कृष्ण सारू मगर/दोहा-कतार
नेपाल मगर संघ, कतारका शाखा शेर बहादुर रोका मगरको संयोजकत्वमा समाल स्थित पब्लिक गार्डेनमा बृहत् सांस्कृतिक, खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रमका साथ यही आउँदो १५ जनवरी २०१६ शुक्रबारका दिन मगरहरुको महान राष्ट्रिय पर्व धुमधामका साथ मनाउनका निमित्त तयारी गरेको छ ।
वनभोज कार्यक्रमलाई भब्य र सभ्य तरिकाले सफलताका साथ सम्पन्न गर्न सयौँ संख्यामा स्वयंसेवक परिचालन गरिने संयोजक विवेक पुलामी मगरले जानकारी दिए ।सांस्कृतिक प्रस्तुतीमा रबि पुलामि मगर, खेलकुद संयोजक खिम राना मगर, परापूर्वकालमा मगर पुर्खाहरूले प्रयोग गर्ने विभिन्न मुख्य-मुख्य मौलिक खाना तथा नास्ता ब्यवस्थापनका लागि महिला बिभागले जिम्मेवारी लिएको अभिमत पुन मगरले जानकारी दिए । कार्यक्रम स्थल सम्म जान/आउनको लागी ३ दर्जन यातायात ब्यावस्थापनको संयोजक खिम राना मगरले लिएका छन ।
अन्य खाना तथा नास्ताको ब्यवस्थापनाका लागि सनैया “ए“ र “बि“ एरिया समिति लगायत उप-शाखा समितिहरूले आ-आफ्नो जिम्मेवारीको तैयारी ब्यवस्था पनि पुरा भैसकेको श्रोतबाट जानकारी प्राप्त भएको छ । वनभोज कार्यक्रमको सह्योगार्थ प्रवेश शुल्कलाई विक्री वितरणमा कोष तथा लेखा संवन्धि केशब राना मगरलाई आयोजक समितिले जिम्मेवारी दिएको छ ।
उक्त कार्यक्रममा स्थानिय कलाकारहरुले मगरहरूको परम्परागत मौलिक साँस्कृतिक झाँकी, दर्जनौ नृत्यहरू कौडा, झ्याउरे, हुर्रा, चुड्का, लोक गीत, सालैजो, मारुनी लगायत विविध संगीतिक कोसेली पस्किने छन ।
साथै २०१६/०१७ को लागी मगर बाङ “राजा” चुनिने प्रतियोगितामा उत्कृष्ट हुने र महिलाको लागी हाँडी फोर् र डोरी तान्ने खेलहरुमा उत्कृष्टलाई पुरस्कारको व्यबस्था रहेको अध्यक्ष महेन्द्र थापा मगरले राज्यसत्ता डटकमलाई बताए ।