ्ना हकहितकोलागि एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम आजसम्म चल्ने आयोजकले जनाएको छ ।नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनमा हुने उक्त कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष महेन्द्र थापामगरले गरेका हुने भने कार्यक्रमको सहजिकरण महासचिव नविन रोकामगरले गरेको हो । स्वागत मन्तब्य संघका उपाध्यक्ष गंगा थापामगरले गरेका हुन् ।मगर संघका उपाद्क्ष्य थापाले मन्तव्यको क्रममा मगर समुदायको तर्फबाट पहिचानसहितको मगराँत राज्यको माग गर्दै धर्मनिरपेक्षताको कुनै व्याख्या गर्न नहुने र संघीय राज्यहरुको हरेक निकायमा पूर्ण समानुपातिक समावेशी प्रणाली लागु गरिनुपर्नेमा जोड दिएका थिए ।उनले पहिचानसहितको राज्यहरु प्रदान गर्दा कुनै पनि हालतमा देश नटुक्रने जिकिर गर्दै यदि देश टुक्रिए आफु शहीद हुन तयार रहेको बताए । मगर सदुायको महान चाड माघे सकरातीको उद्घाटनमा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु मगर अग्रजहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रायः जसो माघे पर्व खुला मञ्चमा गर्दै आएको मगर समुदायले यसपटक भने टुडिखेलमा भब्य रुपमा कार्यक्रम गर्न सफल भए । पहिलो पटक टुडिखेलमा मगर समुदायले आयोजना गरेको कार्यक्रममा हजारौं मगर र गैर मगर समुदायको उपस्थिति बाक्लो रहयो । हजारौं भिडलाई निरणन्त्र गर्न र कार्यक्रमलाई सफल पार्न नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले १ सय ५० भन्दा बढी स्यमसेवक परिचालन गरेको थियो भने नेपाल सरकारको तर्फबाट सुरक्षाकर्मीको उपस्थिति पनि थियो ।कार्यक्रममा मगर समुदायको लोकप्रिय दोहोरी गीतहरु एवं नृत्यहरु प्रस्तुत भएका थिए । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा मगर समुदायले आफ्ना भेषभुषा सहित कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री केपी शर्मा वलीले कार्यक्रमको उद्घाटन मगरात लेखिएको चित्रमा मगरहरुको परम्परागत खेल तारा(धनुष बाण) चलाएपछि सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए ।
फोटो शेर्पा स्टेटबाट महेश रानामगर,
दिपा आलेमगर